सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २८ गते ०१:३४

 
यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ ।
 
 
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहर मध्ये ३३ नेपाली थिए ।
 
मालदिभ्स र चीनका एकरएकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।
 
चालक दलका ४ सदस्य थिए ।
 
२२ नेपालीको मृत्यु, ११ घाइते
 
गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशी नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
 
चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।
 
घाइतेमध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।
 
नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।
 
घाइते नेपाली नागरिक
 
केशव पाण्डे( मेडिसिटी अस्पताल नख्खु
 
दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी
 
दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा
 
किशोर त्रिपाठी, ग्राण्डी अस्पताल
 
हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल
 
विनोद पौडेल, ग्राण्डी अस्पताल
 
वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली
 
आशिष रञ्जित नर्भिक
 
सनम शाक्य, नर्भिक
 
प्रिन्सी धामी,  केएमसी
 
सबिना व्यञ्जनकार, केएमसी

कसको अवस्था के छ ?
 
विमानबाट उद्धार गरिएका मध्ये सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा करिब एक दर्जनको उपचार गरिँदैछ । त्यहाँ रहेका बिरामीहरुमा इमराना कबिर, पिञ्ची धामी र समिना व्यञ्जनजकारलाई आइसीयूमा राखिएको छ ।
 
त्यसैगरी केएमसीमै उपचार गरिरहेका अन्य घाइतेहरुमा कबिर हुसैन, रसिद हसन, महन्दी हसन, रिजना अब्दुल्लाह र डाक्टर इर्जना छन् ।
 
त्यसैगरी केएमसीमै धीरेहन्द्रसिंह पूजना, स्वराना, सहरीन अहमद र एमडी सहिनको उपचार भइरहेको छ ।
 
केएमसी पुर्‍याइएका मध्ये ४ जनालाई अन्य अस्पतालमा भनाए गरिएको छ । किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको छ भने केशव पाण्डेलाई मेडिसीटी अस्पतालमा रिफर गरिएको छ । ग्राण्डी अस्पतालका चक्रराज पाण्डेले चार जनाको उपचार भइरहेको बताए ।
 

  



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
351.   औंठाछापबाटै बालमनोविज्ञान पहिचान
352.   त्रिभुवन विमानस्थल संसारकै १० औ खराब, सिंगापुर विमानस्थल सबैभन्दा उत्कृष्ट
353.   अमेरिका पठाउने दालाल प्रहरीको फन्दामा
354.   अमेरिकाको ४५ औ राष्ट्रपतीमा ट्रम्प, नेपालीलाई के फरक पर्ला ?
355.   राष्ट्रपतीय निर्वाचनबारे के भन्छन् अमेरिकाका नेपाली?
356.   नेपाल लाईब्रेरी फाउण्डेशनको अध्यक्षमा कपिलदेव थापा
357.   उपत्यकाका तीन जिल्लालाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्ने तयारी
358.   नेपाली चेलीको तस्बीर सामाजिक सञ्जालमा भाइरल
359.   भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंमा
360.   राष्ट्रपतिद्धारा गिरानचौर नमुना बस्ती हस्तान्तरण
361.   नेपालीलाई मृत्युदण्ड नदिन प्रधानमन्त्री दाहालको आग्रह
362.   अमेरिकाले नेपालीहरुका लागि टिपीएस सुबिधा बढायो
363.   घुम्नैपर्ने उत्कृष्ट देशको सुचिमा नेपाल पाँचौं
364.   इजिप्टको राजदूतमा अर्याल नियुक्त
365.   त्रिभुवन विमानस्थल विश्वकै सबभन्दा खराब दश विमानस्थलको सूचीमा
366.   उत्पत्तिको प्रमाणपत्र अब सरकार आफैंले जारी गर्ने
367.   धेरै यात्रु बोक्नेमा नेपाल बायु सेवा निगम दोस्रो
368.   कुन मुलुकको पासपोर्ट कति शक्तिशाली ?, नेपाल ८७ औं स्थानमा
369.   दसैँले छोएन भुटानी शरणार्थी शिविरमा
370.   दशैं लगत्तै अरुण कावेली पावरको आइपिओ, ३० करोडको सेयर निस्कासन हुने, १५००० कित्ता सम्म आवेदन
371.   मलेसियाको भिसा शुल्क सनराइज बैंकले बुझ्ने, बैंकका सबै शाखाबाट इभिसा र शुल्क बुझ्ने व्यवस्था
372.   मनराम–एसकाज पत्रकारिता पुरस्कार विष्टलाई प्रदान
373.   अमेरिकाको डिभी आजबाट खुल्दै
374.   अध्यागमन विभागबाट विदेशीलाई भिषा दिदा अनियमिता
375.   नेपालको सहयोगमा जापान सदैव तत्पर : जापानी विदेशीमन्त्री
Results 726: You are at page 15 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media