सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २८ गते ०१:३४

 
यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ ।
 
 
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहर मध्ये ३३ नेपाली थिए ।
 
मालदिभ्स र चीनका एकरएकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।
 
चालक दलका ४ सदस्य थिए ।
 
२२ नेपालीको मृत्यु, ११ घाइते
 
गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशी नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
 
चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।
 
घाइतेमध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।
 
नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।
 
घाइते नेपाली नागरिक
 
केशव पाण्डे( मेडिसिटी अस्पताल नख्खु
 
दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी
 
दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा
 
किशोर त्रिपाठी, ग्राण्डी अस्पताल
 
हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल
 
विनोद पौडेल, ग्राण्डी अस्पताल
 
वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली
 
आशिष रञ्जित नर्भिक
 
सनम शाक्य, नर्भिक
 
प्रिन्सी धामी,  केएमसी
 
सबिना व्यञ्जनकार, केएमसी

कसको अवस्था के छ ?
 
विमानबाट उद्धार गरिएका मध्ये सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा करिब एक दर्जनको उपचार गरिँदैछ । त्यहाँ रहेका बिरामीहरुमा इमराना कबिर, पिञ्ची धामी र समिना व्यञ्जनजकारलाई आइसीयूमा राखिएको छ ।
 
त्यसैगरी केएमसीमै उपचार गरिरहेका अन्य घाइतेहरुमा कबिर हुसैन, रसिद हसन, महन्दी हसन, रिजना अब्दुल्लाह र डाक्टर इर्जना छन् ।
 
त्यसैगरी केएमसीमै धीरेहन्द्रसिंह पूजना, स्वराना, सहरीन अहमद र एमडी सहिनको उपचार भइरहेको छ ।
 
केएमसी पुर्‍याइएका मध्ये ४ जनालाई अन्य अस्पतालमा भनाए गरिएको छ । किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको छ भने केशव पाण्डेलाई मेडिसीटी अस्पतालमा रिफर गरिएको छ । ग्राण्डी अस्पतालका चक्रराज पाण्डेले चार जनाको उपचार भइरहेको बताए ।
 

  



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
401.   मानव तस्करमा पूर्व सांसद
402.   कुलेश्वर पोलिक्लिनिकको निःशुल्क मधुमेह परीक्षण र रक्तदान कार्यक्रम सम्पन्न
403.   युवती बेच्न खोज्नेलाई १० वर्ष कैद र ५० हजार जरिवाना
404.   राजदूतको सिफारिस फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
405.   राजनैतिक भागबण्डाका राजदूत सिफारिस फिर्ता
406.   रोटरी क्लव अफ राजधानीद्धारा वृक्षारोपण
407.   भुईंचालोले घर भत्कियो, तर मन भत्किन दिएनन् कोइराला दम्पतीले ।
408.   गभर्नरद्धारा मौद्रिक नीति सार्बजनिक
409.   डा. केसीले आठौं पटक अनसन थाले
410.   राहदानी वितरणमा नयाँ आयाम, अब दश मिनेटमै राहदानी
411.   विमानस्थलमै डलर तस्करीमा
412.   त्रिभुवन विमानस्थलमा फेसबुक र युट्युब प्रतिवन्धित
413.   धुर्मुसको हातमा हाराबारा
414.   नेशनल टेक्नोलोजिकल फेस्टिभल २०१६ हुँदै
415.   अफगानिस्तानमा मारिएका १३ नेपालीका परिवारलाई सरकारले १० लाख दिने
416.   काबुलमा नेपाली सवार बसमा आत्मघाती आक्रमण, १४ जनाको मृत्यु
417.   एमआरपी अब एक दिनमै, शुल्क १५ हजार लाग्ने
418.   एसएलसीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
419.   गिरानचौर एकिकृत वस्ती निर्माणमा लायन्स क्लब अफ टेम्पलद्धारा सहयोग
420.   कृषियोग्य जमिन बाँझो राख्न नपाइने
421.   अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धनको तयारी
422.   खाडीका अस्पतालमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन संसदीय समितिको निर्देशन
423.   अध्यागमन विभागले मेसिन रिडेबल भिसा जारी गर्दै
424.   ग्रिनसिटी अस्पतालले एनआरएनको लगानी ल्यायो
425.   नेपालमा प्रत्येक वर्ष धूम्रपानका कारण पन्ध्र हजारको मृत्यु
Results 726: You are at page 17 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media