सोमवार, जेष्ठ ०७ गते, २०७५
विहिवार, २०७४ फाल्गुन ०२ गते ०१:०९

 
रविन्द्र घिमिरे / दक्षिण कोरियाले सन् २०१८ को पहिलो चरणका लागि नेपाली कामदार लैजान शुरु गरेको छ । छनोट थालेलगत्तै भाषा परीक्षा उत्तीर्ण गरेका ११ सय नेपालीको श्रम सम्झौता पठाएको छ ।
 
थप ११ सयभन्दा बढीको ‘लेबर कन्ट्रयाक्ट’ आउन लागेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर पराजुलीले बताए । सन् २०१८ का लागि भाषा परीक्षा उत्तीर्ण गरेका पाँच जना कोरिया उडिसकेका छन् ।
 
गत वर्ष पहिलो लटमा पाँच सय कामदारको मात्रै कन्ट्रयाक्ट आएको थियो । यस वर्ष भने पहिलो लटमै कोरियाले राम्रो संख्यामा कन्ट्रयाक्ट पठाउने संकेत गरेको छ ।
 
यसैसाता सन् २०१८ का लागि ईपीएस उत्तीर्ण गरेका नेपाली कामदारको छनोट थालेको कोरियाले शुरुवातमै उक्त संख्यामा कन्ट्रयाक्ट पठाएको हो ।
 
कोरियाको मानव संशोधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक दुवैतर्फका कामदार छान्ने क्रम तीव्र पारेको छ । विभागले भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको चार चरणमा छनोट गर्ने गरेको छ ।
 
अब मे २०१८ मा दोस्रो चरणको छनोट शुरु हुनेछ । त्यसको तीन महिनापछि सबै लटको छनोट सकिने भण्डारीले बताए ।
 
कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हुन्छन् । उनीहरुले परीक्षा उत्तीर्ण भएकामध्येबाट आफूलाई आवश्यक पर्ने कामदारको भाषा परीक्षण गर्न पाउँछन् ।
 
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत् कोरियाली भाषा परीक्षामा यस वर्षका लागि १२ हजार एक सय आठ परीक्षार्थी उत्तीर्ण भएका छन् । ६८ हजारभन्दा बढीले भाषा परीक्षा दिएका थिए ।
 
यस वर्ष अघिल्लो वर्षभन्दा तीन गुणा बढी कामदार कोरिया जाँदैछन् । अघिल्लो वर्ष ३५ सय युवाले भाषा परीक्षामा उत्तीर्ण गरेका थिए । तीमध्ये करिब डेढ सयले अझै कोरिया उड्न पाएका छैनन् ।
 
सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन शुरु गरेको हो । हालसम्म दक्षिणकोरियामा ईपीएसमार्फत् ३५ हजारभन्दा बढी हजार नेपाली युवा पुगिसकेका छन् ।
 
मासिक एक लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले नेपाली कामदारको आकर्षण कोरियामा अत्यधिक छ ।
 
गत डिसेम्बर अन्तिमसम्म ५० हजार कामदार त्यहाँ पुगिसकेका छन् । कोरियाले ४० वर्ष ननाघेका अदक्ष कामदारलाई आकर्षक तलब दिने गरी आफ्नो मुलुकमा लगिरहेको छ । १० वर्षमा प्रतिवर्ष औसत पाँच हजार नेपाली कामदारलाई रोजगारी दिइरहेको छ ।
 
अहिले नेपाली कामदारको न्यूनतम तलब मासिक एक लाख ४२ हजार रुपैयाँ तोकिएको छ । कोरियाले कृषि तथा उत्पादनमुलक (उद्योग) समूह विभाजन गरी कामदार लैजान्छ ।
 
कृषिभन्दा उत्पादनमुलक समूहबाट जानेहरुले बढी आम्दानी गर्ने गरेका छन् । कोरियाका लागि आगामी चैतमा सन् २०१९ का लागि भाषा परीक्षा हुँदैछ ।
-अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
2.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
3.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
4.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
5.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
6.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
7.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
8.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
9.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
10.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
11.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
12.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
13.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
14.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
15.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
16.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
17.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
18.   कतारले कामदारको क्षतिपूर्ति दिने
19.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
20.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
21.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
22.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
23.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
24.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
25.   श्रम तथा रोजगार मन्त्रालयमा विष्टको प्रवेश
Results 554: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media