मंगलवार, बैशाख ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन ०७ गते ०५:४३

 
मलेसियामा आयोजित तेश्रो ‘हिमालयन गोल्डकप’ फुटबल प्रतियोगितामा आयोजक क्बल हिमालयन फुटबल क्लब ‘ए’ ले उपाधि जितेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित मलेसियाकै पहिलो फुटबल स्टेडियम मर्डेका स्टेडियममा आयोजना भएको फाइनलमा हिमालयन क्लब ‘बी’ लाई ४–३ गोल अन्तरले हराउँदै हिमालयन ‘ए’ ले उपाधि जितेको हो । 
 
आइतबारै तेश्रो स्थानका लागि भएको युनाइटेड एफसी र मुनाल क्लबबीचको खेलमा युनाइटेड एफसीले बिजय हासिल गर्दै तेश्रो भयो । प्रतियोगितामा प्रथम हुने टिमले आरएम २५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै द्धितिय हुने टिमले नगद १० हजार, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमले पनि ५ हजार नगद, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । 
 
कार्यक्रममा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षकलगायतलाई नगदसहित पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो विजेता टिमहरुलाई कार्यक्रमा अतिथि राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्का, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्ट, सुमनराज रेग्मी र आयोजक हिमालय फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीले पुरस्कार प्रदान गरे । 
प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने हिमालयन एफसी ‘बी’ का आशिष लामा, उत्कृष्ट प्रशिक्षक चाल्र्स सिडवाज हिमालय एफसी ‘ए’ र बेस्ट प्लेयर हिमालयन एफसी ‘ए’का राजकुमार कुमाललाई आरएम ५ सय र ट्रफी प्रदान गरिएको थियो । 
 
यसैगरि प्रतियोगितालाई सफल पार्न सहयोग पुर्याएकोमा क्लबले मदन भण्डारी स्पोटर्स एकेडेमी, नेपाली दूतावास मलेसियाका अधिकारी, मलेसियन प्रहरीको टीम हरि खड्का, दीपक विष्ट, म्याक्स मनी र एनआरएनए मलेसियालाई ‘टोकन अफ एप्रिसियसन’ प्रादन गरिएको थियो । 
 
यही १६ फेब्रुअरी देखि १८ फेब्रुअरीसम्म आयोजना भएको प्रतियोगितामा मलेसियामा क्रियाशील २२ नेपाली फुटबल टिमहरु सहभागी थिए । यसैगरि प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपालबाट मलेसिया गएको मदन भण्डारी स्पोटर्स एकेडेमीका खेलाडी र डि राजा पोलिस मलेसियाबीच मैत्रीपूर्ण खेल भएको थियो ।  जसमा नेपाली टीम २–० ले विजयी भएको थियो ।
 
आयोजकका अनुसार विदेशमा भए पनि खेलकुदको प्रवद्र्धन गर्न र खेलाडीहरुको स्तरोन्नती गर्न यस प्रतियोगितालाई हरेक वर्ष आयोजना गर्ने गरिएको छ । हिमालयन क्लबले आयोजना गरेको यो तेश्रो संस्करणको प्रतियोगिता हो । ‘क्वालालम्पुर बाहिर टाढा टाढाका धेरै ठाउँहरुबाट नेपाली टिमहरुले भाग लिए ।’ आयोजक हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीले भने ‘खेलमा धेरैजनाको चासो बढ्दै गएको पाइएको छ ।’  
 
सहभागी अतिथि हरि खड्काले काम गरेर बचेको समयमा पनि उत्कृष्ट खेल प्रदर्शनी गरेकोमा गौरव अनुभूति भएको बताए । अर्का अतिथि दिपक विष्टले विदेशबाट हुने प्रतियोगिताबाट नेपाली खेलकुदको प्रवर्द्धनको लागि ठूलो सहयोग पुगेको भन्दै खेलाडी र आयोजकलाई हौसला दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
2.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
3.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
4.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
5.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
6.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
7.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
8.   दुबईमा नेपाली ब्राण्डको पानी
9.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
10.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
11.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
12.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
13.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
14.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
15.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
16.   रसुवाली समाज यूएईको गठन
17.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
18.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
19.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
20.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
21.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
22.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
23.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
24.   कात्तिके देउराली समाज कोरियामा गौतम
25.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
Results 387: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media