सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २८ गते ०१:३४

 
यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ ।
 
 
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहर मध्ये ३३ नेपाली थिए ।
 
मालदिभ्स र चीनका एकरएकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।
 
चालक दलका ४ सदस्य थिए ।
 
२२ नेपालीको मृत्यु, ११ घाइते
 
गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशी नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
 
चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।
 
घाइतेमध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।
 
नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।
 
घाइते नेपाली नागरिक
 
केशव पाण्डे( मेडिसिटी अस्पताल नख्खु
 
दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी
 
दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा
 
किशोर त्रिपाठी, ग्राण्डी अस्पताल
 
हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल
 
विनोद पौडेल, ग्राण्डी अस्पताल
 
वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली
 
आशिष रञ्जित नर्भिक
 
सनम शाक्य, नर्भिक
 
प्रिन्सी धामी,  केएमसी
 
सबिना व्यञ्जनकार, केएमसी

कसको अवस्था के छ ?
 
विमानबाट उद्धार गरिएका मध्ये सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा करिब एक दर्जनको उपचार गरिँदैछ । त्यहाँ रहेका बिरामीहरुमा इमराना कबिर, पिञ्ची धामी र समिना व्यञ्जनजकारलाई आइसीयूमा राखिएको छ ।
 
त्यसैगरी केएमसीमै उपचार गरिरहेका अन्य घाइतेहरुमा कबिर हुसैन, रसिद हसन, महन्दी हसन, रिजना अब्दुल्लाह र डाक्टर इर्जना छन् ।
 
त्यसैगरी केएमसीमै धीरेहन्द्रसिंह पूजना, स्वराना, सहरीन अहमद र एमडी सहिनको उपचार भइरहेको छ ।
 
केएमसी पुर्‍याइएका मध्ये ४ जनालाई अन्य अस्पतालमा भनाए गरिएको छ । किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको छ भने केशव पाण्डेलाई मेडिसीटी अस्पतालमा रिफर गरिएको छ । ग्राण्डी अस्पतालका चक्रराज पाण्डेले चार जनाको उपचार भइरहेको बताए ।
 

  



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
251.   आउने भए निगमका २ वाइड बडी जहाज, भयो खरिद सम्झौता
252.   भूकम्पपीडितलाई जेठ दोस्रो सातादेखि ट्याक्सी
253.   २०७५ वैशाख १५ सम्म देशभरिका सबै केवल टेलिभिजनलाई डिजिटल बनाइने
254.   अब खाडी मुलुक घुम्न जान नपाइने, टुरिस्ट भिसा रोक्न निर्देशन
255.   मानव तस्करीमा संलग्नको प्रमाण देखाए राजिनामा दिन्छुः परराष्ट्रमन्त्री
256.   घोराही उप–महानगरपालिकाको मेयरमा कांग्रेसबाट किरणकिशोर घिमिरे बलियो दावेदार
257.   २४५ फिट अग्लो धरहरा बनाउन दुई अर्ब ८० करोड रुपैयाँ लागत
258.   उपत्यकामा आज घोडेजात्रा मनाइँदै
259.   रगत ... म पनि दिन्छु !
260.   ट्रम्प प्रशासनको नयाँ आदेश : अझै कठिन हुनेछ अमेरिकी भिसा पाउने प्रक्रिया
261.   बोनम्यारो पीडित कल्पनालाई गन्तव्य नेपाल साउदीको सहयोग
262.   सरकारद्धारा १२ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
263.   राहदानी लिएका यी महिलाहरु कहाँ गए ?
264.   मृतक कामदारको पैसा खाएको आरोपमा पूर्वराजदूत अन्सारीलाई जेल सजाय
265.   नेपाली टुरिस्ट गाइडलाई अमेरिकी अवार्ड
266.   निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक
267.   पुनर्निर्माणमा सक्दो सहयोग गर्न तयार छौं : विश्व बैंक
268.   चेपाङ समुदायको स्थलगत अवस्था बुझ्दै चितवन युवा समुह
269.   आज अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
270.   छोराले रेस्लिङ्ग जित्दा आमा रिङमा
271.   दुबई एयरपोर्टमा डोरीले बाँधेको लगेज प्रतिबन्धित
272.   लिस्नर्स क्लबले पर्यवेक्षण प्रतिवेदन बुझायो
273.   १२ मुलुकमा सिफारिस राजदूतको सुनुवाइका लागि सूचना प्रकाशित गरिने, लामाको नाम हटाइयो
274.   मलेसियाबाट नेपालसम्म रेलको प्रस्ताव
275.   नेपाल स्काउटको विवाद कायमै, पुनर्गठनमा सरोकारित निकाय मौन
Results 726: You are at page 11 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media