सोमवार, फाल्गुन ०७ गते, २०७४
प्रथम ऐतिहाँसिक महाधिबेशन फागुन ५ मा हुँदै
बुधवार, २०७४ फाल्गुन ०१ गते ०३:१९

 
नेपाल राष्ट्रिय ब्यवसायी महासंघको पहिलो महाधिवेशन आगामी फागुन ५ गते काठमाडौमा हुने भएको छ । साना तथा मझौला व्यवसायीहरुका १८ वटा संघ मिलेर बनेको महासंघले सबै व्यवसायीहरुका मुद्धालाई बुलन्दरुपमा उठाउने जनाएको छ । 
 
महासंघको तदर्थ समितिले आफ्नो प्रथम महाधिवेशनका सन्दर्भमा जानकारी दिने उद्धेश्यले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै व्यवसायीहरुका माग र मुद्धालाई सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् । ठूला भनाउँदा व्यवसायीहरुले साना तथा मझौला व्यवसायीका मुद्धालाई ओझेलमा पारेकाले स्वतस्फुर्त महासंघको जन्म भएको तदर्थ समितिका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।  


 
काठमाडौंको राष्ट्रिय सभा गृहमा आउँदो फागुन ५ गते हुने प्रथम महाधिवेशनमा पाँचसय जना भन्दा वढी प्रतिनीधि र दुईसय जना पर्यवेक्षकहरु सहभागी रहने जनाइएको छ । आपसी एकता र सामूहिक प्रयासबाट मात्र ब्यवसायीक हितको प्रवद्र्धन, राष्ट्रिय अर्थतन्त्रमा योगदान र समाजको सकारात्मक रुपान्तरणका लागि भूमिका खेल्न सक्छौ भन्ने मान्यताकासाथ स्थापित महासंघले आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन गर्न लाग्दा निकै खुशी भएको अध्यक्ष कटुवालले वताए ।
 
उनले भने ‘नेपाल राष्ट्रिय ब्यवसायी महासंघमा १८ वटा ब्यवसायीक संघहरु सम्वद्ध छन्, स्थापनाको छोटो समयमै राष्ट्रिय ब्यवसायी महासंघमा अन्य संघहरुको आवद्धताले हामी उत्साहित बनेका छौ’ । ब्यवसायीले सामना गरिरहेका चुनौतिलाई चिर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान वढाउने, ब्यवसाय मैत्री नीति लिनका लागि राज्यलाई घचघच्याउने काम महासंघले गर्ने अध्यक्ष कटुवालले ब्यक्त गरे । 


 
महासंघमा नेपाल ब्यापार संघ, राष्ट्रिय ब्यापार संघ, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघ, एकता ब्यापार संघ, चाहना ब्यापार संघ, खिचापोखरी–न्यूरोड ब्यापार संघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, फेन्सी व्यवसायी संघ नेपाल, रञ्जना ब्यापार संघ, सिभिल मल ब्यापार संघ रहेका छन् ।
 
त्यस्तै कोटेश्वर व्यवसायी संघ, नेपाल टेलीमार्केटिङ एशोसिएशन, पिपुल्स प्लाजा ब्यापार संघ, ललितपुर तयारी पोशाक ब्यापार संघ, भक्तपुर रेडिमेट ब्यापार संघ, बौद्ध ब्यापार संघ, विशाल बजार ब्यापार संघ र नेपाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघ रहेका छन् ।
 
मुलुकलाई आर्थिक समृद्धितिर लैजानका लागि व्यवसाय र व्यवसायीलाई बढावा दिनु पर्ने बताउँदै महासंघका महासचिव अज्जन शाक्यले भने–‘साना तथा मझौला उद्योगी व्यवसायीहरुको हित र अधिकारको रक्षार्थ महासंघ गठन गरिएको हो ।’ अब राज्यले अति ठूला ब्यवसायीलाई मात्र महत्व दिने पूर्वाग्रही नीति त्याग्नु पर्नेमा महासचिव शाक्य जोड दिन्छन् । 
 
महासंघले घरधनीले तत्काल घर बहाल नीति ल्याउन, भन्सारमा सबै खाले ब्यवसायीहरुको पहुँच स्थापित गरी सहजिकरण गर्न, न्यून बिजीकरणको व्यवस्था गर्न, ढुवानीमा कायम रहेको सिन्डिकेट हटाउन, ब्यवसायी मैत्री ब्यवहार गर्न, ब्यवसायीक जीवनको सुरक्षाका लागि उचित नीतिहरु तय गर्न, पाठ्य पुस्तकमै ब्यवसायीक शिक्षा समावेश गर्न, आतंकको रुपमा नभई विधिको रुपमा अनुगमन प्रणाली संचालन गर्न, लगानीको सुरक्षा ग्यारेन्टी गर्न, ब्यवसाय संचालनार्थ न्युन ब्याजदरमा ऋण उपलब्ध गराउन,  निर्यातमूखी व्यवसायलाई उच्च प्राथमिकतामा राखेर विद्यमान ब्यापार घाटालाई न्यून गर्दै स्वदेशमै रोजगारीका अवसरहरु सृजना गर्नका लागि आवश्यक नीति नियमहरु तय गर्न राज्यको ध्यानाकर्षण गराएको छ । 
 
महासंघका बरिष्ठ उपाध्यक्ष कुमार कार्कीले महासंघको महाधिबेशनमा उपस्थित हुन आग्रह गरे ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
576.   भूकम्प पीडितलाई यती बैंकको सहयोग
577.   पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि
578.   इजी लिंक र एनआइसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता
579.   आर्थिक पत्रकार संघमा सापकोटाको नेतृत्व
580.   वायु सेवा निगमको महाप्रवन्धकमा कंसाकार नियुक्त
581.   भुकम्प पीडितलाई विओकेको सहयोग
582.   भूकम्प पीडितको ५० हजारसम्मको ऋण मिनाहा
583.   भूकम्प पीडितलाई ऋण दिन बैंकहरु तयार
584.   राष्ट्र बैंकको प्रतिवेदन : मूल्यवृद्धि ६.९ प्रतिशत मात्रै
585.   ग्लोबल आइएमईको सिइओमा ज्ञवाली
586.   बेष्ट र एनआईसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता
587.   आइएमईको साढे २ करोड प्रधानमन्त्री उद्दार कोषमा
588.   भूकम्प पीडितलाई हिमालयन बैंकको १ करोड राहत
589.   इन्भेष्टमेण्ट बैंकद्वारा भुकम्प प्रभावित क्षेत्रमा राहत वितरण
590.   दोलखामा प्रभु समुहको राहत
591.   २५ करोड राहत दिने चौधरी ग्रुपको घोषणा
592.   भूकम्प पीडितलाई कुमारी बैंकको ५१ लाख सहयोग
593.   कैलाश विकास बैंकद्धारा भुकम्पपीडितलाई २८ लाख ८० हजार सहयोग
594.   भूकम्प पीडितका लागि मेगा बैंकको ५० लाख सहयोग
595.   वेष्ट रेमिटले निशुल्क सेवा दिने
596.   रेमिट्यान्स कम्पनीहरुद्धारा राहत सहयोग
597.   ‘एस रेमिट’ले थाल्यो कारोवार
598.   यतीको जग्गा-गाडी विशेष कर्जा योजना
599.   कुमारी बैंकले ल्यायो ‘कुमारी स्वस्थ जीवन बचत खाता’
600.   विदेशमा नेपालीलाई लगानीको वाटो खोल्न गभर्नरसँग आग्रह
Results 814: You are at page 24 of 33
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media