सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २८ गते ०१:३४

 
यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ ।
 
 
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहर मध्ये ३३ नेपाली थिए ।
 
मालदिभ्स र चीनका एकरएकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।
 
चालक दलका ४ सदस्य थिए ।
 
२२ नेपालीको मृत्यु, ११ घाइते
 
गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशी नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
 
चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।
 
घाइतेमध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।
 
नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।
 
घाइते नेपाली नागरिक
 
केशव पाण्डे( मेडिसिटी अस्पताल नख्खु
 
दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी
 
दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा
 
किशोर त्रिपाठी, ग्राण्डी अस्पताल
 
हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल
 
विनोद पौडेल, ग्राण्डी अस्पताल
 
वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली
 
आशिष रञ्जित नर्भिक
 
सनम शाक्य, नर्भिक
 
प्रिन्सी धामी,  केएमसी
 
सबिना व्यञ्जनकार, केएमसी

कसको अवस्था के छ ?
 
विमानबाट उद्धार गरिएका मध्ये सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा करिब एक दर्जनको उपचार गरिँदैछ । त्यहाँ रहेका बिरामीहरुमा इमराना कबिर, पिञ्ची धामी र समिना व्यञ्जनजकारलाई आइसीयूमा राखिएको छ ।
 
त्यसैगरी केएमसीमै उपचार गरिरहेका अन्य घाइतेहरुमा कबिर हुसैन, रसिद हसन, महन्दी हसन, रिजना अब्दुल्लाह र डाक्टर इर्जना छन् ।
 
त्यसैगरी केएमसीमै धीरेहन्द्रसिंह पूजना, स्वराना, सहरीन अहमद र एमडी सहिनको उपचार भइरहेको छ ।
 
केएमसी पुर्‍याइएका मध्ये ४ जनालाई अन्य अस्पतालमा भनाए गरिएको छ । किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको छ भने केशव पाण्डेलाई मेडिसीटी अस्पतालमा रिफर गरिएको छ । ग्राण्डी अस्पतालका चक्रराज पाण्डेले चार जनाको उपचार भइरहेको बताए ।
 

  



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
201.   एसईईको नतिजा सार्वजनिक, पूरक परीक्षा आगामी साउन १९ गते
202.   छिमेकी सँग कुटनीतिक सम्बन्ध बिच्छेदको असर, कतारी खेलाडी माथि फिफाले कारबाही गर्ने संकेत
203.   सामाजिक सुरक्षा विधेयक श्रम समितिबाट परिमार्जनसहित पारित
204.   आज विश्व रक्तदाता दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
205.   संखुवासभाका अग्रज संचारकर्मी ‘पदम बा’ एसकाजबाट सम्मानित
206.   अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपाली फिर्ता
207.   ३ उपप्रधानमन्त्रीसहित ७ मन्त्रीको सपथ, श्रम मन्त्रीमा मन्सुर
208.   ४० औं प्रधानमन्त्रीमा देउवा
209.   काठमाडौं-दोहाका यात्रुलाई असर नपर्ने
210.   सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
211.   ९१ प्रतिशत घरधुरीमा शौचालय, ९ प्रतिशतलाई कसरत
212.   बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीद्धारा आह्वान
213.   काबुल विस्फोटमा पाँच नेपाली घाइते
214.   प्रथम अन्तरास्ट्रिय युवा भेला सम्पन्न
215.   बत्तिसपुतलीमा खुल्यो सुविधा सम्पन्न 'होटल इम्पेरियल काठमाडौं'
216.   योग्य साथीलाइ मार्ग प्रसस्त गर्न म आफै लागिरहेको छु, मनमा जे आयो त्यहि आरोप लगाउने ? ढकाल (हेर्नुस भिडियो)
217.   दोस्रो चरणको स्थानीय निर्वाचन असार ९ गते हुने
218.   प्रधानमन्त्रीबाट दु्रतमार्गको शिलान्यास
219.   दरवारमार्गमा खुल्यो अत्याधुनिक शैलुन
220.   स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
221.   संघको महासचिवमा आउन गेलालको यस्तो खेल
222.   प्रधानमन्त्री प्रचण्डले दिए राजीनामा
223.   भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा
224.   राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त रकम दिने बजेट आउँदै
225.   किरणकिशोरलाई फोरमले अध्यक्षको उम्मेदवार बनाउने पक्का
Results 726: You are at page 9 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media