मंगलवार, जेष्ठ ०८ गते, २०७५
मेनपावर कम्पनीविरुद्ध ५ सय ८६ व्यक्तिगत ६ सय २८ उजुरी
सोमवार, २०७४ फाल्गुन २७ गते ०२:२५

वैदेशिक रोजगार विभागमा पछिल्लो सात महिना (माघसम्म)को अवधिमा ५८ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको छ । विभागमा परेको उजुरी हेर्दा संस्थागत (मेनपावर) भन्दा व्यक्तिगत ठगी धेरै पाइएको छ । 
 
माघ मसान्त महिनासम्म विभिन्न मेनपावर कम्पनीविरुद्ध ५ सय ८६ वटा उजुरी विभागमा परेका छन् भने व्यक्तिगत ६ सय २८ परेको विभागले जनाएको छ । यो तथ्यांकले नेपालमा युवाहरुको बिक्री गरेर ठगीधन्दा चलाउनेहरुको गुणात्मक वृद्धिलाई स्पष्ट पार्छ । विभागलाई संस्थागत ठगीको उजुरीलाई कारवाही गर्न सहज हुने भएता पनि व्यक्तिगत उजुरी माथि असुलउपर गराउन धेरै असहज हुने गरेको वैदेशिक रोजगार विभागका प्रवत्ता मोहन अधिकारीको भनाई छ । 
 
विभागमा ठगीका १२ सय १४ वटा उजुरी दर्ता हुँदा पीडित युवाले आफूसँग ५७ करोड ९४ लाख रुपैयाँ ठगिएको दाबी गरेका छन् । 
गत आर्थिक वर्षमा पनि विभागमा २ हजार ३ सय ८३ वटा उजुरी दर्ता भएका थिए । पीडितले ७५ करोड ७८ लाख बिगो दावी गरेपनि विभागले १५ करोड ९४ लाख रुपैयाँ मात्रै फिर्ता गराएको थियो । वैदेशिक रोजगार विभागमा पछिल्लो ७ महिनामा परेका उजुरीहरुको सूचीमा ६२८ जना दलालविरुद्ध ठगीको उजुरी परेको देखिन्छ । उनीहरुसँग पीडित कामदारले ४२ करोड ३८ लाख रुपैयाँ बिगो असुल उपर गरिदिन विभागसँग पीडितले माग गरेका छन् । 
 
त्यसैगरी माघ महिनासम्म विभिन्न म्यानपावर कम्पनीविरुद्ध ५८६ वटा उजुरी विभागमा परेका छन् । पीडित युवाले म्यानपावरसँग १५ करोड ५५ लाख रुपैयाँ उठाइदिन माग गर्दै उजुरी दिएका छन् । 
विभागले यसबीचमा म्यानपावरविरुद्धको एउटै मुद्धा वैदेशिक रोजगार न्यायधीकरणमा दर्ता गरेको छैन भने दलालहरुविरुद्ध भने १४३ वटा मुद्दा दर्ता भएका छन् ।
 
धेरैजसो विदेशबाट फर्किएका युवाले विभागमा ठगिएको भन्दै उजुरी दिने गरेको प्रवक्ता अधिकारी बताउँछन् । तत्काल न्यायको आशा नै नहुने अवस्थामा मुद्धा मामिलामा थप रकम खर्च हुने भन्दै उनीहरु पीडितहरु चुप बस्ने पनि गरेका छन् । 
बिगत तीनवर्षदेखि विभागले ठगी गर्ने म्यानपावरविद्ध एउटा पनि मुद्धा न्यायाधीकरणमा दर्ता गरेको छैन । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई रोजगादाताले नै निःशुल्क भिसा र टिकेटको नीति लिएको छ । तर, म्यानपावर ब्यवसायीले यसलाई पालना नगरिदिँदा ठगीको समस्या झनै मौलाएको पनि छ ।

भिडियो रिपोर्टसहित



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
2.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
3.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
4.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
5.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
6.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
7.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
8.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
9.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
10.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
11.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
12.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
13.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
14.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
15.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
16.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
17.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
18.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
19.   कतारले कामदारको क्षतिपूर्ति दिने
20.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
21.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
22.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
23.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
24.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
25.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
Results 555: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media