मंगलवार, जेष्ठ ०८ गते, २०७५
सोमवार, २०७४ फाल्गुन ०६ गते ०२:४८

‘सम्पूर्ण उद्योगी,ब्यबसायी तथा व्यापारीहरु एक होऔं’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय व्यवसायी महासंघको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न महाधिबेशनले नरेश कटुवालको अध्यक्षतामा ६३ जनाको नयाँ कार्यसमिति सर्वसम्वत चयनसमेत गरेको छ । 
 
महासंघको प्रथम महाधिबेशनलाई प्रमुख अतिथि पूर्व सभामुख तथा सभासद ओनसरी घर्तिमगर, काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा अन्य अतिथिहरुले संवोधन गरेका थिए ।
 
कार्यक्रममा प्रमुख अतिथि मगरले उधोगी व्यवसायी तथा व्यापारीहरुको सहयोगले नै देश धानिएको उल्लेख गर्दै महासघका हरेक मागलाई संवोधन गर्न आफु तयार रहेको बताइन् । उनले उद्योग व्यवसायी तथा ब्यापारीहरुको लागि नयाँ नियम बनाउन र पुराना नियम कानुनहरु खारेज गर्न तत्पर रहेको प्रतिबद्दता ब्यक्त गरिन् । उनले भनिन्–‘सरकारबाट पाउनु पर्ने हकहितको लागि पनि केहि शंका नगर्न आग्रह गर्दछु ।’ पूर्वसभामुख मगरले सबै उद्योग व्यवसायी तथा ब्यापारीहरु मिलेर बनाएको एउटा घर ,यो महासंघ सुन्दर शान्त होस् साथै सबैले सितल थाप्ने चौतारी होस् भन्ने शुभकामना व्यक्त गरिन् ।


 
काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले व्यवसायीका एकताले नै बल हुने हुँदा एक भएर अगाडि बढ्न अनुरोध गरे । उनले महासंघको अबिधेशनको शुभकामना दिदै नयाँ कार्यसमितिसँग सहकार्य गर्ने प्रतिवद्धतासमेत जनाए । कार्यक्रमका अतिथिहरुले महासंघको अबिधेशनको सफलताको शुभकामना दिएका थिए । 
 
महाधिवेशनले साना र मझौला ब्यवसायीहरुको निरन्तरको मेहनतले मुलुकको अर्थतन्त्र र रोजगारी सृजनामा महत्वपूर्ण योगदान पु¥याएको भएपनि सरकार ब्यवसायीका समस्या समाधानमा उदासिन रहेको भन्दै तत्काल आफुहरुका माग सम्बोधन गर्न माग गरेको छ । 
 
महासंघले ब्यवसायीले सामना गरिरहेका चुनौतिलाई चिर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान वढाउने, ब्यवसाय मैत्री नीति लिनका लागि राज्यलाई घचघच्याउने जनाएको छ ।

महासंघमा १८ वटा संघ नेपाल ब्यापार संघ, राष्ट्रिय ब्यापार संघ, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघ, एकता ब्यापार संघ, चाहना ब्यापार संघ, खिचापोखरी–न्यूरोड ब्यापार संघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, फेन्सी व्यवसायी संघ नेपाल, रञ्जना ब्यापार संघ, सिभिल मल ब्यापार संघ आवद्ध छन् । यस्तै कोटेश्वर व्यवसायी संघ, नेपाल टेलीमार्के्िटङ एशोसिएसन, पिपुल्स प्लाजा ब्यापार संघ, ललितपुर तयारी पोशाक ब्यापार संघ, भक्तपुर रेडिमेट ब्यापार संघ, बौद्ध ब्यापार संघ, विशाल बजार ब्यापार संघ र नेपाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघ पनि नेपाल राष्ट्रिय ब्यवसायी महासंघमा आवद्ध छन् ।

 
मुलुकलाई आर्थिक समृद्धितिर लैजानका लागि व्यवसाय र व्यवसायीको हितको पक्षमा नीति नियम बन्नुपर्नेमा जोड दिँदै महासंघको पहिलो महाधिवेशन भब्यतापूर्वक सम्पन्न भएको महासचिव अशोककुमार शाक्य (अज्जन) ले वताए । उनले आफुहरु निरन्तर साना तथा मझौला उद्योगी व्यवसायीहरुको हक अधिकारको पक्षमा लागिरहने प्रतिवद्धता पनि जनाए ।

महासंघले घर बहाल नीति ल्याउन, भन्सारमा सबै खाले ब्यवसायीहरुको पहुँच स्थापित गरी सहजिकरण गर्न, न्यून बिजीकरणको व्यवस्था गर्न, ढुवानीमा कायम रहेको सिन्डिकेट हटाउन, ब्यवसायी मैत्री ब्यवहार गर्न, ब्यवसायीक जीवनको सुरक्षाका लागि उचित नीतिहरु तय गर्न, पाठ्य पुस्तकमै ब्यवसायीक शिक्षा समावेश गर्न, आतंकको रुपमा नभई विधिको रुपमा अनुगमन प्रणाली संचालन गर्न, लगानीको सुरक्षा ग्यारेन्टी गर्न, ब्यवसाय संचालनार्थ न्युन ब्याजदरमा ऋण उपलब्ध गराउन, निर्यातमूखी व्यवसायलाई उच्च प्राथमिकतामा राखेर विद्यमान ब्यापार घाटालाई न्यून गर्दै स्वदेशमै रोजगारीका अवसरहरु सृजना गर्नका लागि आवश्यक नीति नियमहरु तय गर्न सरकारकोे ध्यानाकर्षण गराएको छ । महाधिवेशनमा पाँचसय जना भन्दा वढी प्रतिनीधि र दुईसय जना पर्यवेक्षकहरु सहभागी थिए ।

 
नयाँ कार्यसमितिमा को को ? 

नेपाल राष्ट्रिय व्यवसायी महासंघको पहिलो महाधिवेशनले नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका अध्यक्ष तथा महासंघ तदर्थ समितिका अध्यक्षसमेत रहेका नरेश कटुवाल सर्वसम्मत अध्यक्ष चुनिएका छन् । 
 
नेपाल राष्ट्रिय ब्यवसायी महासंघको पहिलो महाधिवेशनबाट नरेश कटुवाल अध्यक्षमा चुनिएका छन् । साना तथा मझौला व्यवसायीहरुका १८ वटा संघ मिलेर बनेको महासंघको पहिलो महाधिवेशनबाट अध्यक्ष निवार्चित भएपछि कटुवालले अब सरकारसँग समन्वय गरी व्यवसायीहरुका साझा मुद्दा सम्बोधनका लागि अघि वढ्ने वताएका छन् ।



 
महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा कुमार कार्की र प्रथम उपाध्यक्षमा नयनबहादुर पण्डित क्षेत्रीलाई चयन गरेको छ । यसैगरी उपाध्यक्षहरुमा सरोजकुमार थापा, माधवप्रसाद खरेल, नरेन्द्र शाक्य, हेमबहादुर क्षेत्री, शशीभूमी श्रेष्ठ, रुक्मिणी सेढाई, मनोजबाबु श्रेष्ठ, गोविन्द कार्की, नरेन्द्र गुप्ता, भीमभक्त श्रेष्ठ, युवराज न्यौपाने र चिरञ्जिवी पौडेल चुनिएका छन् ।
 
महाधिवेशनबाट टेकबहादुर शाक्य (अञ्जन) महासचिवमा चुनिएका छन् भने विजयकुमार महर्जन, हरीबहादुर गौतम र सीता पुरीले उपमहासचिवको जिम्मेवारी पाएका छन् । रामचन्द्र गौतम, चन्द्रबहादुर लामिछाने, रामकुमार तिमिल्सिना, भोलानाथ पौडेल, राजेन्द्रबाबु श्रेष्ठ, अम्बीका थापा, रत्नबहादुर घिमिरे, युवराज चापागाई, कमल अग्रवाल र दिपकचन्द्र प्रधानले सचिवको जिम्मेवारी पाएका छन् । यसैगरी, कोषाध्यक्षमा महेन्द्रबहादुर रायमाझी चुनिँदा रामप्रसाद न्यौपाने, गणेशकुमार न्यौपाने, कुसुम महर्जन र मोहनकुमार माका सहकोषाध्यक्ष बनेका छन् ।
 
सदस्यहरुमा कल्पना दाहाल, नानीहिरा शाक्य, निरञ्जन सेढाई, रामणरण गिरी, कृष्णप्रसाद दुवाल, राजेन्द्रकुमार प्रजापति, सागर शाक्य, पार्वती पोखरेल, किशोरकुमार गौतम, शिवहरी प्याकुरेल, मुुम्ताज अन्सारी, लक्ष्मीकुमारी ठकुरी, धिरेन्द्र रिजाल, कपील शाही, विनयकुमार अग्रवाल, होमनाथ गिरी, अन्जु चाम्लिङ, टेकप्रसाद धिताल, रबीना ढकाल, गोपालदास श्रेष्ठ, अर्जुन बस्नेत, निलप्रसाद घिमिरे, हरिराम डाँगी, टेकबहादुर श्रेष्ठ, धनबीर श्रेष्ठ, सुर्यबहादुर रायमाझी, सुमित्रा खड्का, मदनकुमारी भण्डारी, चेङा शेर्पा चुनिएका छन् ।





 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
1.   महासंघको प्रथम महाधिबेशन सम्पन्न, अध्यक्षमा कटुवाल सर्वसम्मत
2.   नाट्टाको ५१ औं साधारण सभा एक झलक
3.   थाई नरेश भुमिबोलको अन्तेष्टिमा नेपालीवासीहरुको श्रद्धासुमन (फोटोफिचर)
4.   लाप्राक नमुनाबस्ती निर्माण अन्तिम चरणमा (फोटोफिचर)
5.   इन्टरनेशनल मेनपावरमा अन्तर्वार्ता दिनेको ओइरो (फोटो फिचर)
6.   तपाइँ कतिको सकारात्मक हुनुहुन्छ ?
7.   १७औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताहको शुभारम्भ ( फोटो फिचर )
8.   ‘आउट अफ ट्रयाक’मा श्रम मन्त्री देखि विदेशी
9.   सामाजिक सेवामा रोटरी र लिस्नर्स क्लब : रक्तदान र दन्त परिक्षण शिविर सम्पन्न ।
10.   कामदार विदेश पठाइदिएर व्यवसायीले कसैलाई गुन लगाएका होइनन्ः प्रधानमन्त्री ओली
11.   मनै लोभ्याउने रानिकोट (फोटोफिचरसहित)
12.   प्रत्येक घरका एक जनालाई जागिर दिने योजना
13.   लोक विजयसंग रेडियोमा एक घण्टा
14.   श्रीमतीले सोध्छिन , कहॉ काम गर्नु हुन्छ ?
15.   आफु मरेरै यात्रु बचाउने यी महान पाइलट
16.   फ्री भिषा फ्री टिकटको विरुद्ध मेनपावर नै बन्द गरि आन्दोलनमा व्यवसायीहरु (फोटोफिचर)
17.   मलेसियाको दुतावासमा नेपालीको पीडा (फोटोफिचर)
18.   यसरी गरियो नयाँ बर्षको स्वागत
19.   घरबेटीले बिधान बनाए भनेपछि डेरावाल पनि के कम ।
20.   नेपालको छाउपडी कुप्रथाबारे गार्डियनको फोटोकथा
21.   सजिलो छैन कोरियाको रोजगारी
22.   वैदेशिक रोजगार विभागको बेहाल (फोटो फिचर)
23.   मण्डेलाको अन्तिम विदाइ(फोटोफिचर)
24.   ग्राहक तान्न ब्रान्डेड कार कम्पनीका बिशेष उपहार
25.   स्वस्थ मासु र रमाइलो दसैं
Results 33: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media