सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ फाल्गुन १५ गते ०४:२३

रविन्द्र घिमिरे / दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट इपीएसमार्फत ७ हजारभन्दा बढी कामदार लैजाने भएको छ । कोरियाको मानव संशाधन विभाग (एचआरडी)ले सन् २०१९का लागि ७ हजारभन्दा बढी कामदारको कोटा सिलिङ तोकिएको जानकारी इपीएस कोरिया शाखालाई गराएको छ ।
 
जसअनुसार चैतको दोस्रो साता भाषा परीक्षाको आवेदन लिइने र जेठको अन्तिम साता कोरियन भाषा परीक्षा हुने इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर पराजुलीले जानकारी दिए । अबको वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ २ हजारभन्दा बढी र उत्पादनमूलक क्षेत्रतर्फ करिब ५ हजार परीक्षार्थी उर्तीण हुने इपीएस कोरिया शाखाले जनाएको छ ।
 
सन् २०१७ मा ३१ सयमात्रै कामदारको कोटा दिएको कोरियाले  सन् २०१८को लागि १० हजार १ सय कामदारको सिलिङ दिएको थियो जसमा १२ हजार १ सय ८ जना परीक्षार्थी भाषा परीक्षामा उत्तिर्ण भएका थिए । यो वर्ष पनि कोटाभन्दा बढी परीक्षा पास हुनेमा सरकार आसावादी छ । गतवर्ष कोरियन भाषा परीक्षामा झण्डै ७० हजार युवा सहभागी भएका थिए । 
 
नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । त्यहाँ ५० हजारभन्दा बढी युवा यही प्रणालीबाट भाषा पास गरेरै पुगिसकेका छन् । -अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   समाजसेवी राजा घलेलाई कतारमा विशेष सम्मान
2.   यूएईले अवैध आप्रवासीलाई दियो तीन महिने आममाफी
3.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
4.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
5.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
6.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
7.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
8.   एनआरएन यूएईको आयोजनामा इफ्तार
9.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
10.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
11.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
12.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
13.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
14.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
15.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
16.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
17.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
18.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
19.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
20.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
21.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
22.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
23.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
24.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
25.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
Results 568: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media