विहिवार, फाल्गुन १० गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:५७

आगामी १८ फागुनमा होलीको अवसरमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
 
डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा पोखराको दशरथ रंगशालामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
 
प्रतियोगितामा विभिन्न चार मुलुकका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।
 
अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नील पनि उक्त प्रतियोगितामा भिड्नेछन् ।
 
प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरू रहेका छन् । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छिन् ।
 
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरू पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के सी र प्रदिप पाण्डेले संचालन गर्नेछन् । उक्त प्रतियोगितामा कमेन्टेटरमा नेपालका प्रसिद्र्घ यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्स को जोडी रहनेछ । डिसहोम एक्सन स्पोर्टस टिभीले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेसमेत जनाइएको छ ।
 
पोखरापछि आरडब्लु संग्राम नेपालका अन्य सहरहरूमासमेत लैजाने योजना रहेको आयोजकले जनाएको छ ।
 
हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर अर्थात कमल तामाङ्ले नियमति रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको अभ्यास दिनका लागि हाल संघले अमेरिकन प्रशिक्षक जिजस मालकीबाट तालिम दिने व्यवस्था मिलाएको बताएको छ । 
 
नेपाल रिङ रेस्लिङ संघकी महासचिब सुवर्ण श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ, ‘हामीले यहि आउँदो २०७४ फागुन १८ गतेका दिन पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित (रअ संग्राम) नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउँछौं । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको ब्यबस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकाश समितिको समंयोजकत्वमा रेस्लिङ प्रतियोगिता गर्न लागेका हौं ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
101.   संखुवासभालाई दुई निर्वाचन क्षेत्र नै निर्धारण गर्न माग
102.   आज हरितालिका तीज, शिवालयहरुमा बिहानैदेखि महिलाहरुको भीड
103.   नेपालसँग हवाईसम्झौता गर्न अष्ट्रेलिया सकारात्मक
104.   बाढी पीडितलाई सहयोग गर्न बेलायत तयार : राजदूत मोरिस
105.   मनकामनामा अतिथी गृह बनाउँदै संखुवासभा समाज अमेरिका
106.   ईण्डोनेशियाको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा बाणिज्यदूत ढकालद्धारा झण्डोलोत्तन
107.   पेट्रोलपम्पमा उपभोक्ताको लाइन, केही दिनमा सहज हुने
108.   बाढीपहिरोमा परी ३५ जनाको मृत्यु, बिजुली पनि छैन
109.   दिवङ्गत भएकाको सम्झनामा आज गाईजात्रा पर्व मनाइँदै
110.   ५ लाख पर्ने यूएमका दुई बाइक नेपाली बजारमा
111.   पर्वतारोहण संघको अध्यक्षमा लामा विजयी
112.   सञ्चारसम्बन्धी समस्याको समाधानमा पहल गर्छु : मन्त्री बस्नेत
113.   पाकिस्तानी प्रधानमन्त्री सरीफ अदालतबाट अयोग्य ठहर
114.   नागपञ्चमी र जनैपूर्णिमा एकै दिन मनाइँदै
115.   ढोकामा भोटे ताल्चा लगाएर होइन,ढोका खोलेर एकताको कुरा गर्नुस ओलीजी : प्रचण्ड
116.   राहदानी बिभागलाई आइएसओ प्रमाणपत्र
117.   कतारमा रहेका नेपालीप्रति प्रधानमन्त्रीको चासो
118.   विदेशमा रहेका नेपालीले भोट हाल्न पाउनुपर्छ : मन्त्री मनसुर
119.   एक वर्षमा ५० हजार विद्यार्थी बिदेशतिर
120.   एसईईमा उत्तिर्ण छात्रछात्रालाई होटल व्यवसायी संघको सम्मान
121.   ‘विश्वकै सर्वोत्कृष्ट एयरलाइन’ उपाधि जितेबापत कतार एयरवेजद्वारा छुटको घोषणा
122.   होटलहरुले प्रतिग्राहक ३ सय डलरसम्म साट्न पाउने
123.   अब नेपालको भिसा आवेदन मोबाइल एपबाटै
124.   परराष्ट्रका कर्मचारीको भत्ता बढ्यो
125.   जापान पठाइदिने प्रलोभनमा दुई करोड ठगी
Results 654: You are at page 5 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media