मंगलवार, जेष्ठ ०८ गते, २०७५
सोमवार, २०७४ फाल्गुन २० गते ००:२०

रोजगारीको सिलसिलामा कतारमा कार्यरत संखुवासभाबासीहरु एकीकृत हुँदै 'संखुवासभालीको पहिचान,बिश्व सामु चिनाउने हाम्रो अभियान ।' भन्ने मुल नाराका साथ संस्थाको पहिलो साधारणसभा तथा बृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम लोकबहादुर राईको सभापतित्वमा वक्रा स्थिति फेमिली पार्कमा सम्पन्न भएको थियो ।
 
उक्त प्रथम साधारणसभाबाट अध्यक्ष लोकबहादुर राईको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ । जस्मा प्रथम उपाध्यक्षमा खगेन्द्र कार्की,उपाध्यक्षमा द्रोण कार्की, महासचिवमा निरन नेपाल, सचिबमा शिव प्रसाद दाहाल, सचिबमा बिष्णु श्रेष्ठ, कोषध्याक्षमा पदम तामाङ, सह(कोषध्याक्षमा ज्ञानु राई यस्तै सदस्यहरुमा ऋषि ढकाल, शंकरमान राई,राम कुमार ठटाल, शिव खत्री, राजकुमार सुबेदि, युवराज कालाखेती, नबराज पौडेल चयन भएका छन् ।

 
एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजसेवी सागर नेपाल, संस्थाका प्रमुख सल्लाहकार नरेश श्रेष्ठ, पत्रकार नबराज बिकलगायतको विशेष उपस्थिति रहेको थियो । 
 
कार्यक्रममा बक्ताहरुले समाजले गरेका कार्यक्रमहरु प्रसंशा गर्दै सामाजिक रूपमा आगामी दिनहरूमा अझ बढी प्रगतिको कामनासहित देश तथा बिदेशमा नया आयम थप्न सकोस् भन्दै शुभकामना दिएका थिए ।

 
कार्यक्रममा अन्य उपस्थितमा जिल्ला संघ संस्थाहरुको तर्फबाट सुनसरी सिर्जनशील परिवारका उपाध्यक्ष प्रदिप राई, ओखलढुङ्गा सेवा समाजबाट अशोक तामाङ्ग, मोसुका प्रतिनिधि लिलानाथ घिमिरेकोसहित एनआरएनए एनसीसी कतारका सदस्यहरु अरुण केसी, रामकुमार मण्डल, नारायण बिष्ट, बुद्ध पाण्डे, नरेश प्रशाद जैशी, सस्थाका सल्लाहकारहरु प्रशुराम दहाल, मान बहादुर तामाङ, सुबर्ण कुबेर श्रेष्ठ, गणेश महत, खेमराज भट्टराई, केशरसिंह गुरुङ, गणेश लिम्बु लगायतको उपस्थित रहेको थियो ।
 
कार्यक्रममा संस्थामा महत्त्वपूर्ण योगदान दिएबापत समाजसेवी सागर नेपाललार्इ मानार्थ सदस्यसहित खादा तथा दोसल्लाद्वारा सम्मान गरिएको थियो भने संस्थाका प्रमुख सल्लाहकार नरेश श्रेष्ठ र समाजसेवी रामजी खत्रीलाई पनि सम्मान गरिएको थियो ।

 
स्वागत मन्तव्य सहित संखुवासभाको चिनारी खगेन्द्र कार्कीले प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन महासचिव द्रोण कार्कीले गरेका थिए साथै सो अवसरमा कलाकारहरुले गीत गजल तथा नृत्य लगायतका प्रस्तुति समेत दिएका थिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
2.   ‘बेलाको ब्राण्ड’ कतारको अन्तर्राष्ट्रिय प्रदर्शनीमा अब्बल बन्दै
3.   मलेसियाका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
4.   ६ बुदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय भेला सम्पन्न
5.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
6.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
7.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
8.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
9.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
10.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
11.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
12.   दुबईमा नेपाली ब्राण्डको पानी
13.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
14.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
15.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
16.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
17.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
18.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
19.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
20.   रसुवाली समाज यूएईको गठन
21.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
22.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
23.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
24.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
25.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
Results 391: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media