सोमवार, फाल्गुन ०७ गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:५७

आगामी १८ फागुनमा होलीको अवसरमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
 
डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा पोखराको दशरथ रंगशालामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
 
प्रतियोगितामा विभिन्न चार मुलुकका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।
 
अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नील पनि उक्त प्रतियोगितामा भिड्नेछन् ।
 
प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरू रहेका छन् । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छिन् ।
 
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरू पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के सी र प्रदिप पाण्डेले संचालन गर्नेछन् । उक्त प्रतियोगितामा कमेन्टेटरमा नेपालका प्रसिद्र्घ यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्स को जोडी रहनेछ । डिसहोम एक्सन स्पोर्टस टिभीले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेसमेत जनाइएको छ ।
 
पोखरापछि आरडब्लु संग्राम नेपालका अन्य सहरहरूमासमेत लैजाने योजना रहेको आयोजकले जनाएको छ ।
 
हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर अर्थात कमल तामाङ्ले नियमति रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको अभ्यास दिनका लागि हाल संघले अमेरिकन प्रशिक्षक जिजस मालकीबाट तालिम दिने व्यवस्था मिलाएको बताएको छ । 
 
नेपाल रिङ रेस्लिङ संघकी महासचिब सुवर्ण श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ, ‘हामीले यहि आउँदो २०७४ फागुन १८ गतेका दिन पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित (रअ संग्राम) नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउँछौं । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको ब्यबस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकाश समितिको समंयोजकत्वमा रेस्लिङ प्रतियोगिता गर्न लागेका हौं ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
576.   कृषि प्रशिक्षणका लागि ३ सय ६० युवालाई इजरायल पठाइने
577.   स्काउटमा करोडौंको अनियमितता, युवाहरु सडकमा
578.   मलेसियाले १ वर्षभित्र दुईलाख नेपाली कामदारलाई रोजगार दिने
579.   संघ अध्यक्ष विवादमा पुृनरावेदनले उल्टयायो जिप्रकाको निर्णय
580.   मलेसियाको कानूनमा कामदार चल्नुपर्छ :महाथिर
581.   अध्यागमले विदेश आवतजावत गर्नेको विवरण राख्न थाल्ने
582.   सकस एमआरपीको
583.   मेनपावर व्यवसायीको श्रममन्त्रीलाई वधाई
584.   शिवरात्रीको अवसरमा आकर्षणले वितरण गर्यो निशुल्क पानी र चिया
585.   व्यवसायी गुरुङ श्रम तथा रोजगार मन्त्री
586.   न्याय खोज्दै तामाङ सर्वोच्चमा
587.   पर्वतारोहण संघको अध्यक्षमा शेर्पा विजयी
588.   सेवाग्राही नआइदिदा कर्मचारी चिया र सुर्ती खादै घाम तापेर बसे
589.   वैदेशिक रोजगार व्यवसायी संघमा वाग्ले कार्यसमितिलाई आधिकारिकता
590.   वैदेशिक रोजगार विभागमा कृष्णहरि पुस्कर
591.   वोर्डमा कार्यकारी निर्देशक नियुक्तिको तयारी
592.   हस्तलिखित राहदानी २०१५ देखि नचल्ने
593.   नेपालको भिषा आवेदन अव अनलाइनवाट
594.   बायोमेट्रिक लागू हुने संभावना बढयो
595.   राहदानी आवेदनका लागि ६ केन्द्र थपियो
596.   मलेसियामा कामदारको न्यूनतम पारिश्रामिक ९ सय रिङगेट
597.   ३० लाख कामदारको गन्तव्य १२ देश
598.   श्रम सम्झौता गर्न परराष्ट्र सचिवको आग्रह
599.   काठमाडौंमा अब पार्किङ शुल्क नलाग्ने
600.   म्यानपावरको नाममा ठग्नेलाई एकैपटक तीन वटा मुद्दा
Results 651: You are at page 24 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media