विहिवार, फाल्गुन १० गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:५७

आगामी १८ फागुनमा होलीको अवसरमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
 
डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा पोखराको दशरथ रंगशालामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
 
प्रतियोगितामा विभिन्न चार मुलुकका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।
 
अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नील पनि उक्त प्रतियोगितामा भिड्नेछन् ।
 
प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरू रहेका छन् । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छिन् ।
 
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरू पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के सी र प्रदिप पाण्डेले संचालन गर्नेछन् । उक्त प्रतियोगितामा कमेन्टेटरमा नेपालका प्रसिद्र्घ यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्स को जोडी रहनेछ । डिसहोम एक्सन स्पोर्टस टिभीले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेसमेत जनाइएको छ ।
 
पोखरापछि आरडब्लु संग्राम नेपालका अन्य सहरहरूमासमेत लैजाने योजना रहेको आयोजकले जनाएको छ ।
 
हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर अर्थात कमल तामाङ्ले नियमति रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको अभ्यास दिनका लागि हाल संघले अमेरिकन प्रशिक्षक जिजस मालकीबाट तालिम दिने व्यवस्था मिलाएको बताएको छ । 
 
नेपाल रिङ रेस्लिङ संघकी महासचिब सुवर्ण श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ, ‘हामीले यहि आउँदो २०७४ फागुन १८ गतेका दिन पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित (रअ संग्राम) नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउँछौं । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको ब्यबस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकाश समितिको समंयोजकत्वमा रेस्लिङ प्रतियोगिता गर्न लागेका हौं ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
76.   कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन्
77.   अध्यागमन कर्मचारी र प्रहरी नै मानव तस्करमा संलग्‍न : सेटिङबाट युएई गएका १५ जनाको उद्धार
78.   एनआरएनए संस्थापक अध्यक्ष महतोको मेडिसिटी अस्पताल संचालनमा
79.   भूकम्प पीडितलाई सामुहिक जमानीमा ऋण दिने मन्त्रिपरिषद्को निर्णय
80.   कोजाग्रत पूर्णिमा आज,दशै सकियो
81.   अमेरिकाले खुलायो इडिभी चिट्ठा २०१९ को फर्म, कात्तिक २१ सम्म भर्न सकिने
82.   अरुण तेस्रो शिलान्यास गर्न भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने
83.   अमेरिकाले लगायो ८ मुलकमाथि अमेरिका घुम्न प्रतिबन्ध
84.   कुलेश्वर पोलिक्लिनिक सहित ४ संस्थाको आयोजनामा रक्तदान कार्यक्रम
85.   सात लाख भूकम्पपीडितको दशैं टहरामै
86.   आजबाट बडादसैँ सुरु घरघरमा जमरा राखिँयो
87.   टेक्ससको समुद्रि बाढीमा सहयोग गदै नेपाली युवा
88.   फेरी आमरण अनशन बस्ने केसीको घोषणा
89.   मनराम–एसकाज पत्रकारिता पुस्कार गिरीलाई प्रदान
90.   नेपाल आयल निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त
91.   अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुदै
92.   एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा
93.   मङ्गलबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला हुने
94.   आज निजामती सेवा दिवस मनाइँदै
95.   काठमाडौमा ८८ किलो सुनसहित १ व्यक्ति पक्राउ
96.   आज बकर इद मनाइदै, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना
97.   टुंगो लाग्यो प्रतिनिधिसभा निर्वाचन क्षेत्र, कुन जिल्लामा कति ?
98.   प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा
99.   कर्मचारीबाट खोसेर अध्यागमन प्रहरीलाई जिम्मा लगाउने तयारी
100.   अधिकारकर्मी प्याकुरेललाई अमेरिकामा ‘हिरो अवार्ड’
Results 654: You are at page 4 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media