मंगलवार, जेष्ठ ०८ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २२ गते २२:०९

वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका रसुवालीहरु संगठित भएका छन् । रसुवालीहरुको भेलाले रामशरण पाण्डेको अध्यक्षतामा १५ सदस्सीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
 
समाजको उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा बिरमान थिङ्ग, सचिवमा बिनोद पौडेल, सह-सचिवमा कृष्ण राना, कोषाध्यक्षमा सुभद्रा अधिकारी, सह-कोषाध्यक्षमा तुलसी अधिकारी चयन भएका छन् । यस्तै अधिवेसनले धुर्बप्रसाद अगस्ती, भिम थिङ्ग, रामचन्द्र अधिकारी, भरत तामाङ्ग, सागर पौडेल र ठाकुर रैलालाई सदस्यमा नियुक्त गरेको छ ।
 
निर्वाचित सबै पदाधिकारीहरुहरुलाई सफल कार्यकालका लागि उपस्थित सर्वसाधारण रसुवालीहरुले बधाई तथा शुभकामना दिएका थिए ।
 
अधिवेशन लगत्तै बसेको कार्यसमितिको पहिलो बैठकले राजनप्रसाद अगस्तीलाई रसुवाली समाजको संरक्षक र बलराम न्यौपानेलाई समाजको प्रमुख सल्लाहकारमा चयन गरेको छ ।
 
यूएईलाई कर्मथलो बनाएका रसुवालीहरुवीच मित्रता, सहयोग र भाइचाराको सम्बन्ध कायम गर्ने उद्देश्यका साथ रसुवाली समाज यूएईको गठन भएको हो । यूएईमा रहेका सबै रसुवालीलाई एकताबद्ध गराउने प्रयास अनुरुप समाजको गठन भएको समाजका अध्यक्ष पाण्डेले बताएका छन् ।
 
अप्ठ्यारोमा परेका रसुवालीलाई सहयोग गर्ने, प्रवासमा रहेर पनि एकजुट हुदै रसुवालीहरुवीच भाइचाराको सम्बन्ध कायम राख्ने, बैदेसिक रोजगारीको सिलसिलामा यूएईमा रहेका सबै रसुवालीलार्इ विभिन्न माध्यामबाट एक ठाउँमा जोड्ने काम गर्न संगठित भएको अध्यक्ष पाण्डेले बताए ।
 
साथै यूएर्इमा रहेका रसुवालीको दुःख के कस्तो छ बुझ्ने सुन्ने र महसुस गर्दै समस्याको समाधान गर्ने, कुनै पनि बेला युएईमा कार्यरत रसुवालीलाई समस्या पर्दा डटेर समस्याको समाधान गर्न सघाउने, सामाजिक कार्यहरु गर्ने, साथै आपसी हित र सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ समाज गठन भएको उनले बताए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
2.   ‘बेलाको ब्राण्ड’ कतारको अन्तर्राष्ट्रिय प्रदर्शनीमा अब्बल बन्दै
3.   मलेसियाका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
4.   ६ बुदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय भेला सम्पन्न
5.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
6.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
7.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
8.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
9.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
10.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
11.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
12.   दुबईमा नेपाली ब्राण्डको पानी
13.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
14.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
15.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
16.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
17.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
18.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
19.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
20.   रसुवाली समाज यूएईको गठन
21.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
22.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
23.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
24.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
25.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
Results 391: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media