सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २९ गते २२:३८

 
 
वैदेशिक रोजगारमा हुने गरेका ठगीका बारेमा नजिकबाट बुझेका गृहमन्त्री रामबहादुर थापाले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्चपदस्थ अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका नाममा भएका ठगीबारे शोधखोज गरेका छन् ।
 
मन्त्री थापाले सोमबार श्रम मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई मन्त्रालयमै बोलाएर यसबारे शोधखोज गरेका हुन् । 
 
मन्त्री थापाले मुख्यतः विभागमा परेका ठगी सम्बन्धी उजुरीहरु र तिनको फस्र्योटका साथै पीडित कामदारहरुलाई न्याय दिलाउन भएका कार्यहरुको विवरण माग गरेका थिए । मन्त्री थापाले खासगरी मलेसिया रोजगारीका लागि जाने क्रममा स्वदेशमा नै भइरहेका ठगीका बारे विशेष चासो लिएका थिए । 
 
मन्त्री थापाले श्रमका अधिकारीहरुलाई अब प्रहरीका तर्फबाट पनि वैदेशिक रोजगारीमा भएका ठगीबारे अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए । वैदेशिक रोजगार ऐन २०६४  अनुसार  वैदेशिक रोजगार ठगीको अनुसन्धान गर्ने अख्तियारी र अधिकार  विभागलाई दिइएको छ । 
 
गृहमन्त्री प्रशासनिक अनुभवमा नयाँ भएपनि हालका गृहसचिव मोहनकृष्ण सापकोटा भने वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक हुन् । गृहमन्त्री थापाले वैदेशिक रोजगारदाता संस्थाले कामदारमाथि गरिरहेको ठगी तथा शोषण रोक्न कडा कदम चाल्न पनि विभागलाई निर्देशन दिएका छन् ।
 
गृहमन्त्री थापाले विदेश जाने कामदारबाट विना आधार तोकिएको भन्दा बढी रकम लिने, करार अनुसारको काम र तलब नपाउने जस्ता समस्याले कामदार पीडित भएको गुनासो आएको भन्दै यस्तो कार्यमा संलग्न वैदेशिक रोजगार संस्था, म्यानपावर कम्पनीलाई कारवाहीको दायरामा ल्याउन विभागलाई निर्देशन दिएका हुन् । पीडितले विभागमा दिएको उजुरीमा भएको ढिलासुस्ती हटाउन र तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि मन्त्री थापाले महानिर्देशक आचार्यलाई निर्देशन दिएका छन् ।
 
महानिर्देशक आचार्यले गृहमन्त्रालयले नै वैदेशिक रोजगारको ठगीबारे विशेष चासो लिएपछि विभागलाई काम गर्न झन सहज हुने बताएका छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
326.   कोरियन इपीएस भाषा परीक्षा आजबाट, नतिजा साउन ११ मा
327.   बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउने व्यवस्थासहित श्रम सम्झौता गर्न निर्देशन
328.   भिसा लाग्दा–लाग्दै पनि जेनेभा वैठकमा किन गएनन् संघका अध्यक्ष ढकाल ?
329.   इपीएस कोरियन भाषा परीक्षाको परीक्षाकेन्द्र तोकियो (सूचिसहित)
330.   ईपीएस कोरियन भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै
331.   सुनसरीमा सुरक्षित वैदेशिक रोजगारका लागि प्रहरीसँग अन्तरक्रिया
332.   वैदेशिक रोजगारको क्षेत्रमा अलपत्र महिला कामदारको उद्धार गर्न ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन
333.   बजेटमा वैदेशिक रोजगार : ४ वटा मुलुकसँग श्रम सम्झौता गरिने
334.   अभिमूखिकरण महासंघका अध्यक्षको सहित ४ संस्थालाई विभागको कारवाही
335.   बायोमेट्रिकबिरुद्धको मुद्धा अदालतद्धारा खारेज
336.   वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो
337.   चार मेनपावरमा मन्त्रालयको छापा
338.   विदेशिएको छोरो वर्षौपछि घर आएपछि ...(भिडियोसहित)
339.   साधारण सदस्यसमेत नरहने गरी महासंघमा राजिनामा दिने तयारी
340.   बायोमेट्रिक प्रणाली नमान्ने संघको निर्णय
341.   वैदेशिक रोजगारीले टुक्रिदैँ परिवार, बालबच्चाको बिचल्ली
342.   मन्त्री बोहोराका सय दिने कार्य 'प्रगतिभन्दा हल्ला बढि'
343.   ‘एक घर, एक रोजगार’ सरकारको उदघोष
344.   साउदीको एक कम्पनीले ५० हजार कामदार हटायो
345.   वैदेशिक रोजगार विभागका लेखा अधिकृत घुससहित अख्तियारको फन्दामा
346.   घरेलु महिला कामदार विदेश पठाउन नेपालका ६ शर्त, एमओयुको तयारी अन्तिम चरणमा
347.   कामदारको मोवाइल नम्बर दिन नसक्ने व्यवसायीको भनाई
348.   २०७२ मा वैदेशिक रोजगार
349.   वैदेशिक रोजगारमा जाने महिला अब श्रमग्राम पुग्नै पर्ने
350.   पहिलो चरणमा १४ नेपाली केयरगिभरको टोली इजरायल उड्यो
Results 568: You are at page 14 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media