सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २९ गते २२:३८

 
 
वैदेशिक रोजगारमा हुने गरेका ठगीका बारेमा नजिकबाट बुझेका गृहमन्त्री रामबहादुर थापाले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्चपदस्थ अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका नाममा भएका ठगीबारे शोधखोज गरेका छन् ।
 
मन्त्री थापाले सोमबार श्रम मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई मन्त्रालयमै बोलाएर यसबारे शोधखोज गरेका हुन् । 
 
मन्त्री थापाले मुख्यतः विभागमा परेका ठगी सम्बन्धी उजुरीहरु र तिनको फस्र्योटका साथै पीडित कामदारहरुलाई न्याय दिलाउन भएका कार्यहरुको विवरण माग गरेका थिए । मन्त्री थापाले खासगरी मलेसिया रोजगारीका लागि जाने क्रममा स्वदेशमा नै भइरहेका ठगीका बारे विशेष चासो लिएका थिए । 
 
मन्त्री थापाले श्रमका अधिकारीहरुलाई अब प्रहरीका तर्फबाट पनि वैदेशिक रोजगारीमा भएका ठगीबारे अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए । वैदेशिक रोजगार ऐन २०६४  अनुसार  वैदेशिक रोजगार ठगीको अनुसन्धान गर्ने अख्तियारी र अधिकार  विभागलाई दिइएको छ । 
 
गृहमन्त्री प्रशासनिक अनुभवमा नयाँ भएपनि हालका गृहसचिव मोहनकृष्ण सापकोटा भने वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक हुन् । गृहमन्त्री थापाले वैदेशिक रोजगारदाता संस्थाले कामदारमाथि गरिरहेको ठगी तथा शोषण रोक्न कडा कदम चाल्न पनि विभागलाई निर्देशन दिएका छन् ।
 
गृहमन्त्री थापाले विदेश जाने कामदारबाट विना आधार तोकिएको भन्दा बढी रकम लिने, करार अनुसारको काम र तलब नपाउने जस्ता समस्याले कामदार पीडित भएको गुनासो आएको भन्दै यस्तो कार्यमा संलग्न वैदेशिक रोजगार संस्था, म्यानपावर कम्पनीलाई कारवाहीको दायरामा ल्याउन विभागलाई निर्देशन दिएका हुन् । पीडितले विभागमा दिएको उजुरीमा भएको ढिलासुस्ती हटाउन र तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि मन्त्री थापाले महानिर्देशक आचार्यलाई निर्देशन दिएका छन् ।
 
महानिर्देशक आचार्यले गृहमन्त्रालयले नै वैदेशिक रोजगारको ठगीबारे विशेष चासो लिएपछि विभागलाई काम गर्न झन सहज हुने बताएका छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
276.   ‘सचिवज्यू ! कन्फ्युजनमा पार्न खोज्नेबाट जोगिएर काम गर्नुहोला’
277.   सफ्टवेयर लागू गर्न श्रमसचिवको अग्रसरता
278.   श्रममन्त्री र सचिवकै अगाडि व्यवसायी र सह–सचिवबीच चर्काचर्कि (भिडियोसहित)
279.   व्यवसायीले श्रममन्त्रीसँग निर्णायक वार्ता गर्दै
280.   मलेसिया जाने कामदारको प्रवेशाज्ञाको लागि राहदानी पठाउन रोक
281.   मलेसिया जानेले १८ हजार फाल्तु तिर्दै, सरकार भन्छ फ्री भिषा र फ्री टिकट
282.   राष्ट्रिय वाणिज्य बैंकमा २४९ कर्मचारी माग (सुचनासहित)
283.   काठमाडौं महानगरपालिकामा जागिर खुल्यो (सुचनासहित)
284.   कोरिया र इजरायलमा पनि फ्री भिसा फ्री टिकट लागू गर्न प्रस्ताव
285.   यूएइका सुरक्षा गार्डको समस्या समाधान, काममा नै फर्कने
286.   वैदेशिक रोजगारसम्बन्धि उजुरीलाई फास्ट ट्रयाकबाट सम्बोधन गरिने
287.   सुरक्षा गार्डको श्रम स्वीकृति बन्द गर्न निर्देशन
288.   गैरेको अध्यक्षतामा फोरममा निर्विरोध नयाँ कार्यसमिति
289.   इजरायलले थप नेपाली कामदार लिने
290.   ब्यवसायीले नै बिर्सिए ‘कालो दिन’ भदौ १६
291.   पुन श्रमस्वीकृतिको पैसा तिर्न श्रमग्राम जानु नपर्ने
292.   वैदेशिक रोजगारमा प्रधानमन्त्रीको चासो
293.   श्रममन्त्री गुरुङलाई मन्त्रालयको काम भन्दा क्वाटर नपाएको चिन्ता
294.   अभिमुखीकरण तालिमको अनियमिततामा किन अख्तियार मौन ?
295.   युएईमा रहेको नेपाली दुताबासले घरेलु कामदार ल्याउन दश एजेन्सीलाई अनुमति
296.   अवैध कामदारलाई आममाफी दिने कतारको घोषणा
297.   वैरो विभागको घुसखोरी खरिदार देखि मन्त्रालयका सचिब सम्मको जालो
298.   युरोपेली देश लिथुएनियामा नेपाली कामदारको माग, अनुमति दिने सरकारी तयारी
299.   मलेसियामा नेपालीको शाख नघटेकोले माग अझ बढ्ने
300.   वैरो विभागकि खुङ्खार भ्रस्टचारी भट्टराई
Results 568: You are at page 12 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media