सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ फाल्गुन १६ गते २३:००

अमेरिकी सरकारले नेपालीहरुलाई उपलब्ध गराउँदै आएको टेम्पोरोरी प्रोटेक्टेड स्टाटस (टीपीएस) को अवधि सकिनै लाग्दा गैरआवासीय नेपाली संघ, अमेरिकाले सक्रियता बढाएको छ । उसले पछिल्लो समय टीपीएस नवीकरणका लागि छलफलहरुलाई तीव्रता दिएको छ ।
 
यहीबीचमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएन अमेरिकाले सिनेटर ट्रेड क्रुजसँग भेटवार्ता गरेको छ ।
 
एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा गएको एक टोलीले नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउँदै अमेरिकामा रहेका टीपीएसधारी नेपालीहरूमा यसको नवीकरण नहुँदा पर्ने आर्थिक, सामाजिक, मानसिक समस्याबारे सिनेटर क्रुजलाई अवगत गराएको एनआरएनए अमेरिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
 
छलफलका क्रममा अध्यक्ष डा. पौडेलले टीपीएस एक अस्थायी समाधान भए पनि यसको समाधान दीर्घकालीन रूपमा खोज्न सिनेटर क्रुजसमक्ष आग्रह गरेका थिए । पौडेलले टीपीएस नवीकरणले अमेरिकामा रहेका नौ हजार बढी नेपाली परिवारहरूलाई सहयोग पुग्ने जानकारीसमेत क्रुजलाई गराएको भेटमा सहभागी एक एनआरएनएले दिए ।
 
छलफलका क्रममा सिनेटर क्रुजले भूकम्पपश्चात् नेपालको आर्थिक र नेपाली जनजीवनमा पर्न गएको प्रभावबारे आफू जानकार रहेको र टिपिएस नवीकरणका लागि आफूले सक्दो प्रयास गर्ने वचन दिएका थिए । ‘नेपालीहरूलाई परेको यो समस्याका बारेमा हामी सक्दो सहयोग गर्नेछौं’ क्रुजले दिएको वचन उद्धृत गर्दै भेटमा एक सहभागीले भने ।
 
अमेरिकाको टेक्सासबाट सिनेटर बनेका टेड क्रुज अमेरिकी सिनेटर भित्रका एक प्रभावशाली सिनेटर मानिन्छन् । रिपब्लीकन पार्टीभित्र पनि कन्जरभेटिभ समूहको प्रतिनिधित्व गर्ने सिनेटर क्रुज सन २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति पदका एक सशक्त उम्मेदवार थिए ।
 
एनआरएन अमेरिकाका मिडिया कोर्डिनेटर बाल जोशीको संयोजनमा भएको सो बैठकका सहभागीहरूले सिनेटर क्रुजको जुडिसिएल समितिसँग समेत भेटघाट गरेको थियो । सो समितिको प्रतिनिधित्व गर्दै जुडिसियल काउन्सिल क्याथलिन हुंकरले एनआरएन प्रतिनिधि मण्डलसँग भेटी बिनाशकारी भूकम्पले नेपालमा परेको दीर्घकालीन प्रभाव र अमेरिकामा रहेका टीपीएसधारी नेपालीहरूका बारेमा जानकारी लिएका थिए ।
 
सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपश्चात् अमेरिकी सरकारले नेपालीलाई प्रदान गरेको टीपीएस सुविधा आगामी जुन २४ मा समाप्त हुँदैछ । यो सुविधा नवीकरण नभए झण्डै ९ हजारभन्दा बढी नेपालीहरूले अमेरिका छोड्न बाध्य हुनेछन् ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   बेचबिखनमा लैजान लागेका १० महिलाको काठमाडौबाटै उद्धार
2.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
3.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
4.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
5.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
6.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
7.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
8.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
9.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
10.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
11.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
12.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
13.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
14.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
15.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
16.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
17.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
18.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
19.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
20.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
21.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
22.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
23.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
24.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
25.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
Results 407: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media