सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २८ गते ०१:३४

 
यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ ।
 
 
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहर मध्ये ३३ नेपाली थिए ।
 
मालदिभ्स र चीनका एकरएकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।
 
चालक दलका ४ सदस्य थिए ।
 
२२ नेपालीको मृत्यु, ११ घाइते
 
गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशी नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
 
चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।
 
घाइतेमध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।
 
नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।
 
घाइते नेपाली नागरिक
 
केशव पाण्डे( मेडिसिटी अस्पताल नख्खु
 
दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी
 
दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा
 
किशोर त्रिपाठी, ग्राण्डी अस्पताल
 
हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल
 
विनोद पौडेल, ग्राण्डी अस्पताल
 
वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली
 
आशिष रञ्जित नर्भिक
 
सनम शाक्य, नर्भिक
 
प्रिन्सी धामी,  केएमसी
 
सबिना व्यञ्जनकार, केएमसी

कसको अवस्था के छ ?
 
विमानबाट उद्धार गरिएका मध्ये सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा करिब एक दर्जनको उपचार गरिँदैछ । त्यहाँ रहेका बिरामीहरुमा इमराना कबिर, पिञ्ची धामी र समिना व्यञ्जनजकारलाई आइसीयूमा राखिएको छ ।
 
त्यसैगरी केएमसीमै उपचार गरिरहेका अन्य घाइतेहरुमा कबिर हुसैन, रसिद हसन, महन्दी हसन, रिजना अब्दुल्लाह र डाक्टर इर्जना छन् ।
 
त्यसैगरी केएमसीमै धीरेहन्द्रसिंह पूजना, स्वराना, सहरीन अहमद र एमडी सहिनको उपचार भइरहेको छ ।
 
केएमसी पुर्‍याइएका मध्ये ४ जनालाई अन्य अस्पतालमा भनाए गरिएको छ । किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको छ भने केशव पाण्डेलाई मेडिसीटी अस्पतालमा रिफर गरिएको छ । ग्राण्डी अस्पतालका चक्रराज पाण्डेले चार जनाको उपचार भइरहेको बताए ।
 

  



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
651.   कृषि प्रशिक्षणका लागि ३ सय ६० युवालाई इजरायल पठाइने
652.   स्काउटमा करोडौंको अनियमितता, युवाहरु सडकमा
653.   मलेसियाले १ वर्षभित्र दुईलाख नेपाली कामदारलाई रोजगार दिने
654.   संघ अध्यक्ष विवादमा पुृनरावेदनले उल्टयायो जिप्रकाको निर्णय
655.   मलेसियाको कानूनमा कामदार चल्नुपर्छ :महाथिर
656.   अध्यागमले विदेश आवतजावत गर्नेको विवरण राख्न थाल्ने
657.   सकस एमआरपीको
658.   मेनपावर व्यवसायीको श्रममन्त्रीलाई वधाई
659.   शिवरात्रीको अवसरमा आकर्षणले वितरण गर्यो निशुल्क पानी र चिया
660.   व्यवसायी गुरुङ श्रम तथा रोजगार मन्त्री
661.   न्याय खोज्दै तामाङ सर्वोच्चमा
662.   पर्वतारोहण संघको अध्यक्षमा शेर्पा विजयी
663.   सेवाग्राही नआइदिदा कर्मचारी चिया र सुर्ती खादै घाम तापेर बसे
664.   वैदेशिक रोजगार व्यवसायी संघमा वाग्ले कार्यसमितिलाई आधिकारिकता
665.   वैदेशिक रोजगार विभागमा कृष्णहरि पुस्कर
666.   वोर्डमा कार्यकारी निर्देशक नियुक्तिको तयारी
667.   हस्तलिखित राहदानी २०१५ देखि नचल्ने
668.   नेपालको भिषा आवेदन अव अनलाइनवाट
669.   बायोमेट्रिक लागू हुने संभावना बढयो
670.   राहदानी आवेदनका लागि ६ केन्द्र थपियो
671.   मलेसियामा कामदारको न्यूनतम पारिश्रामिक ९ सय रिङगेट
672.   ३० लाख कामदारको गन्तव्य १२ देश
673.   श्रम सम्झौता गर्न परराष्ट्र सचिवको आग्रह
674.   काठमाडौंमा अब पार्किङ शुल्क नलाग्ने
675.   म्यानपावरको नाममा ठग्नेलाई एकैपटक तीन वटा मुद्दा
Results 726: You are at page 27 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media