सोमवार, बैशाख १० गते, २०७५
सरकारी बिल तिर्न पनि सक्छौ : संचालक गुरुङ
शुक्रवार, २०७४ फाल्गुन १० गते ०५:५५

प्रविधिको प्रयोग गर्न जान्ने हो भने धेरै काम र सेवाको उपयोग घरमै बसेर गर्न सकिन्छ । हत्केलामा (मोवाइल) नै सवै अट्न थालेको छ, जसबाटनै हरेक काम गर्न सकिने भएको छ । 
 
इन्टरनेट तथा प्रविधिको प्रयोगबाट विभिन्न सेवाको विल वा रकम घरैमा बसेर भुक्तानी गर्न सकिने अनलाइन पेमेण्ट सिस्टम यसैको एउटा उदाहरण हो । विश्वका विकसित मुलुकमा अनलाइन पेमेण्टको भरपुर उपयोग भैरहदा हाम्रो मुलुकमा भने पछिल्लो केही वर्षयता यो प्रविधिको उपयोग शुरु हुन थालेको छ ।
 
अनलाइन पेमेण्ट सेवा दिइरहेको एक लोकप्रिय कम्पनी इनेट पेले अहिले आक्रामक भएर सेवा प्रदान गरिरहेको छ । इनेट पेले ल्याण्डलाइन फोन, मोबाइल फोनहरु, बस टिकट, विजुलीको विल, डोमेस्टिक एयरलाइन्सका टिकट, इन्टरनेटका भुक्तानी गर्ने सुविधा आफ्ना सेवाग्राहीहरुलाई दिइरहेको छ । इन्टरनेशनल हवाई टिकट, मूभी टिकट लगायत विविध सेवाका लागि पनि इनेट पेले सेवा दिने अन्तिम तयारीमा रहेको छ । 


 
‘अहिलेको कामकाजी जमानामा लाइन बसेर समय बर्बादी गर्नुभन्दा इजी सुविधाको विकल्प सर्वसाधारणले खोजिरहेका छन्’ इनेट पेका संचालक अनिल गुरुङ भन्छन –‘हामीले सर्वसाधारणको यही सहजताका लागि घरैमा बसेर आफ्नो मोवाइल तथा डेस्कटपबाटै विभिन्न सेवाको विल भुक्तानी गर्ने सुविधा ल्याएका हौं ।’
 
गुरुङ अहिलेसम्म अनलाइन पेमेण्ट सुविधा विशेषत प्राइभेट सेक्टरमा मात्र सीमित रहेकोमा सरकारले आफ्नो नीति तर्जुमा गरेर सफ्टवेयर बनाउन सके हरेक सरकारी कामकाजमासमेत इजीपेका लागि आफुहरु तयार रहेको बताउँछन । उनी भन्छन– ‘आगामी दिनमा हामी स्कुल फि, लाइसेन्स नविकरण, सवारी करजस्ता अत्यावश्यक सेवाको विल भुक्तानी सेवा पनि दिने तयारीमा जुटिरहेका छौ ।’ 
 
यसरी घरमै बसेर वा विना झन्झट प्रविधिको प्रयोगले काम गर्न सकिने अवस्था हुदा पनि यसका बारे धेरै नेपाली अझ पनि अनविज्ञ छन् । यसका लागि इनेट पेले व्यवसायसँगै यसबारे सबैलाई चेतना फैलाउने र सेवा विस्तार गर्ने काम पनि गरिरहेको संचालक गुरुङ बताउँछन् ।
 
त्यसो त अनलाइन पेमेण्टको इतिहास झण्डै १ दशक अघिदेखिको भएपनि अहिलेसम्म राष्ट्र बैंकबाट अनुमति लिएर काम गर्ने यस्ता कम्पनीको संख्या इनेट पेसहित ३ वटा मात्र छन् । यसमा पनि अन्य कम्पनी शहर केन्द्रित भैरहदा इ नेट पे भने उपत्यकाबाहिर तथा ग्रामिण भेगमा बढी केन्द्रित भएको संचालक गुरुङ बताउँछन ।
 
धेरै सर्वसाधारणमा यस्तो सेवा लिदा मंहगो, खर्चिलो तथा झण्झटिलो होला भन्ने भ्रम रहिआएकोमा कुनै अत्तिरिक्त भार नपर्ने र सहज तथा सुलभ ढंगमा काम गर्न सकिने हुँदा पनि विस्तारै यसका प्रयोगकर्ता बढ्न थालेको इनेट पेका संचालक गुरुङको भनाई छ । 
 
पछिल्लो प्रविधि र संचारका बारेमा जानकारी नहुँदा या राख्ने प्रयास नगर्दा कतै हातमै सुविधा हुँदा पनि दुःख त पाइ रहेका छैनौ ? न त अतिरिक्त भार, न समयको बर्बादी न त अनावश्यक शुल्क । के अझै हामी लाइन बसेर जीवनकै महत्वपूर्ण समयको बर्बादी गरिरहने ? 

भिडियो रिपोर्ट हेर्न यहा जानुहोस
  
 



प्रतिक्रियाहरु
Padam kathayat, Korea
सर नमस्कार Enet pay मोबाइलमा download भइरहेको xain
Padam kathayat, Korea
सर नमस्कार Enet pay मोबाइलमा download भइरहेको xain
Padam kathayat, Korea
सर नमस्कार Enet pay मोबाइलमा download भइरहेको xain

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
426.   डीजी टेलिकमले किन्यो मलेसियाको प्रभु मनी ट्रान्सफर
427.   आइएमई समुहद्वारा अशोक लेलैण्डको सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना
428.   प्रभू बैंकद्वारा प्रभातकालीन काउण्टर सेवा सञ्चालन
429.   हार्भेष्टमुन उत्कृष्ट ट्राभल्स घोषित
430.   धरहरा बनाउन एसबीआर्इ बैंकले दियो ५ करोड २१ लाख
431.   प्रभु र नेशनल माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
432.   सेञ्चुरी बैंक र ट्रान्स-फास्ट रेमिटबीच रेमिट्यान्स सम्झौता
433.   प्रभु मनि ट्रान्सफरद्वारा रेमिटेन्स सम्झौता
434.   प्रभु मनि ट्रान्स्फर र नेपाल सेवा लघुवित्तबीच रेमिट्यान्स सम्झौता
435.   हिमालयन बैंकको नाफा ४६ प्रतिशतले बढ्यो
436.   एभरेष्ट बैंकले अमेरिकामा पनि रेमिटान्स सेवा सुरु गर्‍यो
437.   मेगा बैंकको २५ % हकप्रद शेयर निष्काशन हुंदै,ग्लोबल आइएमइ क्यापिटल विक्री प्रबन्धक नियुक्त
438.   साउदी अरबको नेशनल बैंक र ग्लोबल आइएमईबीच रेमिट्यान्स सम्झौता
439.   नेपाली फुटबल प्रतियोगिताहरुको डिसहोमले प्रत्यक्ष प्रशारण गर्ने
440.   एभरेष्ट बैंक र मेटलाइफ नेपालबीच सम्झौता
441.   इपिएसमा ग्लोबल आइएमई बैंकको सेवा
442.   हिमालय बैंकले सौर्य बत्ती र ब्ल्यांकेट बाँड्यो
443.   बैक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा सम्झौता
444.   पश्चिमाञ्चल डेभलपमेन्ट र मेगा बैंकको संयुक्त कारोबार सुरु
445.   एभरेष्ट बैंकको रक्तदान कार्यक्रम
446.   आईएमई क्योदाई ‘घर जाने हर्ष’ योजना अन्तर्गत तेस्रो हप्ताको विजेता घोषित
447.   वैदेशिक रोजगारीमा रहेकाको परिवारलाई निःशुल्क सिमकार्ड
448.   भारतमा पनि ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय
449.   आइएमईको ‘घर जाने हर्ष’ योजनाको दोश्रो विजेता घोषणा
450.   बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला
Results 841: You are at page 18 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media