मंगलवार, बैशाख ११ गते, २०७५
शनिवार, २०७४ फाल्गुन ०४ गते ०५:०३

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको शनिवार शुरु हुन गैरहेको पहिलो महाधिवेशन र नयाँ नेतृत्व चयनको अधिवेशनका लागि उपाध्यक्ष पदमा रुक्मिणी सेढाइले आफ्नो दावेदारी प्रस्तुत गरेकी छिन । 
 
विगत १५ वर्षदेखि व्यवसायिक क्षेत्रमा संलग्न सेढाइले आफू विशेषगरी महिला व्यवसायीहरुको उत्थानका साथै समग्र व्यवसायीहरुको हकहित तथा आवाज उठाउन सक्रिय रहेको बताउदै भोलिको दिनमा थप जिम्मेवारी पाए व्यवसायीको हकहितमा थप जिम्मेवार बनेर देखाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । 
 
उनी अहिले महासंघको सचिवका साथै चाहना व्यापार संघको उपाध्यक्ष, नेपाल व्यापार संघको प्रथम सचिव पनि हुन् । हिमालय सीमापार बाणिज्य संघमासमेत आवद्ध उनी व्यवसायसँगै विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थामा समेत आवद्ध छिन् । 
 
‘सम्भवत विभिन्न संस्थाहरुसँगको आवद्धताबाट पाएको अनुभव भरपूरसँग प्रयोग गर्ने अठोटसहित मैले महासंघको उपाध्यक्षमा दावी गरेको हु’ उनले भनिन– ‘हिजो सचिव रहदा मैले महासंघमा गरेका काम सबै साथीहरुले देख्नुभएकै छ, भोलीका दिनमा सरकार र अन्य निकायसँग समन्वय गर्दै हाम्रा साझा मुद्धा उठाउन र आम व्यवसायीहरुको दुःखमा साथ दिन हरपर म तपाईहरुसँगै रहनेछु ।’
 
उनले सरकारले साना तथा मझौला व्यवसायीहरुको समस्या नसुनेको, साना व्यवसायीलाई व्यवस्था गरेको, भन्सारमा सामान आयातमा दुःख दिने गरेको, घरवहाल कर व्यवसायीले तिर्नुपरेको, समय नपुग्दै घरबेटीले भाडा बढाएको लगायतका समस्या रहेको सामना गर्नु अबको नेतृत्वको चुनौती रहेको बताइन ।  
 
‘साँच्चै भन्ने हो भने हामीले जुन ढंगले देशको अर्थतन्त्रमा योगदान दिएका छौं तर हामीले त्यसको ठीक उल्टो धेरै समस्या भोग्न बाध्य भैरहेका छौ’ उपाध्यक्षका दावेदार सेढाइले भनिन–‘व्यवसायीमैत्री वातावरण सिर्जनाका लागि अब हामी एकजुट भएर लागि योजनावद्ध ढंगमा उपाध्यक्षको दावीसहित म अघि बढेकी हुँ ।’ 
 
केही महिनाअघि उपत्यकाका १८ वटा साना तथा मझौला व्यवसायीहरुको एकताबाट स्थापना भएको महासंघको पहिलो ऐतिहासिक महाधिवेशन शनिबार राष्ट्रिय सभागृहमा सुरु हुँदैछ । महासंघको महाधिवेशनमा झण्डै ५ सय प्रतिनिधि रहने छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
2.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
3.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
4.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
5.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
6.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
7.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
8.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
9.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
10.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
11.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
12.   नयाँ बर्षमा मेगा बैंकको नयाँ अफर सार्वजनिक
13.   एभरेष्टको नयाँ शाखा नवलपुरको कावासोतीमा
14.   सिटी एक्सप्रेसको बम्पर उपहार विजेतालाई रेनल्ट क्विड प्रदान
15.   पूर्वप्रधानमन्त्री, अर्थमन्त्री र मेयरलाई महासंघको ज्ञापन–पत्र
16.   कुवेतबाट पनि थाल्यो सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा
17.   एभरेष्ट बैंकको नँया एक्सटेन्सन काउन्टर बिराटचोकमा
18.   एनआईसी एशियाको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु
19.   सेन्चुरी बैंकको सिइओमा तुल्सीराम गौतम
20.   हिमालयन बैंकद्धारा नेपालगञ्ज उपमहानगरपालिकालाई सहयोग
21.   इन्भेष्टमेण्ट बैंकको एकै दिन तीन नयाँ शाखा
22.   सिटी एक्सप्रेस र बैंक अल बिलाद, एन्जाज साउदी अरबबीच रेमिट्यान्स सम्झौता
23.   नेपाल इन्भेष्टमेण्ट बैंक ३३ औँ वर्षमा प्रवेश
24.   अनलाइन पेमेन्टका लागि उत्कृष्ट ‘इनेट पे’
25.   कोकाकोलाले ४० भाग्यशाली विजेतालाई विश्वकप हेर्न रुस लैजाने
Results 841: You are at page 1 of 34
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media