मंगलवार, बैशाख ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन ०७ गते ०१:४९

साना तथा मझौला व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको शनिवार भएको पहिलो महाधिवेशनमार्फत रुक्मिणी सेढाइ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् । 
 
महासंघमा सवैभन्दा माथिल्लो पदमा पुग्ने उनी पहिलो महिला उपाध्यक्ष हुन् ।  विगत १५ वर्षदेखि व्यवसायिक क्षेत्रमा संलग्न सेढाइले आफू विशेषगरी महिला व्यवसायीहरुको उत्थानका साथै समग्र व्यवसायीहरुको हकहित तथा आवाज उठाउनका लागि उपाध्यक्षका हैसियतले महासंघमा काम गर्ने प्रतिवद्धता जनाएकी छिन् । 
 
महासंघले सर्वसम्मत ६५ जनाको कार्यसमिति चयन गरेको छ । नरेश कटुवालको अध्यक्षतामा १२ उपाध्यक्षमध्ये सेढाई एक हुन् । सेढाईसहित उपाध्यक्षहरुमा सरोजकुमार थापा, माधवप्रसाद खरेल, नरेन्द्र शाक्य, हेमबहादुर क्षेत्री, शशीभूमी श्रेष्ठ, मनोजबाबु श्रेष्ठ, गोविन्द कार्की, नरेन्द्र गुप्ता, भीमभक्त श्रेष्ठ, युवराज न्यौपाने र चिरञ्जिवी पौडेल चुनिएका छन् । 


 
उनी महासंघको तदर्थ कार्यसमितिको सचिव थिइन् । उनी चाहना व्यापार संघको उपाध्यक्षका साथै नेपाल व्यापार संघको प्रथम सचिव पनि हुन् । हिमालय सीमापार बाणिज्य संघमासमेत आवद्ध उनी व्यवसायसँगै विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थामा समेत आवद्ध छिन् । 
 
‘सम्भवत विभिन्न संस्थाहरुसँगको आवद्धताबाट पाएको अनुभव भरपूरसँग प्रयोग गर्ने अठोट मसँग छ ’ उनले भनिन्– ‘हिजो सचिव रहँदा मैले महासंघमा गरेका काम सबै साथीहरुले दे व्यवसायीहरुको दुःखमा साथ दिन हरपर म तपाईहरुसँगै रहनेछु ख्नुभएकै छ, भोलिका दिनमा सरकार र अन्य निकायसँग समन्वय गर्दै हाम्रा साझा मुद्धा उठाउन र आम व्यवसायीहरुको दुःखमा साथ दिन हरपर तयार छु ।’

 
उनले सरकारले साना तथा मझौला व्यवसायीहरुको समस्या नसुनेको, साना व्यवसायीलाई व्यवस्था गरेको, भन्सारमा सामान आयातमा दुःख दिने गरेको, घरवहाल कर व्यवसायीले तिर्नुपरेको, समय नपुग्दै घरबेटीले भाडा बढाएको लगायतका समस्या रहेको सामना गर्नु अबको नेतृत्वको चुनौती रहेको बताइन ।  
 
केही महिनाअघि उपत्यकाका १८ वटा साना तथा मझौला व्यवसायी संघहरुको एकताबाट स्थापना भएको महासंघलाई नीजि व्यवसायीहरुको साझा आवाज बनाउन जरुरी छ । साथै सेढाईजस्ता महिला व्यवसायीलाई स्थान दिदै महिला उद्यमीहरु अझै बढाउन जरुरी छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
2.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
3.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
4.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
5.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
6.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
7.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
8.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
9.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
10.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
11.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
12.   नयाँ बर्षमा मेगा बैंकको नयाँ अफर सार्वजनिक
13.   एभरेष्टको नयाँ शाखा नवलपुरको कावासोतीमा
14.   सिटी एक्सप्रेसको बम्पर उपहार विजेतालाई रेनल्ट क्विड प्रदान
15.   पूर्वप्रधानमन्त्री, अर्थमन्त्री र मेयरलाई महासंघको ज्ञापन–पत्र
16.   कुवेतबाट पनि थाल्यो सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा
17.   एभरेष्ट बैंकको नँया एक्सटेन्सन काउन्टर बिराटचोकमा
18.   एनआईसी एशियाको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु
19.   सेन्चुरी बैंकको सिइओमा तुल्सीराम गौतम
20.   हिमालयन बैंकद्धारा नेपालगञ्ज उपमहानगरपालिकालाई सहयोग
21.   इन्भेष्टमेण्ट बैंकको एकै दिन तीन नयाँ शाखा
22.   सिटी एक्सप्रेस र बैंक अल बिलाद, एन्जाज साउदी अरबबीच रेमिट्यान्स सम्झौता
23.   नेपाल इन्भेष्टमेण्ट बैंक ३३ औँ वर्षमा प्रवेश
24.   अनलाइन पेमेन्टका लागि उत्कृष्ट ‘इनेट पे’
25.   कोकाकोलाले ४० भाग्यशाली विजेतालाई विश्वकप हेर्न रुस लैजाने
Results 841: You are at page 1 of 34
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media