सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २८ गते ०१:३४

 
यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ ।
 
 
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहर मध्ये ३३ नेपाली थिए ।
 
मालदिभ्स र चीनका एकरएकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।
 
चालक दलका ४ सदस्य थिए ।
 
२२ नेपालीको मृत्यु, ११ घाइते
 
गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशी नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
 
चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।
 
घाइतेमध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।
 
नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।
 
घाइते नेपाली नागरिक
 
केशव पाण्डे( मेडिसिटी अस्पताल नख्खु
 
दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी
 
दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा
 
किशोर त्रिपाठी, ग्राण्डी अस्पताल
 
हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल
 
विनोद पौडेल, ग्राण्डी अस्पताल
 
वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली
 
आशिष रञ्जित नर्भिक
 
सनम शाक्य, नर्भिक
 
प्रिन्सी धामी,  केएमसी
 
सबिना व्यञ्जनकार, केएमसी

कसको अवस्था के छ ?
 
विमानबाट उद्धार गरिएका मध्ये सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा करिब एक दर्जनको उपचार गरिँदैछ । त्यहाँ रहेका बिरामीहरुमा इमराना कबिर, पिञ्ची धामी र समिना व्यञ्जनजकारलाई आइसीयूमा राखिएको छ ।
 
त्यसैगरी केएमसीमै उपचार गरिरहेका अन्य घाइतेहरुमा कबिर हुसैन, रसिद हसन, महन्दी हसन, रिजना अब्दुल्लाह र डाक्टर इर्जना छन् ।
 
त्यसैगरी केएमसीमै धीरेहन्द्रसिंह पूजना, स्वराना, सहरीन अहमद र एमडी सहिनको उपचार भइरहेको छ ।
 
केएमसी पुर्‍याइएका मध्ये ४ जनालाई अन्य अस्पतालमा भनाए गरिएको छ । किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको छ भने केशव पाण्डेलाई मेडिसीटी अस्पतालमा रिफर गरिएको छ । ग्राण्डी अस्पतालका चक्रराज पाण्डेले चार जनाको उपचार भइरहेको बताए ।
 

  



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
451.   काठमाडौमा भिषण हावाहुरी, ५ घाइते
452.   नेपाली पासपोर्टबाहक ९८ औं स्थानमा
453.   चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री
454.   चीनसँग महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
455.   मेलम्चीको माझी गाउँ 'नमूना गाउँ' बन्यो
456.   विश्वको प्रदुषित शहरमा काठमाडौं तेस्रो तर एसियाका पहिलो
457.   डेनमार्कका जनता सबैभन्दा खुशी, नेपाली १०७ औं
458.   लैंगिक उत्तरदायी मिडिया अवार्ड राई र पौडेललाई
459.   भोकमरी अन्त्यको घोषणा
460.   एमाओवादी सा‌ंसद ल्हारक्याल लामा गोलीसहित पक्राउ
461.   नेपालमा अन्तर्राष्ट्रियस्तरको रेस्लिङ प्रतियोगिता हुदै
462.   कांग्रेस महाधिवेशनमा युवा र रोजगारीका कुरा
463.   काष्ठमण्डप एयरलाइन्सको विमान दुर्घटना, दुबै पाइलटको ज्यान गयो, ९ यात्रु घाइते
464.   ८३ स्वास्थ्य संस्थाको नविकरण मन्त्रीस्तरीय निर्णयबाट पारित
465.   तारा एयरको जहाज म्याग्दीमा दुर्घटनाग्रस्थ
466.   लोछारको उपलक्ष्यमा तिन दिने तामाङ ज्ञान महोत्सव प्रारम्भ
467.   प्रभा एल्मुनाईको छात्रवृत्ति र सम्मान
468.   जाली पासपोर्टको जालो खोतल्दै अध्यागमन
469.   भ्रष्टाचार सूचकांकमा नेपाल चार स्थान तल
470.   गोरखाको आरु पोखरीमा न्यानो कपडा वितरण
471.   अख्तियारले इन्धन वितरण पारदर्शी बनाउन निर्देशन
472.   अमेरिका जाँदै गरेका २० नेपाली विद्यार्थी फर्काइए
473.   ११ बर्षपछि कै तेलको मूल्यमा गिरावट
474.   नाटा निर्वाचनमा धाख्वा समूहको उम्मेदवारी घोषणा (प्रतिवद्धतासहित)
475.   पुनर्निर्माण प्राधिकरणको तीन महिने कार्ययोजना
Results 726: You are at page 19 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media