सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २८ गते ०१:३४

 
यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ ।
 
 
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहर मध्ये ३३ नेपाली थिए ।
 
मालदिभ्स र चीनका एकरएकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।
 
चालक दलका ४ सदस्य थिए ।
 
२२ नेपालीको मृत्यु, ११ घाइते
 
गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशी नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
 
चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।
 
घाइतेमध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।
 
नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।
 
घाइते नेपाली नागरिक
 
केशव पाण्डे( मेडिसिटी अस्पताल नख्खु
 
दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी
 
दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा
 
किशोर त्रिपाठी, ग्राण्डी अस्पताल
 
हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल
 
विनोद पौडेल, ग्राण्डी अस्पताल
 
वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली
 
आशिष रञ्जित नर्भिक
 
सनम शाक्य, नर्भिक
 
प्रिन्सी धामी,  केएमसी
 
सबिना व्यञ्जनकार, केएमसी

कसको अवस्था के छ ?
 
विमानबाट उद्धार गरिएका मध्ये सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा करिब एक दर्जनको उपचार गरिँदैछ । त्यहाँ रहेका बिरामीहरुमा इमराना कबिर, पिञ्ची धामी र समिना व्यञ्जनजकारलाई आइसीयूमा राखिएको छ ।
 
त्यसैगरी केएमसीमै उपचार गरिरहेका अन्य घाइतेहरुमा कबिर हुसैन, रसिद हसन, महन्दी हसन, रिजना अब्दुल्लाह र डाक्टर इर्जना छन् ।
 
त्यसैगरी केएमसीमै धीरेहन्द्रसिंह पूजना, स्वराना, सहरीन अहमद र एमडी सहिनको उपचार भइरहेको छ ।
 
केएमसी पुर्‍याइएका मध्ये ४ जनालाई अन्य अस्पतालमा भनाए गरिएको छ । किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको छ भने केशव पाण्डेलाई मेडिसीटी अस्पतालमा रिफर गरिएको छ । ग्राण्डी अस्पतालका चक्रराज पाण्डेले चार जनाको उपचार भइरहेको बताए ।
 

  



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
501.   न्यूयोर्क यूनिभर्सिटीका ५० चिकित्सकको निःशुल्क दन्त शिविर शुरु
502.   गलत काम गर्ने कसैलाई छाडदिन:महानिर्देशक बोगटी
503.   इपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
504.   भागबन्डाको शिकारमा राजदूत नियुक्ति
505.   नेपालको संविधान २०७२ जारी
506.   नयाँ संविधान जारीसँगै आफ्नो कर्तव्यपरायणमा लाग्न क्लबको आग्रह
507.   अब पुन : श्रम स्वीकृति एयरपोर्टबाटै
508.   स्वदेशमै आत्मनिर्भर बन्ने सम्मानित
509.   ‘मेनपावर, स्वास्थ्य र अभिमूखिकरण व्यवसाय सहकार्य गरेर अघि बढ’
510.   घरेलु तालिम लिनेमा पुरुषभन्दा महिला बढी
511.   न्यायाधीश बमको हत्यारालाई साउदीबाट नेपाल ल्याइयो
512.   पर्वतीय पर्यटन सुरक्षित रहेको व्यवसायी तथा कामदारको भनाई
513.   कोरियामा रहेका नेपालीलाई हाइड्रोपावरको सेयर
514.   कन्सल्टेन्सीका नाममा मेनपावरको काम
515.   नौ मुलुकका नियोग राजदूतविहिन
516.   रातो पासपोर्ट दुरुपयोग गर्नेलाई जेल सजाय
517.   अन्तर्राष्ट्रिय विमानस्थल वरपरका अग्ला घर हटाउन निर्देशन
518.   गोमा एयरले आजबाट तुम्लिङटार उडान थाल्यो
519.   जिल्ला प्रशासनको लापरवाहीले एयरपोर्टबाट कामदार फर्किए
520.   चितवनमा पीस वेवद्धारा खानेपानी र शौचालयको शिलान्यास
521.   जब श्रमराज्य मन्त्री गुरुङ श्रमग्राम पुगे (फोटोफिचर)
522.   वैदेशिक रोजगारीको नाममा मानव तस्कर गर्ने ८ जना नेपालीविरुद्ध रेडकर्नर नोटिस
523.   धादिङको खार्साका भूकम्पपीडितलाई राहत
524.   सामाजिक कार्यमा पिस वेव नेपालको अभियान
525.   सरकार–व्यवसायी सहमति धोका भन्दै व्यवसायी भेला
Results 726: You are at page 21 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media