सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २९ गते २२:२०

नेपालको संविधानको कार्यान्वयन गर्ने क्रममा मङ्गलबार नेपालको राष्ट्रप्रमुख अर्थात् राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति पदमा निर्वाचित हुन कम्तीमा २६ हजार २५१ मतभार प्राप्त गर्नुपर्ने हुन्छ । राष्ट्रपति पदका लागि निर्वाचन हुन लागेको यो तेस्रो पटक हो । 
 
राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा छन । राष्ट्रपति पदका लागि मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदान सकिएलगत्तै मतगणना गरी मत परिणाम सार्वजनिक गरिने बताए । यस निर्वाचनमा दोस्रो कार्यकालका लागि वर्तमान राष्ट्रपति भण्डारीले पुनः उम्मेदवारी दिएकी छिन । उहाँलाई सत्तारुढ घटक नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल लगायत दलको समर्थन छ ।
 
राष्ट्रपति भण्डारीको उम्मेदवारीको प्रतिनिधिसमेत रहेका एमाले नेता भानुभक्त ढकालले राष्ट्रपति पदमा निर्वाचित हुन सुविधाजनक बहुमत प्राप्त हुने अपेक्षा गरेको बताए । राष्ट्रपति निर्वाचित हुन कुल मतदाताको कम्तीमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 
 
यसैगरी, नेपाली काँग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद कुमारीलक्ष्मी राईलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी शहिद देवान सिंह राईकी छोरी हुन । भोजपुर निवासी राईले अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेकी छिन । नेपाली काँग्रेसका अनुसार, राई नेपालको लोकतान्त्रिक आन्दोलनमा विगत पाँच दशकदेखि निरन्तर सक्रिय राजनीतिमा छिन । 
 
विजयी हुन २६,२५१ मत आवश्यक
सङ्घीय–संसद्का ३३४ सदस्यमध्ये ३३१ सदस्य र सात प्रदेशका ५५० सदस्यमध्ये ५४९ सदस्यलाई मताधिकारको अधिकार छ । राष्ट्रियसभाका तीन र प्रदेशसभाका एक गरी चार सदस्यले मतदान गर्न पाउने छैनन् । तसर्थ सङ्घीय–संसद्का ३३४ र प्रदेशसभाका ५५० गरी जम्मा ८८४ सदस्यमध्ये ८८० जनालाई मात्रै मताधिकार रहेको छ । सङ्घीय–संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ छ । सङ्घीय–संसद्का मतदाताको जम्मा मतभार २६ हजार १४९ र प्रदेशसभाका ५४९ सदस्यको मतभार २६ हजार ३५२ गरी कुल मतभार ५२ हजार ५०१ हुन्छ । 
 
संवैधानिक व्यवस्थाअनुसार, राष्ट्रपति निर्वाचित हुन कुल मतभारको कम्तीमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । दुई जना मात्रै उम्मेदवार रहेका र वर्तमान राष्ट्रपति भण्डारीलाई समर्थन गर्ने दल र सदस्यको सङ्ख्या हेर्दा पहिलो पटक नै एक उम्मेदवारलाई कम्तीमा ५० भन्दाभन्दा बढी मत प्राप्त हुने देखिएको छ । 
 
नागरिकतालाई मान्यता 
निर्वाचन आयोगले मतदानका लागि निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई नागरिकता र मतदाता परिचयपत्रबाट पनि मतदान गर्न सकिने जनाएको छ । राष्ट्रपतिको निर्वाचनका लागि सङ्घीय–संसद्का सदस्यले हरियो र प्रदेशसभाका सदस्यले रातो रङ्गको मतपत्रमा मतदान गर्नुहुने भएको छ । दुई थरिका मतपत्रमा कुनै निर्वाचन चिह्न छैन र मतपत्रमा रहेका व्यहोरा मात्रै रङ्गीन छपाइ गरिएको निर्वाचन आयोगले जनाएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
426.   वैदेशिक रोजगार विभागको महानिर्देशकबाट बोगटीलाई हटाइयो
427.   कुलेश्वर पोलिक्लिनिकद्वारा निःशुल्क थाइराइड परीक्षण
428.   राहदानी अब एक दिनमै बन्ने
429.   विदेशी नागरिक आन्दोलनमा सरिक भए कारवाही
430.   अमेरिका भिषाका लागि बैंक स्टेटमेण्ट र लालपूर्जा नचाहिने
431.   संखुवासभाली सांसद खड्काले एनसेलको सिम नचलाउने
432.   काठमाडौंमा युएईले संचालनमा ल्यायो दूतावास
433.   नक्क्ली कागजातमा महिला कामदार उडाउँदै विभागका कर्मचारी
434.   रोटरी क्लव अफ राजधानीद्धारा कमला – कृष्ण छात्रवृत्ति प्रदान ।
435.   २०७३/७४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने
436.   पत्रकारको न्यूनतम तलब अब १९ हजार पाँच सय
437.   दजाकोट अग्नि पिडितलाई लग्जम्बर्गमा सहयोग संकलन
438.   अमेरिकी डिभीको नतिजा आज
439.   ‘दुरगामी असर गर्छ भने फ्री भिसा फ्री टिकट पुनर्विचार गर’
440.   नेपाली कामदारको उद्धारका लागि आपतकालीन राहत कोषको व्यवस्था गर्न सरकारलाई निर्देशन
441.   ‘एक्सलेन्ट इन सर्भिस’ अवार्ड प्याकुरेललाई प्रदान
442.   २१ मुलुकका लागि राजदूत शिफारिस (सूचिसहित)
443.   नामिबियाविरुद्ध नेपालको दोश्रो जीत, विश्वकप छनोट खेल्ने सम्भावना बलियो
444.   वैशाख २८ बाट काठमाडौमा युएईको दुतावास खुल्ने
445.   प्रधानमन्त्रीको उपस्थितिमा पहिलो अन्तर्राष्टिय रेस्लिङ प्रतियोगिता सम्पन्न
446.   भोली शनिबार नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियागिता हुदै
447.   लायन्स क्लब अफ काठमाडौं टेम्पललाई चार्टड हस्तान्तरण
448.   चक्रपथ ८ लेनको बन्न १० बर्ष लाग्ने
449.   २०७३ सालमा कुन-कुन दिन सार्वजनिक विदा ? (सूचिसहित)
450.   इजिप्ट एयरको विमान अपहरण
Results 726: You are at page 18 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media