मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ फाल्गुन ०४ गते २३:०६

रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका काभ्रेको विकट गाँउ कात्तिके देउरालीेका युवाहरुको संगठन कात्तिके देउराली समाज दक्षिण कोरियाले रमेशप्रसाद गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
 
कोरियाको वैजम्बुमा फ्रेब्रुअरी १५ मा सम्पन्न समाजको प्रथम ऐतिहासिक अधिवेशनले गौतमको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा किशोर गौतम, सचिवमा राजेन्द्र दुलाल, कोषाध्यक्षमा सुमन गौतम तथा सदस्यहरुमा दिनेश चौलागाई, सुनिल गौतम र मनोज बास्कोटा चयन भए ।
 
सन् २०१५ मा दिपकप्रसाद चौलागाईको अध्यक्षतामा स्थापना भएको समाजलाई सोही वर्षको अक्टोबरदेखि किशोरराज गिरीले नेतृत्व गरेका थिए । स्थापनाको छोटो समयमै सामाजिक र परोपकारी काममा आफुलाई सर्म्पित गर्दै आएको संस्थाले आफ्ना गाँउका विरामीलाई आर्थिक सहयोग गर्नेदेखि गाँउको सहजताका लागि एम्बुलेन्ससमेत प्रदान गरेको छ ।
 
‘स्थापनाको छोटो समयमै सम्पूर्ण सदस्य साथीहरुको हात्तेमालोले संस्थालाई सामाजिक प्रतिष्ठासँग जोडनसक्नु र थोरै भएपनि सामाजिक तथा परोपकारी काम गर्न सक्नुमा आफैलाई गर्भ महसुस हुन्छ’ निवर्तमान अध्यक्ष गिरी भन्छन –‘संस्थाका हरेक सदस्यहरुको जुन किसिमको आत्मिय हात्तेमालो छ यो युगौयुग रहिरहेछ ।’ 


 
यस्तै नवनिर्वाचित अध्यक्ष रमेश गौतमले अघिल्लो कार्यसमितिले संस्थाको जग बसालेको स्मरण गर्दै आगामी दिनमा समाजले आफ्ना सामाजिक तथा परोपकारी कार्य थप शसक्त बनाउदै लैजाने बताए । ‘अघिल्लो नेतृत्वले संस्थाको जग बसालेको छ । अब भोलीका दिनमा अझ धेरै सामाजिक तथा परोपकारी काममा आफुलाई उभ्याउन हामीमा थप चुनौती पनि थपिएर आएको छ आशा छ त्यसलाई पनि हामीले मिलेर सामना गर्नेनै छौ’ नवनिर्वाचित अध्यक्ष गौतमले बताए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
2.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
3.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
4.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
5.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
6.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
7.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
8.   दुबईमा नेपाली ब्राण्डको पानी
9.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
10.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
11.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
12.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
13.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
14.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
15.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
16.   रसुवाली समाज यूएईको गठन
17.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
18.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
19.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
20.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
21.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
22.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
23.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
24.   कात्तिके देउराली समाज कोरियामा गौतम
25.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
Results 387: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media