मंगलवार, बैशाख ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन ०७ गते ०२:५५

पि.बि श्रेष्ठ, मस्कट / सिस्नुपानी नेपाल तथा गैरआवासीय नेपाली सोसल क्लव ओमानको आयोजना तथा नेपाली राजदुतावासको संयोजनमा ओमानका बिभिन्न तिन स्थानमा सिस्नुपानी नेपालले आङ्खनो प्रस्तुती प्रदर्शन गरेको छ । शुक्रबार बिहान ओमान आईपुगेको सिस्नुपानी नेपालका कलाकार टिमले शुक्रबार ओमानको बर्का र बादिकबिरमा कार्यक्रम प्रस्तुत गरेको थियो भने शनिवार सतिअल कुरुममा कार्यक्रम प्रस्तुत गरेको थियो ।
 
सिस्नुपानी नेपालका कलाकारहरु मनोज गजुरेल, टंक आर्चाय, अर्जून पराजुली, लम्मण गाम्नागे र डा. रबिन्द्र समिर गरि ५ जनाको टोली युएई तथा बहराईनमा कार्यक्रम प्रस्तुत गर्दै ओमान आएको थियो । शुक्रबार आयोजना भएको पहिलो कार्यक्रम बर्कास्थित होटल फुडहाउसको हलमा भएको थियो भने दोश्रो कार्यक्रम बादिकबिरमा रहेको होटल पायोनियरमा सम्पन्न भएको थियो । 
 
शनिबार भएको कार्यक्रम भने नेपाली राजदुतावासको निवासस्थित हलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाली दुतावास ओमान परिवार तथा ओमानमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिसँगै अन्य नेपालीहरुको सहभागिता रहेको थियो ।


 
कार्यक्रमको उद्घोषण गर्दे सिस्नुपानी नेपालका कलाकार टंक आर्चायले बिभिन्न जोक, चुड्किला र समय परिवेशका घटनाहरुलाई व्यङ्गात्मक ढंगले प्रस्तुत गरेका थिए । त्यस्तै नेपालको वस्तुस्थिती र प्रवासी जीवनको बारेमा व्यङ्गात्मक कबितामार्फत अर्जुन पराजुलीले कार्यक्रमलाई रोचक बनाएका थिए । यस्तै कार्यक्रममा श्रमशिल जिवनको विषयमा लक्ष्मण गाम्नागे र स्वास्थ्यको विषयमा डा. रविन्द्र समिरले विभिन्न जानकारीहरु प्रदान गरेका थिए । कार्यक्रमको केन्द्रबिन्दुका रुपमा रहेका मनोज गजुरेलले गजुरियल प्रस्तुतीहरु प्रस्तुत गर्दै सहभागी सबैलाई पेट मिचिमिचि हास्न बाध्य बनाएका थिए ।


 
कार्यक्रममा नेपाली राजदुतावास ओमानकी राजदुत शर्मिला पराजुली ढकालले सिस्नुपानी नेपाललाई धन्यवाद दिएकी थिइन भने एनआरएन सोसल क्लव ओमानका अध्यक्ष दिपक श्रेष्ठले कार्यक्रमको सहयोगी संघ– संस्थाहरुलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
2.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
3.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
4.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
5.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
6.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
7.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
8.   दुबईमा नेपाली ब्राण्डको पानी
9.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
10.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
11.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
12.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
13.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
14.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
15.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
16.   रसुवाली समाज यूएईको गठन
17.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
18.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
19.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
20.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
21.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
22.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
23.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
24.   कात्तिके देउराली समाज कोरियामा गौतम
25.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
Results 387: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media