सोमवार, फाल्गुन ०७ गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:५७

आगामी १८ फागुनमा होलीको अवसरमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
 
डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा पोखराको दशरथ रंगशालामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
 
प्रतियोगितामा विभिन्न चार मुलुकका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।
 
अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नील पनि उक्त प्रतियोगितामा भिड्नेछन् ।
 
प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरू रहेका छन् । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छिन् ।
 
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरू पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के सी र प्रदिप पाण्डेले संचालन गर्नेछन् । उक्त प्रतियोगितामा कमेन्टेटरमा नेपालका प्रसिद्र्घ यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्स को जोडी रहनेछ । डिसहोम एक्सन स्पोर्टस टिभीले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेसमेत जनाइएको छ ।
 
पोखरापछि आरडब्लु संग्राम नेपालका अन्य सहरहरूमासमेत लैजाने योजना रहेको आयोजकले जनाएको छ ।
 
हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर अर्थात कमल तामाङ्ले नियमति रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको अभ्यास दिनका लागि हाल संघले अमेरिकन प्रशिक्षक जिजस मालकीबाट तालिम दिने व्यवस्था मिलाएको बताएको छ । 
 
नेपाल रिङ रेस्लिङ संघकी महासचिब सुवर्ण श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ, ‘हामीले यहि आउँदो २०७४ फागुन १८ गतेका दिन पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित (रअ संग्राम) नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउँछौं । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको ब्यबस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकाश समितिको समंयोजकत्वमा रेस्लिङ प्रतियोगिता गर्न लागेका हौं ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
376.   काठमाडौमा भिषण हावाहुरी, ५ घाइते
377.   नेपाली पासपोर्टबाहक ९८ औं स्थानमा
378.   चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री
379.   चीनसँग महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
380.   मेलम्चीको माझी गाउँ 'नमूना गाउँ' बन्यो
381.   विश्वको प्रदुषित शहरमा काठमाडौं तेस्रो तर एसियाका पहिलो
382.   डेनमार्कका जनता सबैभन्दा खुशी, नेपाली १०७ औं
383.   लैंगिक उत्तरदायी मिडिया अवार्ड राई र पौडेललाई
384.   भोकमरी अन्त्यको घोषणा
385.   एमाओवादी सा‌ंसद ल्हारक्याल लामा गोलीसहित पक्राउ
386.   नेपालमा अन्तर्राष्ट्रियस्तरको रेस्लिङ प्रतियोगिता हुदै
387.   कांग्रेस महाधिवेशनमा युवा र रोजगारीका कुरा
388.   काष्ठमण्डप एयरलाइन्सको विमान दुर्घटना, दुबै पाइलटको ज्यान गयो, ९ यात्रु घाइते
389.   ८३ स्वास्थ्य संस्थाको नविकरण मन्त्रीस्तरीय निर्णयबाट पारित
390.   तारा एयरको जहाज म्याग्दीमा दुर्घटनाग्रस्थ
391.   लोछारको उपलक्ष्यमा तिन दिने तामाङ ज्ञान महोत्सव प्रारम्भ
392.   प्रभा एल्मुनाईको छात्रवृत्ति र सम्मान
393.   जाली पासपोर्टको जालो खोतल्दै अध्यागमन
394.   भ्रष्टाचार सूचकांकमा नेपाल चार स्थान तल
395.   गोरखाको आरु पोखरीमा न्यानो कपडा वितरण
396.   अख्तियारले इन्धन वितरण पारदर्शी बनाउन निर्देशन
397.   अमेरिका जाँदै गरेका २० नेपाली विद्यार्थी फर्काइए
398.   ११ बर्षपछि कै तेलको मूल्यमा गिरावट
399.   नाटा निर्वाचनमा धाख्वा समूहको उम्मेदवारी घोषणा (प्रतिवद्धतासहित)
400.   पुनर्निर्माण प्राधिकरणको तीन महिने कार्ययोजना
Results 651: You are at page 16 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media