सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २८ गते ०१:३४

 
यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ ।
 
 
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहर मध्ये ३३ नेपाली थिए ।
 
मालदिभ्स र चीनका एकरएकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।
 
चालक दलका ४ सदस्य थिए ।
 
२२ नेपालीको मृत्यु, ११ घाइते
 
गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशी नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
 
चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।
 
घाइतेमध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।
 
नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।
 
घाइते नेपाली नागरिक
 
केशव पाण्डे( मेडिसिटी अस्पताल नख्खु
 
दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी
 
दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा
 
किशोर त्रिपाठी, ग्राण्डी अस्पताल
 
हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल
 
विनोद पौडेल, ग्राण्डी अस्पताल
 
वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली
 
आशिष रञ्जित नर्भिक
 
सनम शाक्य, नर्भिक
 
प्रिन्सी धामी,  केएमसी
 
सबिना व्यञ्जनकार, केएमसी

कसको अवस्था के छ ?
 
विमानबाट उद्धार गरिएका मध्ये सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा करिब एक दर्जनको उपचार गरिँदैछ । त्यहाँ रहेका बिरामीहरुमा इमराना कबिर, पिञ्ची धामी र समिना व्यञ्जनजकारलाई आइसीयूमा राखिएको छ ।
 
त्यसैगरी केएमसीमै उपचार गरिरहेका अन्य घाइतेहरुमा कबिर हुसैन, रसिद हसन, महन्दी हसन, रिजना अब्दुल्लाह र डाक्टर इर्जना छन् ।
 
त्यसैगरी केएमसीमै धीरेहन्द्रसिंह पूजना, स्वराना, सहरीन अहमद र एमडी सहिनको उपचार भइरहेको छ ।
 
केएमसी पुर्‍याइएका मध्ये ४ जनालाई अन्य अस्पतालमा भनाए गरिएको छ । किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको छ भने केशव पाण्डेलाई मेडिसीटी अस्पतालमा रिफर गरिएको छ । ग्राण्डी अस्पतालका चक्रराज पाण्डेले चार जनाको उपचार भइरहेको बताए ।
 

  



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
226.   संघको अध्यक्षमा प्रगतिशिल मञ्चले गुरुङलाई अघि सार्दै
227.   ‘इमान नभएका वाग्लेका बारेमा प्रश्न गरेर आफ्नो समय बर्बाद नगर्नुस्’
228.   उपत्यकाका चारै दिशामा चार नयाँ सहर बन्ने
229.   गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच संझौता
230.   वैशाख २५ देखि ३१ सम्म विद्यालय बिदा
231.   दीप बस्न्यात अख्तियारको प्रमुख आयुक्तमा सिफारिस
232.   स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता धमाधम
233.   ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’
234.   प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता
235.   काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने
236.   शर्मिला पराजुली ओमानका लागि नेपाली राजदूतमा नियुक्त
237.   हिमालय एअरलाइन्सले काठमाडौं-दुबई सिधा उडान सुरु गर्‍यो
238.   नेपाल स्काउटमा आन्दोलनको घोषणा
239.   भुकम्प गएको दुइ बर्ष पुग्यो, अनुदानबाट एक घर पनि बनेन
240.   कामदारबाट उठाएको अर्बौं रकम ६ वर्षदेखि थन्कियो
241.   अष्ट्रेलिया जाने विद्यार्थीले अब जुनसुकै बाणिज्य बैंकबाट ऋण लिन सक्ने
242.   अमेरिकाको सियाटलमा नेपाली वाणिज्य दूतावास स्थापना हुने
243.   कतारका लागि कोइराला र इजरायलका लागि थापा नेपाली राजदूतमा नियुक्त
244.   महिला नेतृहरु पनि के कम ? बलेफि गाँउपालीकामा गीता नेपालको दावेदारी
245.   डलर कमजोर हुँदा नेपाली रुपैयाँ बलियो
246.   मुसहर समूदायलाई धुर्मुस-सुन्तलीको उपहार, एकीकृत नमुना बस्ती हस्तान्तरण
247.   उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य
248.   वैदेशिक रोजगारीमा गएका नेपालीलाई मताधिकार दिन विवेकशीलको माग
249.   ९३ हजार अमेरिकी डलरसहित नेपाल एयरलाइन्सका क्याप्टेन पक्राउ
250.   बचत गराउन मेगाको ‘नानीमा लागेको बानी’ मा पारस र प्रियंका
Results 726: You are at page 10 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media