सोमवार, असार ११ गते, २०७५
शनिवार, २०७४ फाल्गुन ०४ गते ००:०२

 
विजय थापा / अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर काउन्सिलले अमेरिकामा रहेका नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्टाटस 'टिपिएस रिजोलुसन’ प्रस्ताव पारित गरेको छ । फेव्रुअरी १४ तारिख भ्यालेण्टाईन डे का दिन पारित उक्त प्रस्ताव अमेरिकी नेपालीका लागि बेस्ट भ्यालेण्टाईन (प्रेम दिवस) उपहार सावित भएको छ । 
 
यो निर्णयपछि नेपालमा सन् २०१५ को अप्रिल २५ मा गएको महाभूकम्पपछि अमेरिकामा रहेका १४ हजार ७९१ नेपालीले टीपीएसबाट देश निकालाको डरविना काम गर्ने अनुमति (वर्क परमिट) पाएका छन् ।
 
जर्सी सिटी काउन्सिलद्वारा टिपिएस प्रस्ताव पारित गराउन जर्सी सिटी मेयरका सल्लाहकार डा। बिष्णुमाया परियार र जर्सी सिटी नेपाली समाजले गरेका थिए । जर्सी सिटी शहर काउन्सिलले यसअघि मे २७ २०१५ मा टिपिएस प्रस्ताव पारित गरेर अमेरिकाको पहिलो र एक मात्र शहर बनेको थियो । होमल्याण्ड सेक्यूरिटीबाट जुन २४ , २०१५ मा अमेरिकामा रहेका नेपालीलाई टीपीएस स्टाटस सुबिधा प्रदान गरेको थियो ।
 
होमल्याण्ड सेक्यूरिटीले अक्टोबर २६, २०१६ मा नविकरण गरेको थियो जुन आगामी जुन २४ तारिख सकिंदैछ ।
 
महाभूकम्पबाट ८ हजारभन्दा बढी नेपालीको ज्यान गुमेको थियो । महाभूकम्पपछि पुनर्निर्माणमा १० बिलियन डलर लाग्ने अनुमान गरिएको छ । जर्सी सिटीले फेव्रुअरी ९ तारिख २०१७ मा स्याङ्चुरी सिटीको रुपमा घोषणा गरेको थियो ।
 
जर्सी सिटी लगायत अमेरिकाका २३ वटा शहरहरुले स्याङ्चुरी शहर घोशणा गरेर बैधानिक कागजपत्र बिहिन आप्रवासीहरुलाई संरक्षण र बसोवास दिने प्रतिबद्दता जनाएका हुन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   समाजसेवी राजा घलेलाई कतारमा विशेष सम्मान
2.   यूएईले अवैध आप्रवासीलाई दियो तीन महिने आममाफी
3.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
4.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
5.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
6.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
7.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
8.   एनआरएन यूएईको आयोजनामा इफ्तार
9.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
10.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
11.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
12.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
13.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
14.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
15.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
16.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
17.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
18.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
19.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
20.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
21.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
22.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
23.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
24.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
25.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
Results 568: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media