सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २९ गते २२:३८

 
 
वैदेशिक रोजगारमा हुने गरेका ठगीका बारेमा नजिकबाट बुझेका गृहमन्त्री रामबहादुर थापाले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्चपदस्थ अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका नाममा भएका ठगीबारे शोधखोज गरेका छन् ।
 
मन्त्री थापाले सोमबार श्रम मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई मन्त्रालयमै बोलाएर यसबारे शोधखोज गरेका हुन् । 
 
मन्त्री थापाले मुख्यतः विभागमा परेका ठगी सम्बन्धी उजुरीहरु र तिनको फस्र्योटका साथै पीडित कामदारहरुलाई न्याय दिलाउन भएका कार्यहरुको विवरण माग गरेका थिए । मन्त्री थापाले खासगरी मलेसिया रोजगारीका लागि जाने क्रममा स्वदेशमा नै भइरहेका ठगीका बारे विशेष चासो लिएका थिए । 
 
मन्त्री थापाले श्रमका अधिकारीहरुलाई अब प्रहरीका तर्फबाट पनि वैदेशिक रोजगारीमा भएका ठगीबारे अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए । वैदेशिक रोजगार ऐन २०६४  अनुसार  वैदेशिक रोजगार ठगीको अनुसन्धान गर्ने अख्तियारी र अधिकार  विभागलाई दिइएको छ । 
 
गृहमन्त्री प्रशासनिक अनुभवमा नयाँ भएपनि हालका गृहसचिव मोहनकृष्ण सापकोटा भने वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक हुन् । गृहमन्त्री थापाले वैदेशिक रोजगारदाता संस्थाले कामदारमाथि गरिरहेको ठगी तथा शोषण रोक्न कडा कदम चाल्न पनि विभागलाई निर्देशन दिएका छन् ।
 
गृहमन्त्री थापाले विदेश जाने कामदारबाट विना आधार तोकिएको भन्दा बढी रकम लिने, करार अनुसारको काम र तलब नपाउने जस्ता समस्याले कामदार पीडित भएको गुनासो आएको भन्दै यस्तो कार्यमा संलग्न वैदेशिक रोजगार संस्था, म्यानपावर कम्पनीलाई कारवाहीको दायरामा ल्याउन विभागलाई निर्देशन दिएका हुन् । पीडितले विभागमा दिएको उजुरीमा भएको ढिलासुस्ती हटाउन र तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि मन्त्री थापाले महानिर्देशक आचार्यलाई निर्देशन दिएका छन् ।
 
महानिर्देशक आचार्यले गृहमन्त्रालयले नै वैदेशिक रोजगारको ठगीबारे विशेष चासो लिएपछि विभागलाई काम गर्न झन सहज हुने बताएका छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
351.   विदेशमा ज्यान गुमाउने नेपालीको परिवारले साढे १७ लाख क्षतिपूर्ति पाउने
352.   स्वास्थ्य क्षेत्रमा सरकारी जागिरको अवसर (सुचनासहित)
353.   कोरियन भाषा परीक्षाको आवेदन बैशाख १५ मा खुल्ने, परीक्षा असार ४ र ५ मा
354.   वैदेशिक रोजगारमा सार्क राष्ट्रको प्राक्टिसको छलफल
355.   वैदेशिक रोजगार व्यवसायीको आन्दोलन वार्ताका लागि आशिंक खुल्ला
356.   सहमति जुटाउन मन्त्रालय र व्यवसायीबीच नजिकियो संवाद
357.   संकटमा मलेसिया रोजगारी
358.   वैदेशिक रोजगारबाट रेमिट्यान्ससँगै शिशु भित्रिदै
359.   फ्री भिसा र टिकटको व्यवस्था फेर्न सांसद नै म्यानपावरको पक्षमा
360.   संघको आन्दोलन बेवास्ता गर्दै २३ मेनपावरले निकाले श्रमस्वीकृति
361.   सक्लान् यी दुईले निकास दिन ?
362.   डिडिसीमा जागिरको अवसर, अधिकृत र सहायक स्तरमा ७४ कर्मचारी माग
363.   फाइलभित्र फाइल हाल्दै वैरो विभागमा धमाधम काम
364.   ०६४ को ऐन र नियमावलीले अब थेग्न सक्दैन : श्रमसचिव लम्साल
365.   बन्द वैदेशिक रोजगार कहिले खुल्छ ?
366.   लोकसेवाले १४ सय बढी खरिदार पदमा दरखास्त माग्यो
367.   आइतबारबाट वैदेशिक रोजगार व्यवसाय बन्द
368.   बैदेशिक रोजगार ठप्प भए के हुन्छ ?
369.   मेनपावर व्यवसायीको रक्षा श्रम मन्त्रालयले गर्नेछ : मन्त्री बोहोरा
370.   कोरियन भाषा परीक्षा असारमा हुने
371.   एजेन्टको भेषमा मेनपावरमाथि निगरानी बढाउँदै प्रहरी
372.   मलेसिया रोजगारीको बाटो बन्द
373.   विद्युत प्राधिकरणमा जागिर खुल्यो
374.   कोरियाद्धारा यो वर्षको श्रमसम्झौता दिन सुरु
375.   मलेसियाद्वारा बिदेशी कामदार लिन स्थगित
Results 568: You are at page 15 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media