मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७४ फाल्गुन ०९ गते ०४:११

गैरकानुनी (अवैध) रुपमा कुवेतमा बसेका कामदारहरुलाई कुवेत सरकारले आममाफी दिने म्याद थप गरेको छ । २९ जनवरीदेखि २२ फेब्रुअरी २०१८ सम्म आम माफीको तोकिएकोमा कुवेत सरकारले थप दुर्इ महिनाका लागि म्याद थप गरेको छ । २२ अप्रिल २०१८ सम्म आममाफी दिने निर्णय कुवेत सरकारले गरेको हो ।
 
कुवेती आवासीय भिसा समाप्त भएको वा एउटा रोजगारदाताबाट भागेर अर्का रोजगारदातासँग काम गरेका कारण भगुवा मुद्दा लागेर गैरकानुनी भएकाहरुले थपिएको अवधिभित्र आफ्नो प्रक्रिया पूरा गरी बैध बन्न पाउने भएका छन् ।
 
कुवेत सरकारले आम माफीको म्याद थपेपछि नेपाली दूतावासले विज्ञप्ति निकाली नेपाली कामदारहरुलाई सूचित गरेको छ ।
 
आममाफी प्रक्रिया भिसाको म्याद गत २४ जनवरी २०१८ अघि समाप्त भएका तथा २४ जनवरी २०१८ भन्दा अघि नै स्पोन्सररकम्पनीले भागेको उजुरी गरेका कम्पनी तथा घरमा काम गर्ने कामदारहरुको हकमा मात्र लागू हुने छ ।
 
तर, २४ जनवरी २०१८ पछि भिसाको म्याद समाप्त भएका तथा २४ जनवरी २०१८ भन्दा पछि स्पोन्सररकम्पनीले भागेको उजुरी गरेका कामदारहरुको हकमा आममाफी लागू नहुने दूतावासले जनाएको छ ।
 
बैंक एवम वित्तीय संस्थाबाट ऋण लिएर वा मोवाइल फोन लगायतका सामानहरु किस्ताबन्दीमा लिएवापत् सम्बन्धित कम्पनीमा तिर्नुपर्ने रकम नतिरेको कारण यात्रा निषेध आदेश जारी भएकाहरु भने यस अवधिभित्र उक्त केस फर्छौट गरी प्रक्रिया पूरा गरेर नेपाल र्फकन पाउने छन् ।
 
यस्तै दूतावासबाट जारी गरिएको यात्रा अनुमती पत्रको बहाल अवधि तीन महिना उल्लेख भएतापनि आममाफी प्रक्रिया अन्तर्गत नेपाल फर्किनको लागि यात्रा अनुमती पत्र लिएका व्यक्तिहरु भने २२ अप्रिल २०१८ भित्र नेपाल फर्किसक्नुपर्ने छ ।

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
2.   ‘बेलाको ब्राण्ड’ कतारको अन्तर्राष्ट्रिय प्रदर्शनीमा अब्बल बन्दै
3.   मलेसियाका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
4.   ६ बुदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय भेला सम्पन्न
5.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
6.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
7.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
8.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
9.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
10.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
11.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
12.   दुबईमा नेपाली ब्राण्डको पानी
13.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
14.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
15.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
16.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
17.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
18.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
19.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
20.   रसुवाली समाज यूएईको गठन
21.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
22.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
23.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
24.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
25.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
Results 391: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media