सोमवार, असार ११ गते, २०७५
शुक्रवार, २०७४ फाल्गुन ०४ गते २३:४३

आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै छ । यस वर्ष तामाङको सोनाम र शेर्पाको ग्याल्बो ल्होछार एकै दिन परेको हो । ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

बौद्ध महायानी धर्मावलम्वीहरुले ग्याल्बो ल्होछारलाई नयाँ वर्षका रुपमा लिने गरेका छन् । विशेषगरी शेर्पा लगायत हिमाली क्षेत्रमा बस्ने समुदाय ग्याल्बो ल्होछार मनाउने गर्छन् । आजबाट चरा वर्ष पूरा भई कुकुर वर्ष सुरु भएको छ । 
 
यसैगरी तामाङ समुदायले १५ दिनसम्म मनाउने सोनाम (खि) ल्होछार पर्व सुरु भएको छ ।  मुलुकभरका तामाङहरुले २८५४औं सोनाम (खि) ल्होछार पर्व बिहीबारदेखि नै मनाउन थालेका हुन् । माघ शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व तामाङ समुदायको प्रमुख पर्व हो । यो पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाउने गरिएको छ ।
 
तामाङ समुदायले नयाँ वर्षको स्वागतका लागि घर, गुम्बा लगायतका सार्वजनिक स्थलहरुको सरसफाइ गरी आजैदेखि दीप प्रज्वलन गर्दै छन् । ल्होछारको दिन सम्पूर्ण प्राणीको सुख शान्तिको कामना गरी घर, गुम्बा, स्तुप, बाटो लगायतका सार्वजनिक स्थलहरुमा शान्तिको प्रतीक पञ्चरंगी झन्डा गाड्ने र सामूहिक कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ । 
 
ल्होछारको दोस्रो दिनदेखि १४ दिनसम्म मान्यजनले आफूभन्दा सानालाई टीका र खादा लगाई आशीर्वाद दिने प्रचलन रहेको छ ।
 
तामाङ समुदायले मनाउने सोनाम ल्होछार सूर्यपात्रो अनुसार माघ ४ मा परे पनि चन्द्र पात्रो (तामाङ क्यालेन्डर) अनुसार फागुन ४ मा परेकाले ग्याल्बो ल्होछारको दिन नै सोनाम ल्होछार मनाइएको नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य भीमबहादुर घिसिङले बताए।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
2.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
3.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
4.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
5.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
6.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
7.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
8.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
9.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
10.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
11.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
12.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
13.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
14.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
15.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
16.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
17.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
18.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
19.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
20.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
21.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
22.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
23.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
24.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
25.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
Results 726: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media