सोमवार, असार ११ गते, २०७५
आइतवार, २०७४ फाल्गुन २० गते २२:३५

 
बेथानचोक ओमविक्रम लामा रोजगारीका लागि विदेश जाने तयारीमा थिए ।
 
 
कक्षा १२ मा अध्ययन गर्दागर्दै भारतको गोवा पुगेर वेटर काम गरेका उनी १२ बैशाख २०७२ को भूकम्पपछि नेपाल आएका थिए । घर बनाउने लगायतका काम गरेपछि गोवा होइन, विदेश जाने सोच बनाए । दुबईमा रहेका नातेदारसँग उनले विदेश जाने योजना सुनाएका थिए ।
 
तर, विदेशमा रहेका नातेदारले आफूलाई पनि राम्रो जागिर छ भन्दै आउन प्रेम लामाले प्रस्ताव गरेको सुनाए । ओमलाई लाग्यो, नेपालमै बसेर काम गर्ने र राम्रो तलब पाइने भए किन विदेश जानू रु
 
रौतहटका प्रेमसँग पटक-पटक भेट भयो । उनले भारतको विहारस्थित मोतिहारी जिल्लाको ‘आइकोनिक ट्रेड मार्ट कम्पनी’ले वीरगञ्जमा अफिस राखेर विभिन्न पदमा जागिर दिन लागेको सुनाए ।
 
मासिक ४० हजार भारु तलब आउने, दुई महिनापछि दोब्बर हुने तर, सुरुमा केही पैसा बुझाउनु पर्ने बताए । ओमले विदेशमा भएका साथीभाइसँग ऋण लिए र ३१ साउनमा प्रेमसँग वीरगञ्ज लागे ।
 
त्यो दिन उनलाई प्रेमले ‘वीरगञ्जमा होस्टल खाली रहेनछ, १५ मिनेट पारी जाउँ’ भन्दै भारत प्रवेश गराए । उनी भन्छन्, ‘१५ मिनेट भन्दै ३ घन्टा पर लग्यो र एउटा होस्टलमा पुर्‍यायो ।’
 
त्यहाँ उनीसँगै थुप्रै युवाहरुले केही दिन कक्षा लिए । ओमले ‘प्रोडक्टमा लगानी’ भन्दै २ लाख ४ हजार ८०० रुपैयाँ बुझाए ।
 
होस्टल शुल्क भनेर १५ हजार लिइएको थियो ।
 
तालिम लिएपछि उनी घर फर्किए । जब महिना मर्‍यो, तलब बुझ्न जाँदा उनी छाँगाबाट खसे झै भए । ओम भन्छन्, ‘तिमीले अरु मान्छे ल्याएका छैनौं, ल्याएको भए तलब पाउँथ्यौं भन्न थाले ।’
 
त्यसपछि उनलाई लाग्न थाल्यो यो कम्पनीको भर छैन तर, २ लाख बढी रकम पनि फसिसकेको थियो । उनको नागरिकता पनि कम्पनीसँगै थियो, जुन अहिलेसम्म फिर्ता पाएका छैनन् ।
 
उनी मात्र होइन, खानिखोला गाउँपालिकाका राजेन्द्र थोकरले पनि शिक्षकको अस्थायी छाडेर यो कम्पनीमा पुगेका थिए । २ लाख ८ हजार रुपैया रकम बुझाएका उनी पनि ओम जस्तै ठगिएका छन् ।
 
 
 
ओम, राजेन्द्रसहित २७ जना युवाले शनिबार पत्रकार सम्मेलन गरेर आफूहरु ठगिएको बताएका छन् ।
 
‘हामीलाई वीरगञ्जबाट फोन नै नलाग्ने स्थानमा लगियो, अनि मोवाइल र पैसा जर्वजस्ती खोसियो’ पत्रकार सम्मेलनमा उपस्थित विवेक वाइबाले भने, ‘जागिर भनेर लगेर बन्दक बनायो ।’
 
उनीहरुका अनुसार करिव ४ सय ठगिएका छन् ।
 
पीडितहरुका अनुसार खानीखोलाका प्रेम लामा, अमित तिमल्सिना, बाराका उदयराज पाण्डे, सञ्जय रेश्मी मगर, हेलन रेश्मी भनिने तारा थापा मगर, राजु लामा र धादिङकी लिलामाया मोक्तान लगायतको समूहले नेटवर्क बनाएर ठगी धन्दा चलाएका छन् । रोजगार दिने नाममा युवाहरुबाट लाखौं रकम असुल्ने समुहका प्रेम लामा पक्राउ परेका छन् भने अरु फरार छन् ।
 
टुरिस्ट गाइड, कम्प्युटर अपरेटर, वेटर, कुकको जागिर दिने प्रलोभन देखाएर मानिस जम्मा पर्ने र रकम लिएर ठगी गर्ने यो समूहको धन्दा हो । उनीहरुले हरेकबाट २ लाख ८ हजार असुलेका छन् ।
 
ठगीमा संलग्नहरुको खोजी भइरहेको काभ्रे प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले बताए ।
अनलाइन खबरबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   समाजसेवी राजा घलेलाई कतारमा विशेष सम्मान
2.   यूएईले अवैध आप्रवासीलाई दियो तीन महिने आममाफी
3.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
4.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
5.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
6.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
7.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
8.   एनआरएन यूएईको आयोजनामा इफ्तार
9.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
10.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
11.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
12.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
13.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
14.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
15.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
16.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
17.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
18.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
19.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
20.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
21.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
22.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
23.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
24.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
25.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
Results 568: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media