सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७४ फाल्गुन ०७ गते २२:५१

आज ६८ औ प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । ६८ वर्ष पहिले १०४ वर्ष निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको थियो । भारतमा निर्वासित जीवन व्यतीत गरिरहनुभएका तत्कालीन राजा त्रिभुवन वीर विक्रम शाहदेव फागुन ४ गते स्वेदश फर्की फागुन ७ गतेका दिन १०४ वर्षदेखि शासन गर्दै आएको राणा शासन अन्त्य गरी जनताको लागि जनताले नै शासन गर्न जनप्रतिनिधिको संविधान परिषद् गठन गर्ने घोषणा भएको थियो । 
 
भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको मध्यस्थतामा भएको राजा, राणा र नेपाली काँग्रेसबीच मुलुकमा प्रजातान्त्रिक व्यवस्था ल्याउने सहमतिअनुसार राजा त्रिभुवन स्वदेश फर्कनुभएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते ठूलो हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाउने गरिन्छ । यो दिन सरकारले सार्वजनिक बिदा समेत दिँदै आएको छ । 
 
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ६८औँ प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 
 
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले दिनुभएको शुभकामना सन्देशमा भन्नुभएको छ, ‘आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् । ’ प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा २००७, २०४६ र २०६२ र ६३ सालमा सफल आन्दोलनहरू भएको चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले ती सबै आन्दोलनका प्रतिबिम्बित जनइच्छाअनुसार नै हामी गर्वका साथ सङ्घीय लोकतान्त्रिक संविधानसहितको गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेका छौँ भन्नुभयो । 
 
राष्ट्रपति भण्डारीले उपलब्धिको मूल्याङ्कन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात गरी अगाडि बढ्नु साझा जिम्मेवारी र दायित्व भएको बताउनुभयो । राष्ट्रपतिले प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातरअज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण समेत गर्नुभएको छ । 
 
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । 
 
प्रधानमन्त्री ओलीले आइतबार जारी गर्नुभएको शुभकामना सन्देशमा देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । साथै, उहाँले दिवसका अवसरमा सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 
 
सन्देशमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमणकाल समाप्त भइसकेको सन्दर्भमा मुलुकको आर्थिक, सामाजिक रूपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार देशमा विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास दिलाउन चाहन्छु भनिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
2.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
3.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
4.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
5.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
6.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
7.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
8.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
9.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
10.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
11.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
12.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
13.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
14.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
15.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
16.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
17.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
18.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
19.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
20.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
21.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
22.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
23.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
24.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
25.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
Results 726: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media