सोमवार, असार ११ गते, २०७५
आइतवार, २०७४ फाल्गुन १२ गते ०८:०१

 
नगेन्द्र सापकोटा / देश सङ्घीय संरचनामा गएसँगै प्रशासनलाई चुस्त बनाई सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न स्थानीय तह, प्रदेश र सङ्घका लागि करिब ७० हजार थप कर्मचारी आवश्यक हुने भएको छ । तीनै तहमा रहने कार्यालय पूर्ण रूपमा कार्यान्वयन आउँदा ठूलो सङ्ख्यामा कर्मचारीको आवश्यकता देखिएको छ । 
 
स्थानीय तहमा ३६ देखि ४० हजार, प्रदेशमा १८ देखि २० हजार र सङ्घमा १५ देखि १८ हजार कर्मचारी आवश्यक छ । यस हिसाबले स्थानीय तह, प्रदेश र सङ्घमा गरी कम्तीमा ७० हजार निजामती कर्मचारी आवश्यक रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । 
 
नेपालको संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएसँगै त्यहाँको प्रशासन सञ्चालन गर्न, सातवटै प्रदेशमा स्थापना गरिएका प्रदेश सरकारको सञ्चालन गर्नका लागि थप करिब ७० हजार कर्मचारीको आवश्यकता देखिएको हो । पुरानो संरचनामा रहेका कर्मचारीलाई स्थानीय तहमा खटाइए पनि विभिन्न माग राख्दै जान अस्वीकार गरेपछि समस्या झन् जटिल भएको छ । 
 
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा करिब ३६ हजार कर्मचारी अपुग भएको जनाएको छ । मन्त्रालयले १३ हजार कर्मचारी स्थानीय तहका लागि काजमा खटाएका छन् तर भौगोलिक विकटता, व्यक्तिगत समस्या र काम गर्न असहज भएको भन्दै कर्मचारीहरू त्यहाँ गएका छैनन् । 
 
नगए कारबाही हुन्छ : प्रवक्ता

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले स्थानीय तहमा खटाएका कर्मचारीहरू नगए नियमानुसार कारबाही हुने बताउनुभयो । देशभरका जुनसुकै कुनामा गएर पनि सेवा गर्छु भनी शपथ खाई निजामती सेवामा प्रवेश गरेका कर्मचारीहरू खटाएको ठाउँमा नगए कारबाही गर्न सरकार बाध्य हुने चेतावनी उहाँले दिनुभयो । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित कार्यालय प्रमुखलाई प्रदेश र स्थानीय तहमा खटाएका कर्मचारीलाई रमाना दिन पटकपटक आग्रह गरेको र त्यसको अनुगमन गर्ने काम सामान्य प्रशासन मन्त्रालले गरेको दाबी उहाँको छ । 
 
सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिले निजामती कर्मचारी ८२ हजार र साविक स्थानीय निकायका कर्मचारी १७ हजार गरी करिब एक लाख कर्मचारी छन् । अब स्थानीय तहमा ३६ देखि ४० हजार, प्रदेशमा १८ देखि २० हजार र सङ्घमा १५ देखि १८ हजार कर्मचारी आवश्यक पर्छ । यस हिसाबले स्थानीय तह, प्रदेश र सङ्घमा गरी कम्तीमा ७० हजार निजामती कर्मचारी आवश्यक छ । 

व्यवहार ठीक भएन : कर्मचारी 

स्थानीय तह कर्मचारीहरूका लागि आकर्षित नहुँदा स्थानीय तहमा कर्मचारी नगएको खुलासा भएको छ । स्थानीय तहको पुनःसंरचना हुनुभन्दा पहिलेदेखि नै स्थानीय तह कर्मचारीका लागि आकर्षणको थलो बन्नुपर्ने माग कर्मचारीहरूले राख्दै आए पनि सङ्घीय संरचनामा समेत स्थानीय तह आकर्षण बन्न नसकेको हो । अहिले दुर्गम स्थानीय तहका वडाहरूमा एकजना वडा सचिवले चारदेखि पाँचवटा वडा कार्यालयमा सेवा प्रदान गर्दै आएका छन् । 
 
निजामती कर्मचारी सङ्गठनका आधिकारी टे«ड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय, प्रदेश र सङ्घमा खटाएका कर्मचारीलाई विधि र प्रक्रियाबिना नै सरकारले कर्मचारीलाई पठाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले स्थानीय कर्मचारीसँग सौतेला व्यवहार गरेको छ । ” 
 
उहाँका अनुसार सरकारले प्रदेश र सङ्घका उच्च ओहदामा रहेका सहसचिवलाई एक तह बढुवा गरी सचिव बनाएजस्तै नासुलाई पनि शाखा अधिकृत बनाएर पठायो भने कर्मचारीको आकर्षण आफैँ बढ्ने बताउनुभयो । 
 
अहिले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, सामान्य प्रशासन मन्त्रालय, मालपोत, आन्तरिक राजस्व कार्यालय, अदालत, कोष तथा लेखा कार्यालय लगायतका कार्यालयमा काम गर्ने कर्मचारीलाई विशेष भत्ताको व्यवस्था छ तर स्थानीय तहका वडामा बसेर काम गर्ने कर्मचारीलाई कुनै सुविधा छैन, त्यही भएर कर्मचारीहरू त्यहाँ जान नमानेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “विधि प्रक्रिया बनाएर कर्मचारीको खटनपटन नगरेसम्म जति कर्मचारी भए पनि कर्मचारीको अभाव भइरहन्छ । ” 
 
कर्मचारीलाई घरपायक बनाएर खटाउनुपर्ने, कर्मचारीको राजनीतिक संरक्षण अन्त्य गर्नुपर्ने, सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूूहमा बसेर माल अड्डा खोजेर बसेका कर्मचारी र हरेक मन्त्रालयमा बढी रहेका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाउने हो भने स्थानीय र प्रदेश तहमा रिक्त कर्मचारीको केही भए पनि पूर्ति हुने तर्क उहाँको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   समाजसेवी राजा घलेलाई कतारमा विशेष सम्मान
2.   यूएईले अवैध आप्रवासीलाई दियो तीन महिने आममाफी
3.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
4.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
5.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
6.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
7.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
8.   एनआरएन यूएईको आयोजनामा इफ्तार
9.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
10.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
11.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
12.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
13.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
14.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
15.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
16.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
17.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
18.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
19.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
20.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
21.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
22.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
23.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
24.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
25.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
Results 568: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media