सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २८ गते ०१:३४

 
यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ ।
 
 
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहर मध्ये ३३ नेपाली थिए ।
 
मालदिभ्स र चीनका एकरएकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।
 
चालक दलका ४ सदस्य थिए ।
 
२२ नेपालीको मृत्यु, ११ घाइते
 
गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशी नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
 
चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।
 
घाइतेमध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।
 
नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।
 
घाइते नेपाली नागरिक
 
केशव पाण्डे( मेडिसिटी अस्पताल नख्खु
 
दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी
 
दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा
 
किशोर त्रिपाठी, ग्राण्डी अस्पताल
 
हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल
 
विनोद पौडेल, ग्राण्डी अस्पताल
 
वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली
 
आशिष रञ्जित नर्भिक
 
सनम शाक्य, नर्भिक
 
प्रिन्सी धामी,  केएमसी
 
सबिना व्यञ्जनकार, केएमसी

कसको अवस्था के छ ?
 
विमानबाट उद्धार गरिएका मध्ये सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा करिब एक दर्जनको उपचार गरिँदैछ । त्यहाँ रहेका बिरामीहरुमा इमराना कबिर, पिञ्ची धामी र समिना व्यञ्जनजकारलाई आइसीयूमा राखिएको छ ।
 
त्यसैगरी केएमसीमै उपचार गरिरहेका अन्य घाइतेहरुमा कबिर हुसैन, रसिद हसन, महन्दी हसन, रिजना अब्दुल्लाह र डाक्टर इर्जना छन् ।
 
त्यसैगरी केएमसीमै धीरेहन्द्रसिंह पूजना, स्वराना, सहरीन अहमद र एमडी सहिनको उपचार भइरहेको छ ।
 
केएमसी पुर्‍याइएका मध्ये ४ जनालाई अन्य अस्पतालमा भनाए गरिएको छ । किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको छ भने केशव पाण्डेलाई मेडिसीटी अस्पतालमा रिफर गरिएको छ । ग्राण्डी अस्पतालका चक्रराज पाण्डेले चार जनाको उपचार भइरहेको बताए ।
 

  



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
176.   बाढी पीडितलाई सहयोग गर्न बेलायत तयार : राजदूत मोरिस
177.   मनकामनामा अतिथी गृह बनाउँदै संखुवासभा समाज अमेरिका
178.   ईण्डोनेशियाको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा बाणिज्यदूत ढकालद्धारा झण्डोलोत्तन
179.   पेट्रोलपम्पमा उपभोक्ताको लाइन, केही दिनमा सहज हुने
180.   बाढीपहिरोमा परी ३५ जनाको मृत्यु, बिजुली पनि छैन
181.   दिवङ्गत भएकाको सम्झनामा आज गाईजात्रा पर्व मनाइँदै
182.   ५ लाख पर्ने यूएमका दुई बाइक नेपाली बजारमा
183.   पर्वतारोहण संघको अध्यक्षमा लामा विजयी
184.   सञ्चारसम्बन्धी समस्याको समाधानमा पहल गर्छु : मन्त्री बस्नेत
185.   पाकिस्तानी प्रधानमन्त्री सरीफ अदालतबाट अयोग्य ठहर
186.   नागपञ्चमी र जनैपूर्णिमा एकै दिन मनाइँदै
187.   ढोकामा भोटे ताल्चा लगाएर होइन,ढोका खोलेर एकताको कुरा गर्नुस ओलीजी : प्रचण्ड
188.   राहदानी बिभागलाई आइएसओ प्रमाणपत्र
189.   कतारमा रहेका नेपालीप्रति प्रधानमन्त्रीको चासो
190.   विदेशमा रहेका नेपालीले भोट हाल्न पाउनुपर्छ : मन्त्री मनसुर
191.   एक वर्षमा ५० हजार विद्यार्थी बिदेशतिर
192.   एसईईमा उत्तिर्ण छात्रछात्रालाई होटल व्यवसायी संघको सम्मान
193.   ‘विश्वकै सर्वोत्कृष्ट एयरलाइन’ उपाधि जितेबापत कतार एयरवेजद्वारा छुटको घोषणा
194.   होटलहरुले प्रतिग्राहक ३ सय डलरसम्म साट्न पाउने
195.   अब नेपालको भिसा आवेदन मोबाइल एपबाटै
196.   परराष्ट्रका कर्मचारीको भत्ता बढ्यो
197.   जापान पठाइदिने प्रलोभनमा दुई करोड ठगी
198.   निर्वाचनको दिन असार १४ गते सार्बजनिक विदा
199.   प्रधानमन्त्री भएको २ सातापछि साइत हेराएर बालुवाटार सरे देउवा
200.   साढे ७ लाख स्मार्ट लाइसेन्सका लागि टेण्डर
Results 726: You are at page 8 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media