सोमवार, फाल्गुन ०७ गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:५७

आगामी १८ फागुनमा होलीको अवसरमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
 
डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा पोखराको दशरथ रंगशालामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
 
प्रतियोगितामा विभिन्न चार मुलुकका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।
 
अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नील पनि उक्त प्रतियोगितामा भिड्नेछन् ।
 
प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरू रहेका छन् । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छिन् ।
 
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरू पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के सी र प्रदिप पाण्डेले संचालन गर्नेछन् । उक्त प्रतियोगितामा कमेन्टेटरमा नेपालका प्रसिद्र्घ यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्स को जोडी रहनेछ । डिसहोम एक्सन स्पोर्टस टिभीले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेसमेत जनाइएको छ ।
 
पोखरापछि आरडब्लु संग्राम नेपालका अन्य सहरहरूमासमेत लैजाने योजना रहेको आयोजकले जनाएको छ ।
 
हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर अर्थात कमल तामाङ्ले नियमति रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको अभ्यास दिनका लागि हाल संघले अमेरिकन प्रशिक्षक जिजस मालकीबाट तालिम दिने व्यवस्था मिलाएको बताएको छ । 
 
नेपाल रिङ रेस्लिङ संघकी महासचिब सुवर्ण श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ, ‘हामीले यहि आउँदो २०७४ फागुन १८ गतेका दिन पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित (रअ संग्राम) नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउँछौं । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको ब्यबस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकाश समितिको समंयोजकत्वमा रेस्लिङ प्रतियोगिता गर्न लागेका हौं ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
401.   पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबश भव्यरुपमा सम्पन्न (फोटोफिचरसहित)
402.   श्रम सम्झौतालाई तीब्रता दिन्छौ : मन्त्री बोहरा
403.   संचारकर्मी खडकालाई वैदेशिक रोजगार पत्रकार समाजको सहयोग
404.   विश्वका भ्रमणयोग्य मुलुकको सूचीमा नेपाल पहिलो
405.   राजदूत नियुक्त गर्न पहल शुरु
406.   भुकम्पले क्षतिग्रस्त विद्यालय पुननिर्माणका सहयोगी हातहरु सम्मानित
407.   शुक्रवारदेखि लोडसेडिङ बढ्यो (तालिकासहित)
408.   श्रम तथा रोजगार मन्त्रीमा बोहोरा
409.   साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार हुन सकेन
410.   काठमाडौंमा महंगी बढ्यो
411.   भारतीयलाई नेपालीको सहयोग
412.   साउदी अरबले एक करोड लिटर इन्धन नेपाललाई दिने
413.   डान्सबारमा काम गर्न हिडेका १ सय ७८ लाई तातोपानी नाकाबाट फर्काइयो
414.   क्यान्सर रोगी थापालाई हङकङका नेपालीको सहयोग
415.   लाइसेन्स मात्र होइन ब्लु–बुकलाई पनि स्मार्ट कार्डमा रुपान्तरण गरिने
416.   प्रवासी श्रमिकका समस्याप्रति साउदी अरबमा चिन्ता
417.   ‘बाँच्न र पढ्न देऊ’ भन्दै चक्रपथमा मानव साङ्लो
418.   युएईको एनएमसी ग्रुपद्वारा ५ करोडको औषधि हस्तान्तरण
419.   सेयर मिशन अमेरिकामार्फत काभ्रेको स्कुललाई आर्थिक सहयोग
420.   सरकारले दाउरा बेच्न सुरु गर्‍यो
421.   नाकाबन्दी खुलाउन सरकारलाई निर्देशन
422.   न्यूयोर्क यूनिभर्सिटीका ५० चिकित्सकको निःशुल्क दन्त शिविर सम्पन्न
423.   रोटरी क्लब अफ राजधानी १४ औं वर्षमा
424.   राष्ट्रसंघ कार्यालय अगाडि भारतीय नाकाबन्दीविरुद्ध प्रर्दशन
425.   योजना आयोगको उपाध्यक्षमा खतिवडा
Results 651: You are at page 17 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media