सोमवार, बैशाख १० गते, २०७५
सरकारी बिल तिर्न पनि सक्छौ : संचालक गुरुङ
शुक्रवार, २०७४ फाल्गुन १० गते ०५:५५

प्रविधिको प्रयोग गर्न जान्ने हो भने धेरै काम र सेवाको उपयोग घरमै बसेर गर्न सकिन्छ । हत्केलामा (मोवाइल) नै सवै अट्न थालेको छ, जसबाटनै हरेक काम गर्न सकिने भएको छ । 
 
इन्टरनेट तथा प्रविधिको प्रयोगबाट विभिन्न सेवाको विल वा रकम घरैमा बसेर भुक्तानी गर्न सकिने अनलाइन पेमेण्ट सिस्टम यसैको एउटा उदाहरण हो । विश्वका विकसित मुलुकमा अनलाइन पेमेण्टको भरपुर उपयोग भैरहदा हाम्रो मुलुकमा भने पछिल्लो केही वर्षयता यो प्रविधिको उपयोग शुरु हुन थालेको छ ।
 
अनलाइन पेमेण्ट सेवा दिइरहेको एक लोकप्रिय कम्पनी इनेट पेले अहिले आक्रामक भएर सेवा प्रदान गरिरहेको छ । इनेट पेले ल्याण्डलाइन फोन, मोबाइल फोनहरु, बस टिकट, विजुलीको विल, डोमेस्टिक एयरलाइन्सका टिकट, इन्टरनेटका भुक्तानी गर्ने सुविधा आफ्ना सेवाग्राहीहरुलाई दिइरहेको छ । इन्टरनेशनल हवाई टिकट, मूभी टिकट लगायत विविध सेवाका लागि पनि इनेट पेले सेवा दिने अन्तिम तयारीमा रहेको छ । 


 
‘अहिलेको कामकाजी जमानामा लाइन बसेर समय बर्बादी गर्नुभन्दा इजी सुविधाको विकल्प सर्वसाधारणले खोजिरहेका छन्’ इनेट पेका संचालक अनिल गुरुङ भन्छन –‘हामीले सर्वसाधारणको यही सहजताका लागि घरैमा बसेर आफ्नो मोवाइल तथा डेस्कटपबाटै विभिन्न सेवाको विल भुक्तानी गर्ने सुविधा ल्याएका हौं ।’
 
गुरुङ अहिलेसम्म अनलाइन पेमेण्ट सुविधा विशेषत प्राइभेट सेक्टरमा मात्र सीमित रहेकोमा सरकारले आफ्नो नीति तर्जुमा गरेर सफ्टवेयर बनाउन सके हरेक सरकारी कामकाजमासमेत इजीपेका लागि आफुहरु तयार रहेको बताउँछन । उनी भन्छन– ‘आगामी दिनमा हामी स्कुल फि, लाइसेन्स नविकरण, सवारी करजस्ता अत्यावश्यक सेवाको विल भुक्तानी सेवा पनि दिने तयारीमा जुटिरहेका छौ ।’ 
 
यसरी घरमै बसेर वा विना झन्झट प्रविधिको प्रयोगले काम गर्न सकिने अवस्था हुदा पनि यसका बारे धेरै नेपाली अझ पनि अनविज्ञ छन् । यसका लागि इनेट पेले व्यवसायसँगै यसबारे सबैलाई चेतना फैलाउने र सेवा विस्तार गर्ने काम पनि गरिरहेको संचालक गुरुङ बताउँछन् ।
 
त्यसो त अनलाइन पेमेण्टको इतिहास झण्डै १ दशक अघिदेखिको भएपनि अहिलेसम्म राष्ट्र बैंकबाट अनुमति लिएर काम गर्ने यस्ता कम्पनीको संख्या इनेट पेसहित ३ वटा मात्र छन् । यसमा पनि अन्य कम्पनी शहर केन्द्रित भैरहदा इ नेट पे भने उपत्यकाबाहिर तथा ग्रामिण भेगमा बढी केन्द्रित भएको संचालक गुरुङ बताउँछन ।
 
धेरै सर्वसाधारणमा यस्तो सेवा लिदा मंहगो, खर्चिलो तथा झण्झटिलो होला भन्ने भ्रम रहिआएकोमा कुनै अत्तिरिक्त भार नपर्ने र सहज तथा सुलभ ढंगमा काम गर्न सकिने हुँदा पनि विस्तारै यसका प्रयोगकर्ता बढ्न थालेको इनेट पेका संचालक गुरुङको भनाई छ । 
 
पछिल्लो प्रविधि र संचारका बारेमा जानकारी नहुँदा या राख्ने प्रयास नगर्दा कतै हातमै सुविधा हुँदा पनि दुःख त पाइ रहेका छैनौ ? न त अतिरिक्त भार, न समयको बर्बादी न त अनावश्यक शुल्क । के अझै हामी लाइन बसेर जीवनकै महत्वपूर्ण समयको बर्बादी गरिरहने ? 

भिडियो रिपोर्ट हेर्न यहा जानुहोस
  
 



प्रतिक्रियाहरु
Padam kathayat, Korea
सर नमस्कार Enet pay मोबाइलमा download भइरहेको xain
Padam kathayat, Korea
सर नमस्कार Enet pay मोबाइलमा download भइरहेको xain
Padam kathayat, Korea
सर नमस्कार Enet pay मोबाइलमा download भइरहेको xain

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
76.   सिटी एक्सप्रेस मनी ट्रान्सफरको भाइबर सेवा संचालनमा
77.   आईएमईका व्यवसायिक साझेदार रारा भ्रमणमा
78.   बुटवल पावरले ग¥यो चाइनाका तीन कम्पनीसँग साझेदारी
79.   एडीबीको १ सय ५० मिलियन अमेरीकी डलर सहयोग स्वीकार गर्ने सरकारको निर्णय
80.   हिमालयन बैंकद्धारा विद्यालयलाई २० थान कम्प्युटर प्रदान
81.   उद्योग वाणिज्य महासंघले प्रमुख राजनीतिक दलका एजेन्डाबारे वहस कार्यक्रम गर्ने
82.   सिटी एक्सप्रेसको उत्सव एक्सप्रेस योजनाको दसौं हप्ताको बिजेताहरु घोषणा
83.   एनआईबिएल क्यापिटल मार्केटसको शाखा बिस्तार
84.   महालक्ष्मी विकास बैंकको सिइओमा लामिछाने नियुक्त
85.   बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय मन्त्रिपरिषदद्वारा खारेज
86.   सिटी एक्स्प्रेसको उत्सव एक्स्प्रेस योजनाको नवौ हप्ताको बिजेताहरु घोषणा
87.   एनआईबिएल क्यापिटल र एस क्यापिटलबीच मर्जर सम्झौता सम्पन्न
88.   ओरेन्टल सहकारी समस्याग्रस्त घोषित
89.   आइएमई छक्का पञ्जा अफर अन्तर्गतको १० लाख न्यौपानेलाई
90.   यूनियन लाइफ इन्स्योरेन्सको नयाँ शाखा हरिवनमा
91.   सिटी एक्स्प्रेसले घोषणा गर्यो 'उत्सव एक्स्प्रेस' विजेताको घोषणा
92.   सेन्चुरी कमर्सियल बैंकको सिइओमा शाह नियुक्त
93.   रिया आइएमई ‘लक्की ड्र’बाट चार विजेता छानिए
94.   पेट्रोलिय पदार्थको मूल्य वृद्धि फिर्ता, १० बजेदेखि पुरानै मूल्य
95.   टानको अध्यक्षमा दाहाल निर्वाचित
96.   सिटी एक्स्प्रेसले घोषणा गर्‍यो सातौ हप्ताका बिजेताहरु
97.   एनसेल र आईफ्लिक्स बीच सहकार्य, ग्राहकलाई असिमित डेटा र आइफिल्क्समा पहुँच
98.   एभरेष्ट बैंकको बार्षिकोत्सवमा रक्तदान र निशुल्क स्वास्थ्य शिविर
99.   नेपाल राष्ट्र बैंकद्धारा दुई अर्बको नागरिक बचतपत्र निष्काशन
100.   सिटी एक्स्प्रेसको ‘उत्सव एक्स्प्रेस’ योजना पाचौ हप्ताको विजेता घोषित
Results 841: You are at page 4 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media