मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७४ फाल्गुन २३ गते ००:२३

ओमनमा दुःख पाएका ११ जना नेपालीहरुलाई उद्धार गरी नेपाली दूतावासले नेपाल फर्काएको छ । अनेस्टि ओभरसिज प्रालिबाट ओमनको सोहारस्थित मुवाराद वादी हबी मोर्डन ट्रेडमा स्काफोल्डिङ पदका लागि गएका २० जना मध्ये ११ जनालाई नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको हो ।
 
करार सम्झाता बमोजिमको सुविधा नपाएको कारणबाट दुःख पाएर उनीहरुले दूतावाससँग नेपाल फर्काइदिन आग्रह गरेका थिए । उनीहरु काम गर्ने भनिएको कम्पनीबाट करिब १६५ किलोमिटर टाढा बर्का भन्ने स्थानमा अलपत्र अवस्थामा रहेको थाहा पाएपछि दूतावासले उद्धार गरेको हो ।
 
समस्यामा परेका बाँकी ९ जना कामदारहरुको समस्या समाधान एवंम स्वदेश फिर्ताका लागि पनि दूतावासले प्रयास जारी राखेको जनाएको छ । पीडित नेपाली कामदारहरुलाई ओमनस्थित नेपाली समुदायले खान र बस्नको व्यवस्था गरेका थिए ।
 
साथै सम्बन्धित कम्पनीहरूलार्इ समेत कानून बमोजिम कारवाहीका लागि सम्वन्धित निकायहरूमा सिफारिस गरी पठाइएको दूतावासले जनाएको छ ।
 
यसरी उद्धार गरिएर स्वदेश फर्किएकाहरु रविन्द्र कुमार चौधरी, बसन्त गिरी, रेशम कुवर, शेरबहादुर खत्री क्षेत्री, कुमार चौहान क्षेत्री, रत्नजंग राई, खीमबहादुर थापामगर, गोकर्ण त्रिपाठी, रामललित कुमार यादव, थके बुढा र यमबहादुर चौहान रहेका छन ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
2.   ‘बेलाको ब्राण्ड’ कतारको अन्तर्राष्ट्रिय प्रदर्शनीमा अब्बल बन्दै
3.   मलेसियाका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
4.   ६ बुदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय भेला सम्पन्न
5.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
6.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
7.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
8.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
9.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
10.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
11.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
12.   दुबईमा नेपाली ब्राण्डको पानी
13.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
14.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
15.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
16.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
17.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
18.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
19.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
20.   रसुवाली समाज यूएईको गठन
21.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
22.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
23.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
24.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
25.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
Results 391: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media