सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७४ फाल्गुन ०६ गते ०१:४२

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले एक विज्ञप्ती निकाल्दै वैदेशिक रोजगारदाता संस्था अर्थात् मेनपावर कम्पनी दर्ता गर्ने कार्य तत्काल रोक्न श्रम तथा रोजगार मन्त्रालयसँग माग राखेपछि नयाँ मेनपावर खोल्नेकी रोक्ने भन्ने अन्योलता छाएको छ । 
 
खुल्ला बजारमा सरकारी प्रकृया पुरा गरेर जसले पनि व्यवसाय गर्न पाउने अधिकार एकातिर छ भने अर्कोतिर यो क्षेत्र व्यवस्थित र मर्यादित बनाउनका लागि च्याउसरी दर्ता गर्नु हुँदैन भन्ने आवाज छ । 
 
व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो मागलाई फेरि कडारुपमा राखेपछि दर्ताका लागि आतुर रहेका नयाँ मेनपावर सञ्चालकहरुमा अन्योला छाएकोे छ । संघले विज्ञप्तिमार्फत नयाँ मेनपावर दर्ता गर्ने कार्य रोक्न श्रम तथा रोजगार मन्त्रालयसँग माग गरेको हो ।
 
मन्त्रालयले वैदेशिक रोजगार विभागमा नयाँ म्यानपावर कम्पनी दर्ता गर्न अदालतको आदेश तथा फैसलासहित दिइएका निवेदन कार्यान्वयन गर्ने दायित्व लगायतका कार्य गर्न नयाँ महानिर्देशक नियुक्त गरी पठाएको सन्दर्भमा नयाँ लाइसेन्स दिन नहुने संघको धारणा सार्वजनिक भएको हो ।
 
संघका अध्यक्ष रोहन गुरुङले जारी गरेको विज्ञप्तिमा मुलुकको आवश्यकताभन्दा बढी मात्रामा म्यानपावर कम्पनी दर्ता गरिएकाले नयाँ कम्पनी दर्तामा रोक लगाउनु आवश्यक रहेको उल्लेख छ । एक अर्बभन्दा बढी जनसंख्या भएको छिमेकी मुलुक भारत लगायतका देशमा एक हजार मात्रै म्यानपावर भएको तर नेपालमा करिब एक हजार ५ सय म्यानपावर दर्ता भएको र थप दर्ता गर्न खोजिएको अध्यक्ष गुरुङले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
 
विज्ञप्तिमा कागजात पूरा नभएका व्यक्तिको आर्थिक प्रलोभनमा परी विभागले नयाँ दर्ताका लागि अनुमतिपत्र दिएको दावी गरिएको छ । नयाँ संस्था दर्ताका लागि १० लाखसम्म घुस लिएको अभियोगमा केही समयअघि वैदेशिक रोजगार विभागका महानिर्देशक र अधिकृत पक्राउ परेको घटनाले आफूहरुको आरोपलाई पुष्टि भएको संघको विज्ञप्तिमा दाबी गरिएको छ ।
 
वैदेशिक रोजगारीमा जाने कामदारको संख्या निरन्तर घटे पनि कामदार पठाउने एक मात्र उद्देश्य लिएर दर्ता हुने म्यानपावर कम्पनीहरुको संख्या निरन्तर बढिरहेको छ । संघका अनुसार म्यानपावर कम्पनीको संख्या १ हजार ५ सयको हाराहारीमा रहेका छन् । त्यसमध्ये करिब एक हजार म्यानपावर कामदार पठाउन सक्रिय देखिन्छन् । 
 
यसअघि तत्कालीन प्रधानमन्त्री डा .बाबुराम भट्टराईको कार्यकालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०६८÷०६÷१३ मा वैदेशिक रोजगार विभागबाट वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि अनुमति लिने संस्थाका संख्या र तिनका शाखा कार्यालयको अनुगमन गर्न पर्याप्त जनशक्तिको व्यवस्था हुन नसकेकोले हाललाई नयाँ अनुमति दिने कार्य रोक्ने व्यवस्था वैदेशिक रोजगार ऐन– २०६४ बमोजिम श्रम तथा यातायात व्यवस्था मन्त्रालयले मिलाउने भन्ने व्यहोराको निर्णय भएको थियो ।
 
तर सर्वोच्च अदालतले हिरालाल शाह निवेदक र नेपाल सरकार वैदेशिक रोजगार विभाग विपक्षी भएको परमादेश मुद्दामा २०७१ साल जेठ १८ गते परमादेशको आदेश जारी भई प्रधानमन्त्री कार्यालयको मिति २०६८÷०६÷१३ मा भएको आदेश खारेज गरिदिएको थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   समाजसेवी राजा घलेलाई कतारमा विशेष सम्मान
2.   यूएईले अवैध आप्रवासीलाई दियो तीन महिने आममाफी
3.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
4.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
5.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
6.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
7.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
8.   एनआरएन यूएईको आयोजनामा इफ्तार
9.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
10.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
11.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
12.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
13.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
14.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
15.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
16.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
17.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
18.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
19.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
20.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
21.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
22.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
23.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
24.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
25.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
Results 568: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media