शुक्रवार, जेष्ठ ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २९ गते २२:२०

नेपालको संविधानको कार्यान्वयन गर्ने क्रममा मङ्गलबार नेपालको राष्ट्रप्रमुख अर्थात् राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति पदमा निर्वाचित हुन कम्तीमा २६ हजार २५१ मतभार प्राप्त गर्नुपर्ने हुन्छ । राष्ट्रपति पदका लागि निर्वाचन हुन लागेको यो तेस्रो पटक हो । 
 
राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा छन । राष्ट्रपति पदका लागि मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदान सकिएलगत्तै मतगणना गरी मत परिणाम सार्वजनिक गरिने बताए । यस निर्वाचनमा दोस्रो कार्यकालका लागि वर्तमान राष्ट्रपति भण्डारीले पुनः उम्मेदवारी दिएकी छिन । उहाँलाई सत्तारुढ घटक नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल लगायत दलको समर्थन छ ।
 
राष्ट्रपति भण्डारीको उम्मेदवारीको प्रतिनिधिसमेत रहेका एमाले नेता भानुभक्त ढकालले राष्ट्रपति पदमा निर्वाचित हुन सुविधाजनक बहुमत प्राप्त हुने अपेक्षा गरेको बताए । राष्ट्रपति निर्वाचित हुन कुल मतदाताको कम्तीमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 
 
यसैगरी, नेपाली काँग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद कुमारीलक्ष्मी राईलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी शहिद देवान सिंह राईकी छोरी हुन । भोजपुर निवासी राईले अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेकी छिन । नेपाली काँग्रेसका अनुसार, राई नेपालको लोकतान्त्रिक आन्दोलनमा विगत पाँच दशकदेखि निरन्तर सक्रिय राजनीतिमा छिन । 
 
विजयी हुन २६,२५१ मत आवश्यक
सङ्घीय–संसद्का ३३४ सदस्यमध्ये ३३१ सदस्य र सात प्रदेशका ५५० सदस्यमध्ये ५४९ सदस्यलाई मताधिकारको अधिकार छ । राष्ट्रियसभाका तीन र प्रदेशसभाका एक गरी चार सदस्यले मतदान गर्न पाउने छैनन् । तसर्थ सङ्घीय–संसद्का ३३४ र प्रदेशसभाका ५५० गरी जम्मा ८८४ सदस्यमध्ये ८८० जनालाई मात्रै मताधिकार रहेको छ । सङ्घीय–संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ छ । सङ्घीय–संसद्का मतदाताको जम्मा मतभार २६ हजार १४९ र प्रदेशसभाका ५४९ सदस्यको मतभार २६ हजार ३५२ गरी कुल मतभार ५२ हजार ५०१ हुन्छ । 
 
संवैधानिक व्यवस्थाअनुसार, राष्ट्रपति निर्वाचित हुन कुल मतभारको कम्तीमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । दुई जना मात्रै उम्मेदवार रहेका र वर्तमान राष्ट्रपति भण्डारीलाई समर्थन गर्ने दल र सदस्यको सङ्ख्या हेर्दा पहिलो पटक नै एक उम्मेदवारलाई कम्तीमा ५० भन्दाभन्दा बढी मत प्राप्त हुने देखिएको छ । 
 
नागरिकतालाई मान्यता 
निर्वाचन आयोगले मतदानका लागि निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई नागरिकता र मतदाता परिचयपत्रबाट पनि मतदान गर्न सकिने जनाएको छ । राष्ट्रपतिको निर्वाचनका लागि सङ्घीय–संसद्का सदस्यले हरियो र प्रदेशसभाका सदस्यले रातो रङ्गको मतपत्रमा मतदान गर्नुहुने भएको छ । दुई थरिका मतपत्रमा कुनै निर्वाचन चिह्न छैन र मतपत्रमा रहेका व्यहोरा मात्रै रङ्गीन छपाइ गरिएको निर्वाचन आयोगले जनाएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
2.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
3.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
4.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
5.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
6.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
7.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
8.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
9.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
10.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
11.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
12.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
13.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
14.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
15.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
16.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
17.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
18.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
19.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
20.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
21.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
22.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
23.   मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित
24.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
25.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
Results 707: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media