सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २८ गते ०१:३४

 
यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ ।
 
 
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहर मध्ये ३३ नेपाली थिए ।
 
मालदिभ्स र चीनका एकरएकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।
 
चालक दलका ४ सदस्य थिए ।
 
२२ नेपालीको मृत्यु, ११ घाइते
 
गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशी नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
 
चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।
 
घाइतेमध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।
 
नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।
 
घाइते नेपाली नागरिक
 
केशव पाण्डे( मेडिसिटी अस्पताल नख्खु
 
दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी
 
दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा
 
किशोर त्रिपाठी, ग्राण्डी अस्पताल
 
हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल
 
विनोद पौडेल, ग्राण्डी अस्पताल
 
वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली
 
आशिष रञ्जित नर्भिक
 
सनम शाक्य, नर्भिक
 
प्रिन्सी धामी,  केएमसी
 
सबिना व्यञ्जनकार, केएमसी

कसको अवस्था के छ ?
 
विमानबाट उद्धार गरिएका मध्ये सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा करिब एक दर्जनको उपचार गरिँदैछ । त्यहाँ रहेका बिरामीहरुमा इमराना कबिर, पिञ्ची धामी र समिना व्यञ्जनजकारलाई आइसीयूमा राखिएको छ ।
 
त्यसैगरी केएमसीमै उपचार गरिरहेका अन्य घाइतेहरुमा कबिर हुसैन, रसिद हसन, महन्दी हसन, रिजना अब्दुल्लाह र डाक्टर इर्जना छन् ।
 
त्यसैगरी केएमसीमै धीरेहन्द्रसिंह पूजना, स्वराना, सहरीन अहमद र एमडी सहिनको उपचार भइरहेको छ ।
 
केएमसी पुर्‍याइएका मध्ये ४ जनालाई अन्य अस्पतालमा भनाए गरिएको छ । किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको छ भने केशव पाण्डेलाई मेडिसीटी अस्पतालमा रिफर गरिएको छ । ग्राण्डी अस्पतालका चक्रराज पाण्डेले चार जनाको उपचार भइरहेको बताए ।
 

  



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
101.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
102.   चिसो अझै बढ्न सक्ने
103.   नाकामा अध्यागमन कार्यालय राख्ने तयारी
104.   ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
105.   फेरि इन्धनको मूल्य बढ्यो
106.   अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे
107.   संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड
108.   राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
109.   नेपालीकरणका नाममा लाइसेन्स बिक्री
110.   पशुपति मन्दिर परिसरमा सवारी साधन प्रवेशमा रोक
111.   आज क्रिसमस मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
112.   स्थानीय तहमा अझै पुगेनन् कर्मचारी, सेवा प्रवाहमा समस्या
113.   एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे
114.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
115.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
116.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
117.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
118.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
119.   धुलोमुक्त बनाउन काठमाडौंको सडकमा ब्रुमर
120.   तारा एयरको विमान हुम्लाको सिमकोटमा दुर्घटना, पाइलटसहित ५ घाइते
121.   मत सर्वेक्षण गरे कडा कारबाही गरिने निर्वाचन आयोगको चेतावनी
122.   पहिलो चरणको निर्वाचन सम्पन्न, दुईवटा मतदान केन्द्रमा भने पुनः मतदान हुने
123.   पहिलो चरणको मतदान शुरु, चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता
124.   चुनावका लागि तराईका सीमा ७२ घण्टा सिल गरिने
125.   पहिलो चरणको चुनाव : मौन अवधि सुरु
Results 726: You are at page 5 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media