सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २८ गते ०१:३४

 
यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ ।
 
 
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहर मध्ये ३३ नेपाली थिए ।
 
मालदिभ्स र चीनका एकरएकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।
 
चालक दलका ४ सदस्य थिए ।
 
२२ नेपालीको मृत्यु, ११ घाइते
 
गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशी नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
 
चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।
 
घाइतेमध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।
 
नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।
 
घाइते नेपाली नागरिक
 
केशव पाण्डे( मेडिसिटी अस्पताल नख्खु
 
दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी
 
दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा
 
किशोर त्रिपाठी, ग्राण्डी अस्पताल
 
हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल
 
विनोद पौडेल, ग्राण्डी अस्पताल
 
वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली
 
आशिष रञ्जित नर्भिक
 
सनम शाक्य, नर्भिक
 
प्रिन्सी धामी,  केएमसी
 
सबिना व्यञ्जनकार, केएमसी

कसको अवस्था के छ ?
 
विमानबाट उद्धार गरिएका मध्ये सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा करिब एक दर्जनको उपचार गरिँदैछ । त्यहाँ रहेका बिरामीहरुमा इमराना कबिर, पिञ्ची धामी र समिना व्यञ्जनजकारलाई आइसीयूमा राखिएको छ ।
 
त्यसैगरी केएमसीमै उपचार गरिरहेका अन्य घाइतेहरुमा कबिर हुसैन, रसिद हसन, महन्दी हसन, रिजना अब्दुल्लाह र डाक्टर इर्जना छन् ।
 
त्यसैगरी केएमसीमै धीरेहन्द्रसिंह पूजना, स्वराना, सहरीन अहमद र एमडी सहिनको उपचार भइरहेको छ ।
 
केएमसी पुर्‍याइएका मध्ये ४ जनालाई अन्य अस्पतालमा भनाए गरिएको छ । किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको छ भने केशव पाण्डेलाई मेडिसीटी अस्पतालमा रिफर गरिएको छ । ग्राण्डी अस्पतालका चक्रराज पाण्डेले चार जनाको उपचार भइरहेको बताए ।
 

  



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
126.   नयाँ लाइसेन्सको वितरण अनिश्चितकालका लागि स्थगित
127.   डीभी चिट्ठाले पु¥यायो हिरासत, नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जना पक्राउ
128.   विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पुरा, खासै प्रगति हुन सकेन
129.   १० लाख पर्यटकको लक्ष्य ६ वर्षपछि पूरा हुँदै
130.   हृदयघातबाट प्रचण्डपुत्र प्रकाशको निधन
131.   ब्यवसायी गौचन हत्यामा संलग्न ५ जना पक्राउ
132.   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम चिनिया कम्पनीबाट शुरु
133.   कतारको निम्तो छाडेर राष्ट्रपति भण्डारी युएई जाँदै
134.   स्थलगत अध्ययनपछि चिनियाँ टोलीले भन्यो–केरूङ-काठमाडौं रेल संभव
135.   विवेकशील साझा पार्टीको घोषणा पत्र
136.   बाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक
137.   अमेरिकाका ३८ डाक्टरद्धारा निःशुल्क दन्त शिविर (फोटोफिचर)
138.   बाम घोषणापत्र : ५ वर्षभित्र गरिविमुक्त, प्रतिव्यक्ति आय ५ हजार डलर पु¥याउने
139.   लायन राजेन थापाको भव्य स्वागत, शनिबार बन्दिपुरमा निशुल्क आँखा शिविर
140.   काठमाडौंको कमलादीमा गोली चल्यो, तीन भारतीय पक्राउ
141.   काठमाडौं उच्च जोखिममा
142.   काँग्रेसको घोषणापत्र : ५ वर्षमा ५० खर्बको अर्थतन्त्र, तीन देखि पाँच लाख रोजगारी
143.   नेपाल–अष्ट्रेलिया सिधा हवाई सेवाका लागि अध्ययन गरिने
144.   उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन
145.   सूर्यको आराधना गरी आज छठ पर्व मनाइँदै
146.   खोटो बेचेर करोडौं आम्दानी गर्छन् सामुदायिक वन
147.   मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त
148.   कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन्
149.   अध्यागमन कर्मचारी र प्रहरी नै मानव तस्करमा संलग्‍न : सेटिङबाट युएई गएका १५ जनाको उद्धार
150.   एनआरएनए संस्थापक अध्यक्ष महतोको मेडिसिटी अस्पताल संचालनमा
Results 726: You are at page 6 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media