सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २८ गते ०१:३४

 
यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ ।
 
 
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहर मध्ये ३३ नेपाली थिए ।
 
मालदिभ्स र चीनका एकरएकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।
 
चालक दलका ४ सदस्य थिए ।
 
२२ नेपालीको मृत्यु, ११ घाइते
 
गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशी नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
 
चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।
 
घाइतेमध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।
 
नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।
 
घाइते नेपाली नागरिक
 
केशव पाण्डे( मेडिसिटी अस्पताल नख्खु
 
दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी
 
दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा
 
किशोर त्रिपाठी, ग्राण्डी अस्पताल
 
हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल
 
विनोद पौडेल, ग्राण्डी अस्पताल
 
वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली
 
आशिष रञ्जित नर्भिक
 
सनम शाक्य, नर्भिक
 
प्रिन्सी धामी,  केएमसी
 
सबिना व्यञ्जनकार, केएमसी

कसको अवस्था के छ ?
 
विमानबाट उद्धार गरिएका मध्ये सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा करिब एक दर्जनको उपचार गरिँदैछ । त्यहाँ रहेका बिरामीहरुमा इमराना कबिर, पिञ्ची धामी र समिना व्यञ्जनजकारलाई आइसीयूमा राखिएको छ ।
 
त्यसैगरी केएमसीमै उपचार गरिरहेका अन्य घाइतेहरुमा कबिर हुसैन, रसिद हसन, महन्दी हसन, रिजना अब्दुल्लाह र डाक्टर इर्जना छन् ।
 
त्यसैगरी केएमसीमै धीरेहन्द्रसिंह पूजना, स्वराना, सहरीन अहमद र एमडी सहिनको उपचार भइरहेको छ ।
 
केएमसी पुर्‍याइएका मध्ये ४ जनालाई अन्य अस्पतालमा भनाए गरिएको छ । किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको छ भने केशव पाण्डेलाई मेडिसीटी अस्पतालमा रिफर गरिएको छ । ग्राण्डी अस्पतालका चक्रराज पाण्डेले चार जनाको उपचार भइरहेको बताए ।
 

  



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
476.   पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबश भव्यरुपमा सम्पन्न (फोटोफिचरसहित)
477.   श्रम सम्झौतालाई तीब्रता दिन्छौ : मन्त्री बोहरा
478.   संचारकर्मी खडकालाई वैदेशिक रोजगार पत्रकार समाजको सहयोग
479.   विश्वका भ्रमणयोग्य मुलुकको सूचीमा नेपाल पहिलो
480.   राजदूत नियुक्त गर्न पहल शुरु
481.   भुकम्पले क्षतिग्रस्त विद्यालय पुननिर्माणका सहयोगी हातहरु सम्मानित
482.   शुक्रवारदेखि लोडसेडिङ बढ्यो (तालिकासहित)
483.   श्रम तथा रोजगार मन्त्रीमा बोहोरा
484.   साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार हुन सकेन
485.   काठमाडौंमा महंगी बढ्यो
486.   भारतीयलाई नेपालीको सहयोग
487.   साउदी अरबले एक करोड लिटर इन्धन नेपाललाई दिने
488.   डान्सबारमा काम गर्न हिडेका १ सय ७८ लाई तातोपानी नाकाबाट फर्काइयो
489.   क्यान्सर रोगी थापालाई हङकङका नेपालीको सहयोग
490.   लाइसेन्स मात्र होइन ब्लु–बुकलाई पनि स्मार्ट कार्डमा रुपान्तरण गरिने
491.   प्रवासी श्रमिकका समस्याप्रति साउदी अरबमा चिन्ता
492.   ‘बाँच्न र पढ्न देऊ’ भन्दै चक्रपथमा मानव साङ्लो
493.   युएईको एनएमसी ग्रुपद्वारा ५ करोडको औषधि हस्तान्तरण
494.   सेयर मिशन अमेरिकामार्फत काभ्रेको स्कुललाई आर्थिक सहयोग
495.   सरकारले दाउरा बेच्न सुरु गर्‍यो
496.   नाकाबन्दी खुलाउन सरकारलाई निर्देशन
497.   न्यूयोर्क यूनिभर्सिटीका ५० चिकित्सकको निःशुल्क दन्त शिविर सम्पन्न
498.   रोटरी क्लब अफ राजधानी १४ औं वर्षमा
499.   राष्ट्रसंघ कार्यालय अगाडि भारतीय नाकाबन्दीविरुद्ध प्रर्दशन
500.   योजना आयोगको उपाध्यक्षमा खतिवडा
Results 726: You are at page 20 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media