विहिवार, जेष्ठ १० गते, २०७५
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:५७

आगामी १८ फागुनमा होलीको अवसरमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
 
डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा पोखराको दशरथ रंगशालामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
 
प्रतियोगितामा विभिन्न चार मुलुकका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।
 
अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नील पनि उक्त प्रतियोगितामा भिड्नेछन् ।
 
प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरू रहेका छन् । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छिन् ।
 
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरू पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के सी र प्रदिप पाण्डेले संचालन गर्नेछन् । उक्त प्रतियोगितामा कमेन्टेटरमा नेपालका प्रसिद्र्घ यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्स को जोडी रहनेछ । डिसहोम एक्सन स्पोर्टस टिभीले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेसमेत जनाइएको छ ।
 
पोखरापछि आरडब्लु संग्राम नेपालका अन्य सहरहरूमासमेत लैजाने योजना रहेको आयोजकले जनाएको छ ।
 
हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर अर्थात कमल तामाङ्ले नियमति रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको अभ्यास दिनका लागि हाल संघले अमेरिकन प्रशिक्षक जिजस मालकीबाट तालिम दिने व्यवस्था मिलाएको बताएको छ । 
 
नेपाल रिङ रेस्लिङ संघकी महासचिब सुवर्ण श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ, ‘हामीले यहि आउँदो २०७४ फागुन १८ गतेका दिन पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित (रअ संग्राम) नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउँछौं । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको ब्यबस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकाश समितिको समंयोजकत्वमा रेस्लिङ प्रतियोगिता गर्न लागेका हौं ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
176.   अब नेपालको भिसा आवेदन मोबाइल एपबाटै
177.   परराष्ट्रका कर्मचारीको भत्ता बढ्यो
178.   जापान पठाइदिने प्रलोभनमा दुई करोड ठगी
179.   निर्वाचनको दिन असार १४ गते सार्बजनिक विदा
180.   प्रधानमन्त्री भएको २ सातापछि साइत हेराएर बालुवाटार सरे देउवा
181.   साढे ७ लाख स्मार्ट लाइसेन्सका लागि टेण्डर
182.   एसईईको नतिजा सार्वजनिक, पूरक परीक्षा आगामी साउन १९ गते
183.   छिमेकी सँग कुटनीतिक सम्बन्ध बिच्छेदको असर, कतारी खेलाडी माथि फिफाले कारबाही गर्ने संकेत
184.   सामाजिक सुरक्षा विधेयक श्रम समितिबाट परिमार्जनसहित पारित
185.   आज विश्व रक्तदाता दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
186.   संखुवासभाका अग्रज संचारकर्मी ‘पदम बा’ एसकाजबाट सम्मानित
187.   अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपाली फिर्ता
188.   ३ उपप्रधानमन्त्रीसहित ७ मन्त्रीको सपथ, श्रम मन्त्रीमा मन्सुर
189.   ४० औं प्रधानमन्त्रीमा देउवा
190.   काठमाडौं-दोहाका यात्रुलाई असर नपर्ने
191.   सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
192.   ९१ प्रतिशत घरधुरीमा शौचालय, ९ प्रतिशतलाई कसरत
193.   बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीद्धारा आह्वान
194.   काबुल विस्फोटमा पाँच नेपाली घाइते
195.   प्रथम अन्तरास्ट्रिय युवा भेला सम्पन्न
196.   बत्तिसपुतलीमा खुल्यो सुविधा सम्पन्न 'होटल इम्पेरियल काठमाडौं'
197.   योग्य साथीलाइ मार्ग प्रसस्त गर्न म आफै लागिरहेको छु, मनमा जे आयो त्यहि आरोप लगाउने ? ढकाल (हेर्नुस भिडियो)
198.   दोस्रो चरणको स्थानीय निर्वाचन असार ९ गते हुने
199.   प्रधानमन्त्रीबाट दु्रतमार्गको शिलान्यास
200.   दरवारमार्गमा खुल्यो अत्याधुनिक शैलुन
Results 707: You are at page 8 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media