सोमवार, असार ११ गते, २०७५
विहिवार, २०७४ फाल्गुन १६ गते ०२:५६

काठमाडौको लाजिम्पाटमा रहेको युएईको दुतावासमा प्रहरी प्रतिवेदन प्रमाणिकरण गर्न मध्यरातबाटै भीड बढन थालेपछि त्यसको नियन्त्रणका लागि प्रयास थालिएको छ । सडकसँगै रहेको दुतावास परिसरमा लागेको भीडका कारण नजिकैको सडकमा ट्राफिक जाम तथा सडक रेलिङ भाच्चिन थालेपछि त्यसको नियन्त्रणको प्रयास स्वरुप आज टोकन वितरण गरिएको हो ।
 
प्रहरी बृत महाराजगंजसँगको सहकार्यमा रोजगार मिडिया प्रा.लिले टोकन वितरण गरी भीड नियन्त्रण गर्न प्रयास गरेको थियो । ‘मध्यरातबाटै सडक किनारामा भिड बढेर सडक अवरुद्ध तथा सडक वरपरका संरचनामा क्षति पुग्न थालेपछि पछि प्रहरीसँगको सहकार्यमा हामीले टोकन वितरण गरेका हौ’ रोजगार मिडियाका फणिन्द्र दाहालले भने–‘टोकन वितरण गरेपछि अहिले दुतावास परिसरमा कुनै भीड देखिदैन भोलीबाट दूतावासले यो प्रणाली लागू गराओस ।’ 
 
युएई सरकारले यही फेब्रुअरी ४ बाट लागू हुनेगरी आफ्नो मुलुकमा कार्यरत तथा काम गर्न आउने आप्रवासी कामदारलाई प्रहरी प्रतिवेदन अनिवार्य गरेपछि त्यसको प्रमाणिकरणका लागि दूतावासमा युएई जाने नेपाली युवाको भीड लागेको हो ।


 
यता नेपाल वैदेशिक रोजगार व्यवसायी संघले युएई दुतावासले पुलिस रिपोर्ट प्रमाणिकरणका नाममा कामदारलाई आर्थिक भार बढाउने गरी थप ४३ सय असुलेको भन्दै यसको विरोध गरेको छ । संघका अध्यक्ष रोहन गुरुङले एक विज्ञप्ती नै जारी गर्दै यसरी अतिरिक्त शुल्क असुलेर कामदार माथि आर्थिक भार थपिइरहदा सरकार मौन रहनु खेदपूर्ण भएको बताए । 
 
यो नियमसँगै युएई जाने कामदार माथि पुलिस रिपोर्ट बनाउन, यसरी बनाइएको प्रमाणपत्र कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौंस्थित दुबईको दूतावासबाट प्रमाणित गर्न समेत गरेर थप ४५ सय रुपैया आर्थिक भार थपिएको छ  ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   समाजसेवी राजा घलेलाई कतारमा विशेष सम्मान
2.   यूएईले अवैध आप्रवासीलाई दियो तीन महिने आममाफी
3.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
4.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
5.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
6.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
7.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
8.   एनआरएन यूएईको आयोजनामा इफ्तार
9.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
10.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
11.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
12.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
13.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
14.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
15.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
16.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
17.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
18.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
19.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
20.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
21.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
22.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
23.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
24.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
25.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
Results 568: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media