सोमवार, फाल्गुन ०७ गते, २०७४
प्रथम ऐतिहाँसिक महाधिबेशन फागुन ५ मा हुँदै
बुधवार, २०७४ फाल्गुन ०१ गते ०३:१९

 
नेपाल राष्ट्रिय ब्यवसायी महासंघको पहिलो महाधिवेशन आगामी फागुन ५ गते काठमाडौमा हुने भएको छ । साना तथा मझौला व्यवसायीहरुका १८ वटा संघ मिलेर बनेको महासंघले सबै व्यवसायीहरुका मुद्धालाई बुलन्दरुपमा उठाउने जनाएको छ । 
 
महासंघको तदर्थ समितिले आफ्नो प्रथम महाधिवेशनका सन्दर्भमा जानकारी दिने उद्धेश्यले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै व्यवसायीहरुका माग र मुद्धालाई सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् । ठूला भनाउँदा व्यवसायीहरुले साना तथा मझौला व्यवसायीका मुद्धालाई ओझेलमा पारेकाले स्वतस्फुर्त महासंघको जन्म भएको तदर्थ समितिका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।  


 
काठमाडौंको राष्ट्रिय सभा गृहमा आउँदो फागुन ५ गते हुने प्रथम महाधिवेशनमा पाँचसय जना भन्दा वढी प्रतिनीधि र दुईसय जना पर्यवेक्षकहरु सहभागी रहने जनाइएको छ । आपसी एकता र सामूहिक प्रयासबाट मात्र ब्यवसायीक हितको प्रवद्र्धन, राष्ट्रिय अर्थतन्त्रमा योगदान र समाजको सकारात्मक रुपान्तरणका लागि भूमिका खेल्न सक्छौ भन्ने मान्यताकासाथ स्थापित महासंघले आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन गर्न लाग्दा निकै खुशी भएको अध्यक्ष कटुवालले वताए ।
 
उनले भने ‘नेपाल राष्ट्रिय ब्यवसायी महासंघमा १८ वटा ब्यवसायीक संघहरु सम्वद्ध छन्, स्थापनाको छोटो समयमै राष्ट्रिय ब्यवसायी महासंघमा अन्य संघहरुको आवद्धताले हामी उत्साहित बनेका छौ’ । ब्यवसायीले सामना गरिरहेका चुनौतिलाई चिर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान वढाउने, ब्यवसाय मैत्री नीति लिनका लागि राज्यलाई घचघच्याउने काम महासंघले गर्ने अध्यक्ष कटुवालले ब्यक्त गरे । 


 
महासंघमा नेपाल ब्यापार संघ, राष्ट्रिय ब्यापार संघ, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघ, एकता ब्यापार संघ, चाहना ब्यापार संघ, खिचापोखरी–न्यूरोड ब्यापार संघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, फेन्सी व्यवसायी संघ नेपाल, रञ्जना ब्यापार संघ, सिभिल मल ब्यापार संघ रहेका छन् ।
 
त्यस्तै कोटेश्वर व्यवसायी संघ, नेपाल टेलीमार्केटिङ एशोसिएशन, पिपुल्स प्लाजा ब्यापार संघ, ललितपुर तयारी पोशाक ब्यापार संघ, भक्तपुर रेडिमेट ब्यापार संघ, बौद्ध ब्यापार संघ, विशाल बजार ब्यापार संघ र नेपाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघ रहेका छन् ।
 
मुलुकलाई आर्थिक समृद्धितिर लैजानका लागि व्यवसाय र व्यवसायीलाई बढावा दिनु पर्ने बताउँदै महासंघका महासचिव अज्जन शाक्यले भने–‘साना तथा मझौला उद्योगी व्यवसायीहरुको हित र अधिकारको रक्षार्थ महासंघ गठन गरिएको हो ।’ अब राज्यले अति ठूला ब्यवसायीलाई मात्र महत्व दिने पूर्वाग्रही नीति त्याग्नु पर्नेमा महासचिव शाक्य जोड दिन्छन् । 
 
महासंघले घरधनीले तत्काल घर बहाल नीति ल्याउन, भन्सारमा सबै खाले ब्यवसायीहरुको पहुँच स्थापित गरी सहजिकरण गर्न, न्यून बिजीकरणको व्यवस्था गर्न, ढुवानीमा कायम रहेको सिन्डिकेट हटाउन, ब्यवसायी मैत्री ब्यवहार गर्न, ब्यवसायीक जीवनको सुरक्षाका लागि उचित नीतिहरु तय गर्न, पाठ्य पुस्तकमै ब्यवसायीक शिक्षा समावेश गर्न, आतंकको रुपमा नभई विधिको रुपमा अनुगमन प्रणाली संचालन गर्न, लगानीको सुरक्षा ग्यारेन्टी गर्न, ब्यवसाय संचालनार्थ न्युन ब्याजदरमा ऋण उपलब्ध गराउन,  निर्यातमूखी व्यवसायलाई उच्च प्राथमिकतामा राखेर विद्यमान ब्यापार घाटालाई न्यून गर्दै स्वदेशमै रोजगारीका अवसरहरु सृजना गर्नका लागि आवश्यक नीति नियमहरु तय गर्न राज्यको ध्यानाकर्षण गराएको छ । 
 
महासंघका बरिष्ठ उपाध्यक्ष कुमार कार्कीले महासंघको महाधिबेशनमा उपस्थित हुन आग्रह गरे ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
401.   प्रभू बैंकद्वारा प्रभातकालीन काउण्टर सेवा सञ्चालन
402.   हार्भेष्टमुन उत्कृष्ट ट्राभल्स घोषित
403.   धरहरा बनाउन एसबीआर्इ बैंकले दियो ५ करोड २१ लाख
404.   प्रभु र नेशनल माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
405.   सेञ्चुरी बैंक र ट्रान्स-फास्ट रेमिटबीच रेमिट्यान्स सम्झौता
406.   प्रभु मनि ट्रान्सफरद्वारा रेमिटेन्स सम्झौता
407.   प्रभु मनि ट्रान्स्फर र नेपाल सेवा लघुवित्तबीच रेमिट्यान्स सम्झौता
408.   हिमालयन बैंकको नाफा ४६ प्रतिशतले बढ्यो
409.   एभरेष्ट बैंकले अमेरिकामा पनि रेमिटान्स सेवा सुरु गर्‍यो
410.   मेगा बैंकको २५ % हकप्रद शेयर निष्काशन हुंदै,ग्लोबल आइएमइ क्यापिटल विक्री प्रबन्धक नियुक्त
411.   साउदी अरबको नेशनल बैंक र ग्लोबल आइएमईबीच रेमिट्यान्स सम्झौता
412.   नेपाली फुटबल प्रतियोगिताहरुको डिसहोमले प्रत्यक्ष प्रशारण गर्ने
413.   एभरेष्ट बैंक र मेटलाइफ नेपालबीच सम्झौता
414.   इपिएसमा ग्लोबल आइएमई बैंकको सेवा
415.   हिमालय बैंकले सौर्य बत्ती र ब्ल्यांकेट बाँड्यो
416.   बैक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा सम्झौता
417.   पश्चिमाञ्चल डेभलपमेन्ट र मेगा बैंकको संयुक्त कारोबार सुरु
418.   एभरेष्ट बैंकको रक्तदान कार्यक्रम
419.   आईएमई क्योदाई ‘घर जाने हर्ष’ योजना अन्तर्गत तेस्रो हप्ताको विजेता घोषित
420.   वैदेशिक रोजगारीमा रहेकाको परिवारलाई निःशुल्क सिमकार्ड
421.   भारतमा पनि ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय
422.   आइएमईको ‘घर जाने हर्ष’ योजनाको दोश्रो विजेता घोषणा
423.   बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला
424.   कतारको सीप र पूँजीबाट महानगर सुपरमार्केट संचालनमा
425.   प्रभु मनिबाट रेमिट्यान्स पठाउदा एनटिसीको सीम निशुल्क
Results 814: You are at page 17 of 33
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media