सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन ०८ गते २२:५५

वैदेशिक रोजगार तथा स्वरोजगार बजारलाई दक्ष जनशक्ति दिने उद्देश्यले सुनसरीको इटहरीमा अञ्जली ग्रुपद्वारा प्रर्वद्दित अञ्जली टेक्निकल इष्टिच्यूटको शाखा सञ्चालनमा ल्याइएको छ । झापाको बिर्तामोडमा मुख्य कार्यलय रहेको इष्टिच्यूटले यसअघि राजधानी काठमाडौँमा शाखा सञ्चालनमा ल्याइसकेको छ ।
 
अञ्जली अस्पताल, पास इन्टरनेसनल प्रालि, अञ्जली ओभरसिज, मेचीकाली टाभल्स एण्ड टुर्स, अञ्जली एड एजेन्सी तथा कञ्चनजंघा होटललगायत सञ्चालन गरेर सयौँलाई रोजगारी दिँदै आएको अञ्जली ग्रुप अफ कम्पनीले इटहरीमा टेनिड इष्टिच्यूट सञ्चालनमा ल्याएको हो ।
 
सो इष्टिच्यूटको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले उद्घाटन गरे । युवा जनशक्तिलाई सीपमूलक तालीम प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गर्न तालीम केन्द्र सञ्चालनमा ल्याएको इष्टिच्यूटका सञ्चालक पुष्प ओलीले बताए ।
 
सो इष्टिच्यूटमा मेसन, सटरिड, कार्पेन्टर, स्टिल फिक्सर, स्काफोल्डर, इलेक्टिसियन, प्लम्बर, एसी टेक्निसियनलगायतका तालीम प्रदान गरिने इष्टिच्यूटका प्रबन्ध निर्देशक गणेश ओलीले बताए ।
 
उद्घाटन कार्यक्रममा बोल्दै महासचिव गेलालले यस्ता तालीम केन्द्रबाट सीप सिकेर सकेसम्म स्वदेशमै रोजगारी गर्नुपर्ने र विदेश जाने नै भए सीप सिकेर सूचना लिएर मात्र जाऔँ भन्ने उद्देश्यले पनि आफूहरुले यस प्रकारको तालीम केन्द्र सञ्चालनमा ल्याउन जरुरी रहेको बताए ।
 
उहाँले मुलुक समृद्धिको दिशामा अघि बढ्न, समाज र समाजमा बस्नेहरु स्वाभिमानका साथ आत्मनिर्भर बन्नका लागि स्वरोजगारको सवाल प्रमुख भएको बताए ।
 
स्वरोजगार बन्ने उद्देश्यले नै नेपालका लाखौँ युवा दैनिक खाडीमुलुकमा रगत पसिना बगाउन भौतारिरहेको बताउँदै गेलालले सीपको अभावमा उनीहरुमाथि श्रम शोषण समेत भइरहेको अवस्थामा यस्ता प्रकारका तालीम सेन्टर खुल्नु सुखद् भएको बताए ।
 
राजनीतिक अधिकारको आन्दोलन सकिएकाले आर्थिक समृद्धिका लागि सीपयुक्त प्राविधिक जनशक्तिको आवश्यकता रहेको महासचिव गेलालको भनाइ छ ।
 
अञ्जली गु्रपका अध्यक्ष भानु सिवाकोटीले वैदेशिक रोजगारमा दक्ष जनशक्तिको अत्यधिक माग रहेको बताउँदै तालीम सेन्टरलाई १ नम्बर प्रदेशको नमूना तालीम केन्द्र बनाउने बताए ।
 
उनले तालीम केन्द्रहरुले असुरक्षित वैदेशिक रोजगारीमा जानेलाई सचेत गराउन सक्ने लक्ष्यका साथ अगाडि बढ्ने जानकारी दिए। वैदेशिक रोजगार व्यवसायी संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष दुर्गा थापाले सीपमूलक व्यावसायिक तालीमले व्यक्तिलाई समृद्ध बन्न सहयोग पुर्याउनेमा जोड दिए।
 
यस्तै प्रबन्धक गणेशप्रसाद ओलीले तालीम केन्द्रले तालीम लिने युवालाई विशेष अवसर दिने बताउँदै तालीम लिइसकेपछि आफ्ना लागि र परिवारका लागि आवश्यक खर्च सजिलै जुटाउन सक्ने दाबी गरे। इटहरी–९ मा सञ्चालनमा ल्याइएको तालीम सेन्टरमा २० लाख रुपैयाँ लगानी रहेको ओलीले जानकारी दिए । रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   समाजसेवी राजा घलेलाई कतारमा विशेष सम्मान
2.   यूएईले अवैध आप्रवासीलाई दियो तीन महिने आममाफी
3.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
4.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
5.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
6.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
7.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
8.   एनआरएन यूएईको आयोजनामा इफ्तार
9.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
10.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
11.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
12.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
13.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
14.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
15.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
16.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
17.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
18.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
19.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
20.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
21.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
22.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
23.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
24.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
25.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
Results 568: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media