विहिवार, जेष्ठ १० गते, २०७५
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:५७

आगामी १८ फागुनमा होलीको अवसरमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
 
डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा पोखराको दशरथ रंगशालामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
 
प्रतियोगितामा विभिन्न चार मुलुकका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।
 
अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नील पनि उक्त प्रतियोगितामा भिड्नेछन् ।
 
प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरू रहेका छन् । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छिन् ।
 
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरू पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के सी र प्रदिप पाण्डेले संचालन गर्नेछन् । उक्त प्रतियोगितामा कमेन्टेटरमा नेपालका प्रसिद्र्घ यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्स को जोडी रहनेछ । डिसहोम एक्सन स्पोर्टस टिभीले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेसमेत जनाइएको छ ।
 
पोखरापछि आरडब्लु संग्राम नेपालका अन्य सहरहरूमासमेत लैजाने योजना रहेको आयोजकले जनाएको छ ।
 
हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर अर्थात कमल तामाङ्ले नियमति रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको अभ्यास दिनका लागि हाल संघले अमेरिकन प्रशिक्षक जिजस मालकीबाट तालिम दिने व्यवस्था मिलाएको बताएको छ । 
 
नेपाल रिङ रेस्लिङ संघकी महासचिब सुवर्ण श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ, ‘हामीले यहि आउँदो २०७४ फागुन १८ गतेका दिन पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित (रअ संग्राम) नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउँछौं । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको ब्यबस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकाश समितिको समंयोजकत्वमा रेस्लिङ प्रतियोगिता गर्न लागेका हौं ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
551.   विमानस्थल शनिबार विहान १० बजेबाट मात्र खुल्ने
552.   अन्तर्राष्ट्रिय उडान तथा अवतरण भोलि दिउँसोसम्म बन्द हुने
553.   ‘एग्रिटेक इजरायल २०१५’ हुदै
554.   वैरो संघको साधारणसभा स्थगित गर्न सिडियोको आदेश
555.   टर्की घुम्न जाने होइन ???
556.   विदेशमा अनुभव लिएका नेपाली विज्ञले स्थापना गरे संस्था
557.   टेलिपोटको नाममा मलेसिया जानेलाई १८ हजारको अर्को आर्थिक भार
558.   संघको विवाद साधारणसभामा टुंगिने
559.   कोरियन भाषा परीक्षा अबदेखि असारमा लिइने
560.   सामाजिक कार्यमा कुलेश्वर पोलिक्लिनिक
561.   मेनपावर व्यवसायीलाई छवि सुधार्न महानिर्देशक सुवेदीको आग्रह
562.   स्वास्थ्य व्यवसायी समाजको तर्दथ समिति घोषणा
563.   अन्तत बायोमेट्रिक लागू
564.   आठ हजार नेपाली युवती दिल्ली हुँदै दुबई पुर्‍याइए
565.   जेट एयरमा चरा ठोकिएर धुँवाको मुस्लो
566.   कोरियाको एयरपोर्टबाटै फर्काइँदै नेपाली
567.   पेट्रोलियम पदार्थको मूल्य घट्यो
568.   पाचै विकास क्षेत्रबाट एमआरपीको द्रुत सेवाको व्यवस्था मिलाउन निर्देशन
569.   नेपालीलाई अमेरिकाको भिसा दिने दर बढ्दो
570.   रेमिट्यान्स लिँदा अनिवार्य खाता खोल्नु पर्ने
571.   मलेसियामा नेपालीलाई ज्यान जोगाउनै गाह्रो
572.   १८ औं सार्क शिखर सम्मेलन काठमाडौंमा शुरु
573.   पशुपति वृद्धाश्रमलाई बेष्ट रेमिटका निर्देशक शर्माको सहयोग
574.   कतारमा नेपाली कामदार हडतालमा
575.   व्यवसायीको विरोधले श्रम ग्राम ठप्प
Results 707: You are at page 23 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media